• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:27:38

ताजा खबर

प्रमुख खबर

सडक जोगाउन तौलपुल पुन: संचालन गर्न माग

  • २०७५ मङ्सिर २० बिहीबार ०१:२७:३८    तामसालिङ खबर
  • तामसालिङ खबर  
    हेटौंडा
    – मालबाहक सवारी साधनले ओभरलोर्ड बोक्नेक्रम बढेपछि पुर्बपश्चिमको मुख्य सडक जीर्ण बन्दै गएपछि तौलापुल अनिबार्य रहेकोले तुरुन्त पुन: सन्चालनमा ल्याउनु पर्ने यातायात व्यवसायीहरुको माग छ । सरकारले सिण्डिकेट खारेज गरेको घोषणा गरेपछि मालबाहक ट्रकहरुले ब्लुबुकमा उल्लेख गरिएको भन्दा बढी भारबहन गरिरहेको पाइएको यातायात व्यवसायीले जानकारी दिए ।

     

    हरेक ट्रकले क्षमताभन्दा बढी सामान बोक्ने र बढी भाडा असुल गर्ने मनोबृत्तिले सडक जीर्ण भएको उनीहरुको आरोप छ । नारायणी यातायात व्यवसायी संघले हेटौंडा-११ थानाभ¥याङमा सञ्चालन गर्दै आएको तौलपुल संघ बिघटनसँगै बन्द भएपछि मालाबाहक सवारीले बढी तौल बोक्न थालेका छन् ।

     

    तौलपुल सञ्चालन गर्ने विषयमा स्वतन्त्र चेतनशील संघर्ष समिति मकवानपुरले हेटौंडामा यातायात व्यवसायीसँग छलफल गरेको छ । तौलपुल संचालन नहुँदा भारतीय मालबाहक सवारीसाधनले पनि क्षमता भन्दा बढी भार बोकेर सडकमा कुदिरहेका छन् । भारतीय ट्रक निर्बाधरुपमा नेपाल प्रबेश गरेका कारण नेपाली व्यवसायीले त्यसको मार खेप्नुपरेको भन्दै यातायात व्यवसाय नै धरापमा परेको नारायणी यातायात व्यवसायी कम्पनी प्रालिका अध्यक्ष गोकर्णप्रसाद पराजुलीले बताए ।

     

    तौलपुल सञ्चालनका लागि मकवानपुरका यातायात व्यवसायीसँग छलफल तीब्र पारिएको छ । तौलपुल सञ्चालनमा नआउँदा अधिकांश सवारी साधनले क्षमताभन्दा बढी भारवहन गरिरहेका छन् । सडक तथा पुलमा क्षति पुग्नुका साथै दुर्घटना समेत बढेको छ । व्यवसायीले तौलपुल सञ्चालनमा सम्बन्धित निकायले चाँडै निश्कर्ष निकाल्नु पर्ने तथा तौलपुल सञ्चालन हुनुपर्ने बताएका छन् ।

     

    नेपालको कानुन अनुसार मालबाहक सवारी साधनले प्राप्त गरेको ढुवानी क्षमता भन्दा बढी भार बोकेर सडक दौडन नदिन सवारीसाधनको भार परीक्षणका लागि तौलपुल सञ्चालन गर्नु जरुरी रहेको नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठले बताए । यातायात व्यवसायी उपभोक्ता सहकारी संघ लि.का अध्यक्ष किरण पौडेलले तौलपुर जुनसुकै हालतमा सञ्चालन हुनुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस

    मतदान प्रक्रियाबाट प्रदेश ३ को राजधानी टुंगो लगाउने सहमति  

    तामसालिङ खबर  हेटौंडा– तिन नम्बर प्रदेशको प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकमा राजधानीका विषयमा सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट

    मिस वर्ल्डको दुइ महत्वपूर्ण अवार्ड जिते संगै शृङ्खला फाइनलमा प्रवेश

    तामसालिङ खबर  चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल शृङ्खला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न

    तिन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने

    तामसालिङ खबर  हेटौडा: तीन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले सोमबार हेटौंडामा आयोजित सर्बदलीय

    बंगलादेशमा ६ सय नेपाली विद्यार्थीको भविष्य अन्योल

    तामसालिङ खबर  ढाका/बंगलादेश-- बंगलादेशमा कालो सूचीमा परेका ३७ मेडिकल कलेजमा अध्ययन गरिरहेका ६ सय भन्दा बढी नेपाली विद्यार्थीको भविष्य अन्योलमा

    नेपाली विमान अझै ईयूको कालो सूचीमा 

    तामसालिङ खबर   काठमाडौँ - नेपाली वायुयान कम्पनीलाई आफ्नो भूमिमा उड्न प्रतिबन्ध लगाउने गरी कालोसूचीमा राखेको युरोपियन युनियन (ईयू)ले त्यसलाई

    निर्मलाको पोस्टर गाडी, ल्यापटप र किताबमा ल्याइने 

    तामसालिङ खबर  काठमाडौ:  सामाजिक सञ्जालमा सार्बजनिक भएको निर्मलाको पोस्टर अव गाडी, ल्यापटप र किताबमा ल्याइने भएको छ । सार्वजनिक पोस्टरमा लेखिएको