• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:14:45

ताजा खबर

प्रमुख खबर

नेपाली विमान अझै ईयूको कालो सूचीमा 

  • २०७५ मङ्सिर १७ सोमबार ०१:१४:४५    तामसालिङ खबर
  • तामसालिङ खबर  
    काठमाडौँ
     - नेपाली वायुयान कम्पनीलाई आफ्नो भूमिमा उड्न प्रतिबन्ध लगाउने गरी कालोसूचीमा राखेको युरोपियन युनियन (ईयू)ले त्यसलाई पुन:निरन्तरता दिएको छ ।

     

    ईयूको हवाई क्षेत्रसँग सम्बन्धित ६/६ महिनामा हुने बैठकले कालोसूचीमा राख्ने निर्णयलाई निरन्तरता दिएको हो । ईयूले सन् २०१३ देखि नेपालको हवाई सुरक्षा क्षेत्र कमजोर रहेको भन्दै नेपाली वायुयान कम्पनीलाई युरोपेली भूमिमा उडाउन प्रतिबन्ध लगाउँदै आएको छ ।

     

    नेपालका तर्फबाट पटक–पटक प्रयास भए पनि सूचीबाट हट्न सकेको छैन । ‘केही प्रगति भए पनि यस पटकसमेत हामी कालोसूचीबाट हट्न सक्दैनौं भन्ने अपेक्षितै थियो,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने ।

     

    नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) मापदण्ड तथा प्रक्रिया पूरा नगरेको र उडान सुरक्षा पालनासम्बन्धी स्थापित मापदण्ड बाहिरको काम गरेको भन्दै ईयूले कालोसूचीमा राखेको हो । हाल अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाल वायुसेवा निगम, हिमालयन एयरलाइन्स र बुद्ध एयरलाइन्सले युरोपमा उडान गर्ने चाहना राखे पनि कालोसूचीका कारण अनुमति पाउन सक्ने अवस्था छैन ।

     

    ‘नेपालका एयरलाइन्स कम्पनीको क्षमता छ कि छैन भन्ने अर्को कुरा हो तर चाहना राख्दा उनीहरूका लागि वातावरण नभएको हो,’ गौतमले भने, ‘यसले नेपाली वायुसेवा क्षेत्र सुरक्षित छैन भन्ने सन्देश पनि गएको छ । चाँडोभन्दा चाँडो हामी यसबाट बाहिर निस्कनुपर्छ ।’  -कान्तिपुर

    प्रतिकृया दिनुहोस

    मतदान प्रक्रियाबाट प्रदेश ३ को राजधानी टुंगो लगाउने सहमति  

    तामसालिङ खबर  हेटौंडा– तिन नम्बर प्रदेशको प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकमा राजधानीका विषयमा सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट

    सडक जोगाउन तौलपुल पुन: संचालन गर्न माग

    तामसालिङ खबर   हेटौंडा– मालबाहक सवारी साधनले ओभरलोर्ड बोक्नेक्रम बढेपछि पुर्बपश्चिमको मुख्य सडक जीर्ण बन्दै गएपछि तौलापुल अनिबार्य रहेकोले

    मिस वर्ल्डको दुइ महत्वपूर्ण अवार्ड जिते संगै शृङ्खला फाइनलमा प्रवेश

    तामसालिङ खबर  चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल शृङ्खला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न

    तिन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने

    तामसालिङ खबर  हेटौडा: तीन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले सोमबार हेटौंडामा आयोजित सर्बदलीय

    बंगलादेशमा ६ सय नेपाली विद्यार्थीको भविष्य अन्योल

    तामसालिङ खबर  ढाका/बंगलादेश-- बंगलादेशमा कालो सूचीमा परेका ३७ मेडिकल कलेजमा अध्ययन गरिरहेका ६ सय भन्दा बढी नेपाली विद्यार्थीको भविष्य अन्योलमा

    निर्मलाको पोस्टर गाडी, ल्यापटप र किताबमा ल्याइने 

    तामसालिङ खबर  काठमाडौ:  सामाजिक सञ्जालमा सार्बजनिक भएको निर्मलाको पोस्टर अव गाडी, ल्यापटप र किताबमा ल्याइने भएको छ । सार्वजनिक पोस्टरमा लेखिएको