• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:14:21

ताजा खबर

विचार/विश्लेषण

एक चर्चा: अन्तर्राष्ट्रिय तामाङ परिषद्को चौथो सम्मेलन

  • २०७५ मङ्सिर १५ शनिबार ०१:१४:२१    मोहन गोले तामाङ
  • मोहन गोले तामाङ
    यतिबेला हामी अन्तर्राष्ट्रिय तामाङ परिषद्को सम्मेलन नजिक पुगेका छौ । सन् २०१८ डिसेम्बर १४, १५ र १६ मा परिषद्को चौथो सम्मेलन सम्पन्न गर्न भारतको पर्यटकिय स्थल दार्जिलिङ मिरिकमा ब्यवस्थापनको तीब्र तयारी भइरहेको सूचनाहरु प्राप्त भइरहेका छन् । सम्मेलनमा नेपाल, भारत, भुटान, बर्मा लगायत संसारका डेड दर्जन बढी मुलुकको सहभागिता रहने आयोजकको आँकलन छ । चौथो सम्मेलनले मुख्यगरी आगामी ४ बर्षको लागि नयाँ नेतृत्व चयन गर्नुका साथै विधान, संस्कार संस्कृति निर्देशिका, चन्द्रपात्रो र भावी कार्य योजना सम्बन्धि महत्वपूर्ण निर्णयहरु गर्नेछ । त्यसैले यतिबेला संसारका तामाङहरुले यो सम्मेलनलाई नजिकबाट हेरिरहेका छन् । मेरो बिचारमा दुनियाँको यसपटकको हेराई परम्परागत ढंगको छैन, अलि भिन्न खालको छ । यसपटक सम्मेलनबाट को नेता छानिने भन्दापनि यसको मुख्य नीति तथा कार्यक्रम के हुने र यसले सबै तामाङ संघ÷संस्थाहरुलाई कसरी समेटेर अघि बढ्छ होला भन्नेमा बढी केन्द्रीत भएको देखिन्छ । यदि यो पटक पनि परिषद् नयाँ योजनाका साथ अघि नबढ्ने र यसले सबैको भावनालाई जित्न नसक्ने हो भने सम्भवत परिषद्को इतिहासमा यो सम्मेलन महंगो पर्न पनि सक्छ । त्यसैले यस्तो नहोस् भन्नाको लागि सम्मेलनको पूर्वसन्ध्यामा तामाङ समुदायका शुभचिन्तक, बुद्धिजीवी, बौद्धिक ब्यक्तित्वहरु लगायत आयोजक संघ/संस्थाहरु परिषद्को विधान र भावी कार्यक्रममा बढी केन्द्रीत भएर गम्भीरताका साथ छलफलमा जुटेका छन् । संसारको कुनाकुनाबाट सामाजिक सञ्जाल र सञ्चार प्रविधिको माध्यमबाट सुझावहरु पनि प्राप्त भइरहेका छन् ।

     

