• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 02:05:45

ताजा खबर

मनोरञ्जन

मिस वर्ल्डको दुइ महत्वपूर्ण अवार्ड जिते संगै शृङ्खला फाइनलमा प्रवेश

  • २०७५ मङ्सिर १७ सोमबार ०२:०५:४५    दिल बहादुर लामा
  • तामसालिङ खबर 
    चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल शृङ्खला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न सफल भएकी छिन् । अाफ्नाे इन्स्टाग्राममा भिडियाे शेयर गर्दै श्रृंखलाले अाफूले  ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेकाे खबर सुनाउँदै हर्षविभाेर भएकी थिइन् ।

     

    मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए । त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाए ।

     

    मल्टिमिडिया अवार्डका विजेता एउटा मात्र हुने भएकाले यी तीन फाइनालिस्टमध्ये केन्या र मेक्सिकोलाई पछि पार्दै नेपालकी शृङ्खलाले मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् । यससँगै आधिकारिक रुपमा मिस वल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भएकी छिन् । 

     

    अाफूले मल्टिमिडिया अवार्ड  जितेकाेमा खुशी साट्दै शृङ्खलाले सम्पूर्ण नेपालीलाइ धन्यवाद दिँदै अाफूले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेकाे सुनाइन् । भिडियाेमा उनले ब्यूटी विद अ पर्पस अवार्ड जित्नु अाफ्नाे लागि  मिस वर्ल्डकाे उपाधि जितेसरह भएकाे र अाज संसारमा अाफूभन्दा खुशी शायद काेही पनि छैन हाेला भन्दै अाफ्नाे खुशी शेयर गरेकी छिन् ।

     

    ब्यूटी विद अ पर्पस शृङ्खलालार्इ दिलाउन मदत गर्ने उनकाे पर्पस अर्थात उद्धेश्य भने मकवानपुर जिल्लाको चेपाङ बस्तीमा हेल्थपोष्ट निर्माण गर्ने रहेकाे छ ।

     

    प्रतिकृया दिनुहोस

    तामाङ चलचित्र 'प्रङ्ना'को पहिलो गीत सार्वजनिक (भिडियो) 

    तामसालिङ खबर  काठमाडौ: तामाङ चलचित्र प्रङ्ना'को पहिलो गीत सार्वजानिक भएको छ । नायक तथा निर्देशक राज किङ वाइबा निर्देशिनमा निर्माण भएको तामाङ्

    'द भ्वाईस अफ नेपाल'को फाईनल कतारमा हुने 

    तामसालिङ खबर   निकै चर्चा र लोकप्रिय नेपाली रियालिटी शो 'द भ्वाईस अफ नेपाल'ले आफनो फिनाले कतारमा गर्ने भएको छ । आगामी डिसेम्बर १४ मा एसियन टाउन

    एपिक नेपाल म्युजिक अवार्डको उत्कृष्ट पाँच सार्वजानिक (नामसहित)

    तामसालिङ खबर  'कला र गलाको संरक्षण हाम्रो अभियान' भन्ने मूल नाराको साथ एपिक नेपाल म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरिएको छ ।

    बलिउड अभिनेत्री प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्बजनिक 

    तामसालिङ खबर  हेटौडा: हलिउडमा समेत अभिनय गरेकी चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको नेपाली फिल्म पाहुनाको ट्रेलर सार्वजनिक गरिएको छ ।

    यसकारण बन्नेछ, विश्व सुन्दरी श्रृङ्खला खतिवडा (भिडियो) 

    तामसालिङ खबर   काठमाडौं। नेपाल सुन्दरी श्रृङ्खला खतिवडा विश्व सुन्दरी २०१८ को सम्भाव्यता अध्ययनको एक नम्बरमा परेकी छन् । अहिले विश्व सुन्दरी

    रिमेक भर्सनमा, 'आज हाम्रो भेट भाको दिन' (भिडियो) 

    तामसालिङ खबर  हेटौडा: आजकल पुराना गीतहरुलाइ रिमेक गरि नयाँ भर्सनमा ल्याउने चलन बढेको छ । त्यहि क्रममा पुरानो चलचित्र ज्वालामा समावेश गरिएको ‘आज