• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:35:02

ताजा खबर

स्वास्थ/जीवनशैली

खालीपेटमा खानै नहुने यी चिज, के-के खाना हुदैन हेर्नुहोस् 

  • २०७५ मङ्सिर १५ शनिबार ०१:३५:०२    तामसालिङ खबर
  • तामसालिङ खबर 
    काठमाडौं 
    : स्वास्थ्यलाई राम्रो बनाउनका लागि केही कुराहरुमा सधै ध्यान पूराउनुपर्ने हुन्छ । खानपानमा ध्यान पूराउनु स्वास्थ्यका लागि अझै महत्वपूर्ण हुन्छ । त्यसैले कुन खानेकुरा, कतिबेला तथा कसरी खाने भन्ने कुराले पनि ठूलो महत्व लाग्छ । कतिपय खाद्यपदार्थहरुमा अम्लको मात्रा उच्च हुन्छ त्यसैले त्यस्ता खानेकुरा खालीपेटमा खानु हानिकारक हुन्छ । दही, गोलभेँडा, केरा आदि कुराहरु खाली पेटमा खानु राम्रो मानिदैन ।

    खाली पेटमा खान नहुने खानेकुराहरु यी हुन्ः
    सोडाः सोडामा उच्च मात्रामा कार्बोनेट अम्ल हुन्छ । खालीपेटमा सोडापानी खानाले उक्त अम्लले नकारात्मक असर पुग्दछ ।
    गोलभेँडाः गोलभेँडामा पनि अम्ल हुन्छ । यदि खाली पेटमा गोलभेँडा खानुभयो भने त्यसले पेटमा पुगेर प्रतिक्रिया गर्दछ र अघुलनशील लेदोको निर्माण गर्छ । यसले पेटमा पत्थरीको जोखिम हुन्छ ।
    औषधीः केही अपवाद बाहेक औषधिहरु खान पछि मात्र खानुपर्ने हुन्छ । डाक्टरहरुले पनि खाली पेट औषधि नखान सल्लाह दिन्छन् किनकी खाली पेटमा औषधि खानले पेटमा अम्लपना बढ्ने जोखिम हुन्छ ।
    अल्कोहलः खालीपेटमा मदिरा सेवन गर्नु पनि हानिकारक हुन्छ । खालीपेटमा रक्सी खानाले पेटमा जलन हुने तथा राम्रोसँग खाना नपच्ने समस्या हुन्छ ।
    कफीः खाली पेटमा कफी पिउनु निकै हानिकारक हुन्छ । कफिमा हुने क्याफाइन तत्वले खाली पेटमा असर पूराउन सक्छ । त्यसैले पेट खाली भएको बेलामा कफि नपिउनुहोस्, बरु एक कप पानी पिएर भएपनि कफी लिनुहोस् ।
    चियाः चियामा पनि उच्च मात्रामा अम्ल हुन्छ । त्यसैले खाली पेटमा चिया पिउनै हुँदैन । यसले पेट दुख्ने, ग्यास्ट्राइटिस हुने, खान मन नलाग्ने लगायतका समस्या पैदा गर्छ ।
    दहीः दही स्वास्थ्यका लागि लाभदायक हुनेमा शंका छैन । तर यसमा अम्लपना उच्च हुने भएकाले यसलाई खाली पेटमा खानु हुँदैन ।
    केराः खाली पेटमा केरा खानाले सरीरमा म्याग्नेसियमको मात्रा निकै बढ्न जान्छ जसका कारण सरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रामा असन्तुलन हुन्छ । त्यसैले विहान खाली पेटमा केरा खानु हुँदैन ।
    सखरखण्डः यसमा ट्यानिन तथा पेक्टिन नामक पदार्थहरु हुन्छ । त्यसैले खाली पेटमा सखरखण्ड खानाले ग्यास्ट्रिक एसिडको समस्या हुन्छ र पेटमा जलन पैदा हुन्छ ।
    एजेन्सी

    प्रतिकृया दिनुहोस

    हेर्नुस, पेट घटाउने १० घरेलु उपाय

    १. यदि तपार्इंलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र

    नेपालको आकर्षक ३० स्थानहरू, घुम्नुस यी स्थानमा 

    नेपालमा केही त्यस्ता ठाउँ छन्, जुन विदेशी मात्र होइन नेपालीकै लागि पनि उत्तिकै आकर्षक छन् । ती गन्तव्यको उचित प्रचार गर्न सके एसियाका दुई ठूला मुलुक

    जाडो मौसममा हृदयाघातको जोखिम हुन्छ, कसरी सतर्क रहने ?

    काठमाडौं । मौसमले विभिन्न तरिकाबाट तपाईको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको हुन्छ। जाडोमा आरथाइटिस रोगीहरुलाई हावाको चाप र तापक्रम घट्नाले

    आफ्नो शरीरलाइ कसरी फिटमा राख्ने ? यसरी जाँच्नुहोस्

    प्रत्येक व्यक्तिको चाहना हुन्छ, शरीरलाई फिट राख्ने । शरीरलाई फिट राख्न मानिसहरुले विभिन्न उपाय अपनाउने गष्र्छन् । अझ आˆनो शरीरलाई सेलिवि्रटी झै फिट

    शेरा प्रतिष्ठानद्वारा छ जना बिरामीलाई सहयाेग

    तामसालिङ खबर  काठमाडौ: शेरा प्रतिष्ठानद्वारा स्वास्थ्य सचेतना तथा बिरामीलाइ आर्थिक सहयोग गरेका छन् ।  तीन नम्बर प्रदेशकी उपसभामुख राधिका तामाङका

    डा. उपेन्द्र देवकोटाबारे फैलियो अफवाह ? कस्तो छ अवस्था ?

    तामसालिङ खबर  काठमाडौ: पित्तथैलीको क्यान्सरबाट गम्भीर विरामी परेका ६३ वर्षीय वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाबारे शुक्रबार मध्यराति अचानक