    किनकि सन् २००२ मा पहिलो सम्मेलनबाट स्थापना भएको अन्तर्राष्ट्रिय तामाङ परिषद्ले अहिलेसम्म १६ बर्षभन्दा बढी समय ब्यतित गरिसक्यो । १६ बर्ष पुगेपछि नेपाली नागरिकताको प्रमाणपत्र दिइन्छ । यसलाई आधार मानेर हेर्ने हो भने यो तरुण अवस्थामा प्रवेश गरिसक्यो । तर काम हेर्दा बच्चै छ । यो समिति सक्रियताका साथ अघि बढेर बर्षहरु नखप्टिएको भए अहिले हामी पाँचौ सम्मेलनको नजिक पुगेको हुन्थ्यौ होला । भारत र नेपालमा मात्रै आयोजना नगरेर संसारका अरु २ वटा मुलुकमा सम्मेलन आयोजना भइसकेको हुन्थ्यो होला र बिधानतः आयोजक राष्ट्र अध्यक्ष बन्ने प्रावधान मुताविक अरु २ वटा देशले परिषद्को नेतृत्व गरिसकेको हुन्थ्यो होला । म तीनवटै सम्मेलनहरुमा सहभागी छु । बिगतको सम्मेलनहरुले तीनवटा महत्वपूर्ण घोषणापत्र जारी गरेको थियो । घोषणापत्र भनेको समस्त सम्मेलन प्रतिनिधि र निर्बाचित समितिको प्रतिवद्धतापत्र पनि हो । संसारका तामाङ जनता सामू उनीहरुले एकै ठाउँ भेला भएको अवसर पारेर घोषणा गरेको वाचा, कवोल हो । जुन पुरा गर्न सकेन भने त्यो कार्यकाल हाक्ने कार्य समितिको कार्यक्षमतामाथि प्रश्न उठ्छ । लज्जाको विषय बन्छ । तर हामीले घोषणापत्रलाई कवोलपत्रको रुपमा नलिएर सम्मेलन सकिएपछि पत्रकार सम्मेलनमा बाँड्ने सामाग्रीको रुपमा मात्रै लियौ । जसले गर्दा घोषणापत्र जयनन्द लामाको गीतमा आँखाको रमझम, मन चमचम भने जस्तो दुनियाँलाई केही दिन देखाउने वस्तु मात्रै बन्यो । जारी ग¥यो, सकियो । जारी भएका सबै घोषणापत्रमा तामाङको लागि कायापलट गर्ने अक्षर खोपिएको पढेका थियौ । बर्षमा १, २ वटा बैठक, छलफल, गोष्ठी बाहेक अरु काम गर्न सकेनौ । अन्तर्राष्ट्रिय परिषद् जस्तो संसारलाई समेट्ने संस्था नेपाल र भारत वरिपरि मात्र घुमिरह्यो । सम्मेलन अवधिमा नेताहरु सके आफै हुने, नसके आफ्नोलाई बनाउने एक सुत्रीय एजेण्डा बोकेर लिगलिगकोटको दौडमा लागे । अरु प्रतिनिधिहरु जसलाई आफू बन्नु पनि छैन र कसैलाई बनाउनु पनि छैन भने उनीहरु नयाँ ठाउँमा बाहिरफेर घुम्ने, नयाँ साथी बनाउने र नयाँ सिनको ब्याकग्राउण्डमा सेल्फी हान्नेमै ब्यस्त भए । यसकारण घोषणापत्रमा के लेखियो ? नीति, कार्यक्रम के बन्यो ? सम्मेलनबाट कस्ता योजना छानियो ? त्यसलाई कसरी कार्यान्वयन गर्ने ? भन्ने मुख्य विषयमा ध्यान पुग्न सकेन । जसलाई चासो थियो, उसले सम्मेलनको बन्दसत्रमा जति ल्याए, त्यति मात्र सीमित प्रतिनिधिको बीचबाट ताली बजाएर पास गरियो । पत्रकार सम्मेलनमा त्यही वाचन गरियो । केही दिन अखवार र सामाजिक सञ्जालमा सस्तो मसला बन्यो, सकियो । मेरो चिन्ता र चासो के हो भने, अब त्यस्तो नहोस् । अब पनि त्यस्तै भयो भने दुनियाँको विकसित चेतनाले यस्तै हो भनेर त्यस्तैमा सस्तै छोड्ने छैनन्, बिकल्प खोज्नेछन् । मैले यति गम्भीरताका साथ यो पक्षलाई किन उठाउँदैछु भने हाम्रो फेरिपनि ध्यान यसतर्फ गइरहेको छैन । केही दिन अघि परिषद्का संस्थापक अध्यक्ष तथा अगुवा नेता परशुराम तामाङ ज्यूले सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय परिषद्को बारेमा सल्लाह, सुझाव माग्नुभएको उहाँको वालमा देखेको थिएँ । तर उहाँको त्यो पोष्टमा सकारात्मक सुझाव दिनेहरु एकदमै कम र खिसी गर्ने, ब्यंग्य गर्नेको संख्या बढी देख्दा दुःख लाग्यो । सुझाव दिनेमा पनि साँच्चै उहाँको अपेक्षा अनुसारको सुझावरु थिएनन् । त्यसकारण यतिबेला सबैजना गम्भीर बनौ । ठण्डा दिमागले सोचौ । परिषद्को नेतृत्व अहिले कसैले गरेको होला, भोली सम्मेलनपछि कसैले गर्ला । तामाङकै छोराछोरीले गर्ने हो, त्यो ठूलो कुरा भएन । उसको टाउकोलाई दोष देखाएर आफू पन्छिनु भनेको सारमा हामी आफै पनि पन्छिनु हो । हामी आफूले आफैलाई धोका दिनु हो । मेरो अनुरोध छ, त्यस्तो आत्मघाती काम नगरौ ।

