• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:14:33

ताजा खबर

प्रमुख खबर

निर्मलाको पोस्टर गाडी, ल्यापटप र किताबमा ल्याइने 

  • २०७५ मङ्सिर १७ सोमबार ०१:१४:३३    तामसालिङ खबर
  • तामसालिङ खबर 
    काठमाडौ
    :  सामाजिक सञ्जालमा सार्बजनिक भएको निर्मलाको पोस्टर अव गाडी, ल्यापटप र किताबमा ल्याइने भएको छ । सार्वजनिक पोस्टरमा लेखिएको थियो- सरकार भेटियो, न्याय भेटिएन। दण्डहिनता ह्यासट्याग भएको उक्त पोस्टरमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको फोटो थियो ।

     

    बलात्कारपछि निर्मलाको हत्या गर्नेलाई पक्राउ गर्नु पर्ने माग राख्दै विभिन्न कार्यक्रम गरिरहेका ‘निर्मलाका निम्ति न्याय’का अभियन्ताले शुक्रबार यही पोस्टर राजधानीका पोल र भित्तामा टाँस्न खोजे ।

     

    ‘सामाजिक सञ्जालमा प्रधानमन्त्रीको पोस्टरको विरोध भयो र निर्मलाको पोस्टर पनि शक्तिशाली विम्व बन्यो,’ अभियन्ता हिमा बिष्टले भनिन्,‘हामीले पोस्टर बनायौं । साथीहरूले टाँस्न थाल्नुभयो। तर प्रहरीले पोस्टर टाँस्नेलाई पक्रियो। टाँसेका पनि च्यातिदियो।’

     

    सरकारसँग पौंठेजोरी खोज्ने ताकत अभियन्ता हुने भएन । त्यही भएर उनीहरूले पोस्टर टाँस्ने नयाँ उपाय सोचेका छन् । ‘यो अभियानमा निर्मलाको पोस्टर सबैभन्दा शक्तिशाली विम्व बनिसकेको छ, तर सरकारले टाँस्न नदिने भएपछि हामीले अलिकति क्रियटिभ भएर सोच्यौं, गाडी, ल्यापटप र झोलामा टाँस्न मिल्ने स्टिकर बनाउने,’ बिष्टले भनिन्, ‘साथीहरूले पैसा उठाएर पोस्टर र स्टिकर छाप्दै छौं, सोमबार बिहानसम्म सबैलाई बाँड्छौं।’

     

    उनले उपत्यका बाहिरबाट पनि पोस्टरको डिजाइन माग भइरहेकाले बाहिरकाले आफैंले छापेर बाँड्ने बताइन् । 

    प्रतिकृया दिनुहोस

    मतदान प्रक्रियाबाट प्रदेश ३ को राजधानी टुंगो लगाउने सहमति  

    तामसालिङ खबर  हेटौंडा– तिन नम्बर प्रदेशको प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकमा राजधानीका विषयमा सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट

    सडक जोगाउन तौलपुल पुन: संचालन गर्न माग

    तामसालिङ खबर   हेटौंडा– मालबाहक सवारी साधनले ओभरलोर्ड बोक्नेक्रम बढेपछि पुर्बपश्चिमको मुख्य सडक जीर्ण बन्दै गएपछि तौलापुल अनिबार्य रहेकोले

    मिस वर्ल्डको दुइ महत्वपूर्ण अवार्ड जिते संगै शृङ्खला फाइनलमा प्रवेश

    तामसालिङ खबर  चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल शृङ्खला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न

    तिन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने

    तामसालिङ खबर  हेटौडा: तीन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले सोमबार हेटौंडामा आयोजित सर्बदलीय

    बंगलादेशमा ६ सय नेपाली विद्यार्थीको भविष्य अन्योल

    तामसालिङ खबर  ढाका/बंगलादेश-- बंगलादेशमा कालो सूचीमा परेका ३७ मेडिकल कलेजमा अध्ययन गरिरहेका ६ सय भन्दा बढी नेपाली विद्यार्थीको भविष्य अन्योलमा

    नेपाली विमान अझै ईयूको कालो सूचीमा 

    तामसालिङ खबर   काठमाडौँ - नेपाली वायुयान कम्पनीलाई आफ्नो भूमिमा उड्न प्रतिबन्ध लगाउने गरी कालोसूचीमा राखेको युरोपियन युनियन (ईयू)ले त्यसलाई