• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 02:02:00

ताजा खबर

प्रमुख खबर

मिस वर्ल्डको दुइ महत्वपूर्ण अवार्ड जिते संगै शृङ्खला फाइनलमा प्रवेश

  • २०७५ मङ्सिर १७ सोमबार ०२:०२:००    दिल बहादुर लामा
  • तामसालिङ खबर 
    चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल शृङ्खला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न सफल भएकी छिन् । अाफ्नाे इन्स्टाग्राममा भिडियाे शेयर गर्दै श्रृंखलाले अाफूले  ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेकाे खबर सुनाउँदै हर्षविभाेर भएकी थिइन् ।

     

    मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए । त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाए ।

     

    मल्टिमिडिया अवार्डका विजेता एउटा मात्र हुने भएकाले यी तीन फाइनालिस्टमध्ये केन्या र मेक्सिकोलाई पछि पार्दै नेपालकी शृङ्खलाले मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् । यससँगै आधिकारिक रुपमा मिस वल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भएकी छिन् । 

     

    अाफूले मल्टिमिडिया अवार्ड  जितेकाेमा खुशी साट्दै शृङ्खलाले सम्पूर्ण नेपालीलाइ धन्यवाद दिँदै अाफूले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेकाे सुनाइन् । भिडियाेमा उनले ब्यूटी विद अ पर्पस अवार्ड जित्नु अाफ्नाे लागि  मिस वर्ल्डकाे उपाधि जितेसरह भएकाे र अाज संसारमा अाफूभन्दा खुशी शायद काेही पनि छैन हाेला भन्दै अाफ्नाे खुशी शेयर गरेकी छिन् ।

     

    ब्यूटी विद अ पर्पस शृङ्खलालार्इ दिलाउन मदत गर्ने उनकाे पर्पस अर्थात उद्धेश्य भने मकवानपुर जिल्लाको चेपाङ बस्तीमा हेल्थपोष्ट निर्माण गर्ने रहेकाे छ ।

     

    प्रतिकृया दिनुहोस

    मतदान प्रक्रियाबाट प्रदेश ३ को राजधानी टुंगो लगाउने सहमति  

    तामसालिङ खबर  हेटौंडा– तिन नम्बर प्रदेशको प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकमा राजधानीका विषयमा सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट

    सडक जोगाउन तौलपुल पुन: संचालन गर्न माग

    तामसालिङ खबर   हेटौंडा– मालबाहक सवारी साधनले ओभरलोर्ड बोक्नेक्रम बढेपछि पुर्बपश्चिमको मुख्य सडक जीर्ण बन्दै गएपछि तौलापुल अनिबार्य रहेकोले

    तिन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने

    तामसालिङ खबर  हेटौडा: तीन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले सोमबार हेटौंडामा आयोजित सर्बदलीय

    बंगलादेशमा ६ सय नेपाली विद्यार्थीको भविष्य अन्योल

    तामसालिङ खबर  ढाका/बंगलादेश-- बंगलादेशमा कालो सूचीमा परेका ३७ मेडिकल कलेजमा अध्ययन गरिरहेका ६ सय भन्दा बढी नेपाली विद्यार्थीको भविष्य अन्योलमा

    नेपाली विमान अझै ईयूको कालो सूचीमा 

    तामसालिङ खबर   काठमाडौँ - नेपाली वायुयान कम्पनीलाई आफ्नो भूमिमा उड्न प्रतिबन्ध लगाउने गरी कालोसूचीमा राखेको युरोपियन युनियन (ईयू)ले त्यसलाई

    निर्मलाको पोस्टर गाडी, ल्यापटप र किताबमा ल्याइने 

    तामसालिङ खबर  काठमाडौ:  सामाजिक सञ्जालमा सार्बजनिक भएको निर्मलाको पोस्टर अव गाडी, ल्यापटप र किताबमा ल्याइने भएको छ । सार्वजनिक पोस्टरमा लेखिएको