• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:02:30

ताजा खबर

प्रदेश खबर

एक नम्बर प्रदेशको नाम कोशी र राजधानी बिराटनगर हुने

  • २०७५ पौष ५ बिहीबार १०:०२:३०    तामसालिङ खबर
  • तामसालिङ खबर  
    मोरङ
    । एक नम्बर प्रदेशको नाम र राजधानीको विषय अन्यौलमै रहेका बेला नेकपाको केन्द्रीय सचिवालय बैठकले सोही बिषय टुंगो लगाइसकेको दाबी छ । स्रोतका अनुसार प्रदेशको नाम कोशी र राजधानी विराटनगरलाई तोक्ने निर्णय भइसकेको छ ।

     

    निर्णय अझै सार्वजनिक भएको छैन । उक्त निर्णय भएको हो या होइन भन्ने विषय थाहा पाउन भने प्रक्रिया नै कुर्नुपर्ने अबस्था रहेको छ । प्रदेशको नाम र राजधानी तोक्ने बिषयमा भएका पटक-पटक प्रयास असफल भईरहँदा यस्तो रहस्य सार्बजनिक भएको हो ।

     

    एक नम्बर प्रदेशको हिउँदे अधिवेशनबाट प्रदेशको नामकरण र राजधानी तोक्ने र संसदको समितिलाई पूर्णता दिने, संसदीय समितिका काम अगाडि बढाउने र १ दर्जन बढी कानुन बनाउनु पर्ने दायित्व भएपनि उक्त दायित्व निर्वाह गर्नका लागि सरकारले संसदको अधिवेशन आह्वान गर्ने तयारी भने अझै गरेको छैन ।

     

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न ढिलाई गरेको भन्दै सरकारको विरोध गर्दै आएको छ । कांग्रेस संसदीय दलका सचेतक सूयर्माराज राईले सरकारले प्रदेशको नाम र राजधानीको विषयमा ठोस प्रस्ताव तयार गर्न नसक्दा संसद अधिवेशन आह्वान गर्न ढिलाई गरेको दाबी गरेका छन ।

     

    ‘अधिवेशन सुरु हुनका लागि अझै समय लाग्न सक्ने प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताउनु भयो ।

    प्रतिकृया दिनुहोस

    प्रदेश ३ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु हुने

    तामसालिङ खबर   हेटौँडा- प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट शुरु गर्ने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको

    बहुपहिचानको आधारमा नेवा: तामसालिङ प्रदेश हुने पर्ने भन्दै हेटौडामा दबाब सभा (फोटो फिचर सहित) 

    तामसालिङ खबर  हेटौडा: बहुपहिचानको आधारमा तिन नम्बर प्रदेशको नामकरण हुनु पर्ने भन्दै नेवाः ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौडामा नागरिक

    नेवा: तामसालिङको नागरिक दबाब सभाको तयारी पुरा 

    दिलबहादुर लामा  हेटौडा: नेवा-ताम्सालिङ समन्वय समितिको आयोजनामा यही माघ ४ गते (शुक्रबार) हेटौँडामा हुने नेवा-ताम्सालिङ प्रदेश नामाकरणका लागि

    प्रदेश सरकारले हटियामा एकीकृत नमूना बस्ती निर्माण गरिने  

    तामसालिङ खबर  हेटौडा: तिन नम्बर प्रदेशको सरकारले एकीकृत नमूना बस्ती निर्माण गरी बसोबास व्यवस्थित गर्ने तयारी थालेको छ । यसका लागि प्रदेश सरकारले

    हेटौडा बजारको सिसिक्यामरा मर्मत गर्न बैंकर्स क्लबको सहयोग

    तामसालिङ खबर  हेटौडा: बैशाख १२ को भुकम्प संगै हेटौंडा बजार  क्षेत्रमा रहेको सिसि क्यामरा बिग्रेको थियो । सिसि क्यामरा बिग्रेको मौकामा विभिन्न

    आदेश नआएको भन्दै तपस्वी बम्जनलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिएन

    तामसालिङ खबर   सिन्धुली: माथिबाट आदेश नआएको भन्दै तपस्वी बम्जनलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । बम्जनमाथि लागेका आरोपबारे