• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:19:44

ताजा खबर

प्रमुख खबर

तिन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने

  • २०७५ मङ्सिर १७ सोमबार ०१:१९:४४    दिल बहादुर लामा
  • तामसालिङ खबर 
    हेटौडा
    : तीन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले सोमबार हेटौंडामा आयोजित सर्बदलीय बैठककमा नेताहरुले हेटौंडाको लागि सहमति जनाएको स्थायी राजधानी सम्भाब्यता अध्ययन समितिका सभापति दिपक निरौलाले जानकारी दिनुभयो ।

     

    बैठकमा मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता डोरमणि पौडेल, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता इन्द्र बानियाँ, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाइ, राष्ट्रिय प्रजातान्त्र पार्टीका रिता माझी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का रिना गुरुङ र साझा बिवेकशिल पार्टीका शोभा शाक्य लगायत सहभागी  थिए ।

     

    सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा सोमवार हेटौंडामा बसेको सर्वदलीय बैठकले प्रदेशको स्थायी राजधानी तोक्ने विषयलाई प्रक्रियामा लैजाने सहमति गरेको हो । बैठकको विषयमा जानकारी दिँदै राजधानी अध्ययन समितिका संयोजक तथा नेकपा सांसद दिपक निरौलाले सहमति नभए अबको बैठकमा चुनावी प्रक्रियाबाट राजधानीको विषय टुंगो लगाउने अनौपचारिक सहमति भएको बताए ।

     

    स्थायी राजधानी सम्भाब्यता अध्ययन समितिले हेटौंडा सहित चितवन,नुवाकोट,काभ्रे र भक्तपुरको लागि राजधानी प्रस्ताव गरेको थियो ।  प्रक्रियामा जाँदा नियम अनुसार पाँच वटै स्थानको लागि मतदान हुने भएकाले कुनै पनि ठाउँको लागि दुई तिहाई पुग्ने सम्भावना नरहेको नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाले बताए । 

     

     बैठकमा विवेकशिल साझा पार्टीको संसदीय दलका नेताले काभ्रेको प्रस्ताव राखेपनि अन्य साना दलका नेताहरु भने हेटौंडा नै हुनुपर्नेमा माग राखेका थिए ।

    प्रतिकृया दिनुहोस

    मतदान प्रक्रियाबाट प्रदेश ३ को राजधानी टुंगो लगाउने सहमति  

    तामसालिङ खबर  हेटौंडा– तिन नम्बर प्रदेशको प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकमा राजधानीका विषयमा सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट

    सडक जोगाउन तौलपुल पुन: संचालन गर्न माग

    तामसालिङ खबर   हेटौंडा– मालबाहक सवारी साधनले ओभरलोर्ड बोक्नेक्रम बढेपछि पुर्बपश्चिमको मुख्य सडक जीर्ण बन्दै गएपछि तौलापुल अनिबार्य रहेकोले

    मिस वर्ल्डको दुइ महत्वपूर्ण अवार्ड जिते संगै शृङ्खला फाइनलमा प्रवेश

    तामसालिङ खबर  चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल शृङ्खला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न

    बंगलादेशमा ६ सय नेपाली विद्यार्थीको भविष्य अन्योल

    तामसालिङ खबर  ढाका/बंगलादेश-- बंगलादेशमा कालो सूचीमा परेका ३७ मेडिकल कलेजमा अध्ययन गरिरहेका ६ सय भन्दा बढी नेपाली विद्यार्थीको भविष्य अन्योलमा

    नेपाली विमान अझै ईयूको कालो सूचीमा 

    तामसालिङ खबर   काठमाडौँ - नेपाली वायुयान कम्पनीलाई आफ्नो भूमिमा उड्न प्रतिबन्ध लगाउने गरी कालोसूचीमा राखेको युरोपियन युनियन (ईयू)ले त्यसलाई

    निर्मलाको पोस्टर गाडी, ल्यापटप र किताबमा ल्याइने 

    तामसालिङ खबर  काठमाडौ:  सामाजिक सञ्जालमा सार्बजनिक भएको निर्मलाको पोस्टर अव गाडी, ल्यापटप र किताबमा ल्याइने भएको छ । सार्वजनिक पोस्टरमा लेखिएको