• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 02:15:29

ताजा खबर

प्रबास

मगर बौद्ध समाज बेलायतको अध्यक्षमा कृष्ण दर्लामीमगर चयन 

  • २०७५ मङ्सिर १७ सोमबार ०२:१५:२९    तामसालिङ खबर
  • तामसालिङ खबर 
    बेलायत
    । मगर बौद्ध समाज बेलायतको दोस्रो अधिबेशनबाट कृष्ण दर्लामीको नेतृत्वमा १५ सदस्य कार्यसमिति चयन भएको छ ।

     

    उपाध्यक्षमा इन्द्र पुनमगर, सचिबमा टिका दर्लामीमगर, सह-सचिवमा रिम गलामीमगर, कोषाध्यक्षमा सरला रानामगर लगायत सदस्यहरुमा दण्ड थापा, बुद्धि गाहा, भीम राना, पदमा राना, मनु थापा, गजबीर थापा, पदम गाहा, अशोक बुढाथोकी, कुमार राना, अमर पुन लगायतका कार्य समिती चयन भएको छ् ।

     

    मुलुकले बुद्ध धर्मको पञ्चशील पालना गरेमा अहिले भैरहेको हत्या हिसां, बलात्कार जस्ता जघन्य अपराधमा कमी आउने बताउदै, मुलुक अन्ध बिस्वास बाट मुक्त भएर, देश शान्ति र बिकासको बाटोमा अघि बढने कार्यक्रमको प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय कोषाध्यक्ष कमला थापाले बताउनु भयो ।

     

    मगर संघ बेलायतका संस्थापक अध्यक्ष तथा नागरिकता निरन्तरता समितिका संयोजक थर्क रानाले, मगर जातिको धर्म बौद्ध भएकोले मगरको धर्मको बारेमा कुनै बिबाद नरहेको बताउदै मगर मात्र नभएर सबैले बुद्ध धर्मको अनुसरण गर्नु पर्नेमा जोड़ दिनु भयो ।

     

    नया कार्य समितिले बौद्ध शिक्षाको ब्यापक प्रचार प्रसार गरी मानव जीवनलाई सुख र शान्ति बनाउने, मंगल बिहारको लागि आगामी ३ बर्ष भित्र आफ्नै बिहार बनाउने जस्ता प्रतिबध्दता जारी गरेको छ ।
     

    प्रतिकृया दिनुहोस

    अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लू बुसकाे निधन

    तामसालिङ खबर  काठमाडाैँ । अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज हर्बर्ट वाकर बुश (जर्ज एच.डब्लू बुश) को ९४ वर्षको उमेरमा निधन भएको छ । रगतमा देखिएको

    भुटानमा आठ जना नेपालीभाषी संसद निर्बाचित  

    तामसालिङ खबर  थिम्पू: भुटानमा सम्पन्न भएको आम निर्वाचनबाट ८ जना नेपाली मूलका सांसदहरुले चुनाव जितेका छन् । दक्षिणी भुटानबाट चुनाव जितेका उनीहरु

    तामाङ घेदुङ साईप्रसको अध्यक्षमा जाङमो थोकर चयन 

    तामसालिङ खबर   साइप्रस: नेपाल तामाङ घेदुङको प्रवास सस्था साईप्रसको प्रथम अधिबेशनबाट जाङमो थोकर तामाङ( साङमो ) को अध्यक्षतामा नयाँ कार्यसमिति

    तामाङ समाज अमेरिकाले फेब्रुअरीमा ल्होछार कार्यक्रम गर्ने 

    तामसालिङ खबर  न्युयोर्क: अमेरिकामा रहेका तामाङहरुले २८५५ औं सोनाम ल्होछार फेब्रुअरीमा मनाउने भएको छ । तामाङ समाज अमेरिकाको आयोजनामा फेब्रुवारी २

    अमेरिकाको अदालतमा नेवारी भाषालाई मान्यता

    तामसालिङ खबर  ओरेगन: संयुक्तराज्य अमेरिकाको एक अदालतमा नेपाल (नेवारी) भाषा प्रयोग गर्न सकिने भएको छ । अमेरिकास्थित ओरेगन राज्यको अदालतले अदालतमा

    नेपालीको लगानीमा अमेरिकामा बैँक संचालन 

    तामसालिङ खबर  हेटौडा: अमेरिकी संघीय सरकारको नेसनल क्रेडिट युनियन एडमनिस्ट्रेसन एनसीयएले गत अगस्ट २४ मा एउटा वित्तीय संस्थालाई सञ्चालन अनुमति दियो