• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:13:54

ताजा खबर

प्रदेश खबर

श्रम स्वीकृतिको लागि, अब अनलाइन टोकन सेवा

  • २०७५ मङ्सिर १७ सोमबार ०१:१३:५४    तामसालिङ खबर
  • तामसालिङ खबर  
    काठमाडौं
    – वैदेशिक रोजगारीमा जाने कामदारलाई सहज रूपमा सेवा दिन वैदेशिक रोजगार कार्यालय ताहाचलले आइतबारदेखि अनलाइन टोकन सेवा सुरु गरेको छ ।  श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन टोकन प्रणाली शुरु गरिएको कार्यालयले जनाएको छ ।

     

    टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणिकरण गरिनेछ । वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) बाट प्राप्त निवेदनमा उल्लेख भएको टोकन नम्बरका आधारमा तोकिएको मिति र समयमा मात्र काम हुने विभागले जनाएको छ ।

     

    एकीकृत वैदेशिक रोजगार सूचना प्रणाली अन्तर्गत अब सेवाग्राहीले राहदानी विभाग, वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभागलगायतका सेवा एकैद्वारबाट पाउने वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख युवराज खतिवडाले बताउनुभयो ।

     

    तोकेको मिति र समयमा सेवाग्राही सेवाका लागि आएमा घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने उहाँको दावी छ । यस्तो सेवाका लागि सेवाग्राही आफैले फाराम भर्न सक्नेछन् । यसैगरी, कार्यालयबाहिर रहेका बिमा कम्पनीमार्फत पनि सेवा लिन सकिनेछ । सेवाग्राहीले फाराम स्क्यानिङ गरेर आफ्नो युजर र आईडीबाट अनलाइन प्रणालीमा अपलोड गर्नुपर्नेछ । वैदेशिक रोजगार कार्यालयले एक दिनमा ९ सयदेखि ९५० जनासम्मलाई सजिलै यस सेवा दिन सक्ने जनाएको छ ।

     

    सरकारको यस्तो नयाँ व्यवस्थाले अब सेवाग्राहीलाई सानो कामका लागि पनि दिनभर लामो लाइनमा बस्ने झन्झटबाट मुक्त गर्ने विश्वास गरिएको छ । यति मात्र नभई बिचौलिया र कर्मचारीको मिलेमतोमा हुने कामदार ठगीलगायत सबै समस्या स्वतः निवारण हुने कार्यालयले दावी गरेको छ ।

     

    यस कार्यालयले बिहीबारदेखि आफ्नो भवन परिसरभित्र पिउने पानीको व्यवस्थासमेत गरेको छ । यसैगरी, सेवाग्राहीलाई काम सम्पन्न नहुन्जेल बस्ने बेन्च पनि थपेको जनाएको छ । यसैगरी, घामपानीबाट बच्नका लागि सेड निर्माणको अन्तिम तयारी भइरहेको पनि कार्यालय प्रमुख खतिवडाले जानकारी दिनुभयो ।

     

    पछिल्लो समयमा वैदेशिक रोजगार कार्यालय ताहाचलमा सेवाग्राहीको अत्यधिक भीड बढेको छ । घर विदामा आएका कामदार फर्किने भएकाले श्रम स्वीकृत लिनेको भिड बढेको बताउँदै खतिवडाले सेवाग्राहीले सास्ती पाएका कारण आइतबारदेखि पूर्णरूपमा अनलाइन प्रणालीबाट सेवा दिने बताउनुभयो ।

     

    यस्तै सरकारले छिट्टै सातवटै प्रदेशबाट वैदेशिक रोजगारीसम्बन्धी सबै सेवा दिने तयारी पनि थालेको छ । -उज्यालो अनलाइन

    प्रतिकृया दिनुहोस

    मतदान प्रक्रियाबाट प्रदेश ३ को राजधानी टुंगो लगाउने सहमति  

    तामसालिङ खबर  हेटौंडा– तिन नम्बर प्रदेशको प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकमा राजधानीका विषयमा सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट

    तिन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने

    तामसालिङ खबर  हेटौडा: तीन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले सोमबार हेटौंडामा आयोजित सर्बदलीय

    तिन नम्बर प्रदेश भ्रष्टाचारमुक्त प्रदेश बनाउँछु’ : मूख्यमन्त्री पौडेल

    काठमाडौँ । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशलाई भ्रष्टाचारमुक्त क्षेत्रका रुपमा विकास गर्ने बताएका छन् ।   प्रदेश नं. ३ को

    यी विद्युतीय जीप चढ्नेछन्, तिन नम्बर प्रदेशको मुख्यमन्त्री पौडेलले

    तामसालिङ खबर   हेटौंडा। तिन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय जीप चढ्ने भएको छ । तिन नम्बर प्रदेशमा पेट्रोलियम सवारीसाधन पूर्ण

    भौतिक पूर्वाधार मन्त्री केशव स्थापित मन्त्रीबाट विस्तापित 

    तामसालिङ खबर  हेटौडा: तिन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरेका छन् ।

    राजधानीको टुंगो लागेपछि नामाकरणको विषय टुंगो लाग्ने: मुख्यमन्त्री पौडेल

    तामसालिङ खबर  हेटौडा: तिन नम्बर प्रदेशको मुख्य मन्त्री डोरमणि पौडेलले राजधानीको विषय टुंग्याएपछि मात्र नामाकरणको विषयलाई टुंगो लाग्ने बताउनु भयो