     

    हो, कमजोरी धेरै भएका छन् । १६ बर्षको परिषद् इतिहासले हामीलाई धेरै सिकाएको छ । कतिपय ब्यवहारिक रुपमा प्रयोग गर्दा असफल भएका अभ्यासहरु हामीसँग छ । यसलाई पाठको रुपमा लिऔ । प्रतिनिधिमूलक हिसावले यस अघिका सम्मेलनमा १३ वटासम्म देशको प्रतिनिधित्व त गरायौ तर ती देशमा क्रियाशिल संस्थाहरुलाई परिषद्मा आवद्ध गराएर लान पनि सकिएन । यसो गर्न नसक्नुमा मुख्य नेतृत्वको मात्रै कमजोरी होइन, समग्र टिमको इच्छाशक्ति र संगठनलाई चलाउने विधानको दायरा पनि मुख्य कुरा हुनसक्ला । किनकि ब्यक्तिलाई दोषी देखाउनु सजिलो हुन्छ तर एउटालाई दोष देखाएर हामी अर्को ब्यक्ति छान्ने होडबाजीमा मात्रै लाग्यौ भने फेरिपनि हामी असफल हुन्छौ । संगठन न हुकुम, आदेशले चल्छ न भावनाले नै चल्छ, संगठन त योजनाले चल्ने हो । लक्ष्य, उद्देश्य सही बन्यो भने चल्छ । नीति, कार्यक्रम र त्यसमा सबैको सहकार्य भएर चल्ने हो । यसकारण हामीले तामाङ चेतनाको जगमा टेकेर बदलिदो विश्व दुनियाँको सन्दर्भलाई ठीक ढंगले विश्लेषण गर्दै नविन योजनाहरु अघि सार्नुपथ्र्यो । योजना मुताविक नीति, कार्यक्रम बन्नुपथ्र्यो । तामाङको राजनीतिक मुद्दामा के गर्ने ? सामाजिक मुद्दामा के गर्ने ? ती लक्ष्यहरु प्राप्तीको लागि ककसको जिम्मेवारी, भूमिका के हुने ? भन्ने स्पष्ट हुनुपथ्र्यो । मेरो बुझाईमा परिषद् आफैमा संसारको तामाङहरुको तागतलाई एकत्रित गरेर समुदायको लागि राज्य र बाह्य शक्ति बिरुद्ध संघर्ष गर्ने संस्था हो । तसर्थ, हाम्रो मुख्य दुश्मन को हो ? हाम्रो आन्दोलनको रणभूमी अर्थात केन्द्रबिन्दू कहाँ हुनुपर्ने ? किटान गर्नुपथ्र्यो । यसका साथै तामाङ समुदायले बिगत लामो समयदेखि लड्दै आएको ताम्सालिङ प्राप्तीको सवाल, तामाङ संस्कार, भाषा र तामयीग लिपि जस्ता कुरामा दह्रो खुट्टा टेक्ने नेतृत्व चयन गर्नुपथ्र्यो । तर न तामाङ चेतनालाई ठीक ढंगले बुझ्यौ, न समसामयिक परिस्थितिको सही विश्लेषण ग¥यौ न दह्रो योजना नै बनायौ । भावनामा बगेर सबै कुरा गर्ने भनेर घोषणापत्रमा लेखियो तर काम एउटै भएन । कार्यालय समेत ब्यवस्थित ढंगबाट चलाउन सकेनौ । तामाङ विकास बैंक खोल्ने भन्यौ तर सहकारी दर्ता गर्ने हिम्मत पनि गरेनौ ।

     

    अहिले हामी चौथो सम्मेलनको नजिकमा आइपुग्दा पनि यस्ता विषयहरुमा गम्भीर भएर छलफल गरिरहेका छैनौ । भावी कार्य योजना बनाएका छैनौ । राजनीतिक परिस्थितिसँग कसरी जुध्ने ? विश्व भूमण्डलीकरणको सुनामीबाट, त्यसको डरलाग्दो छालहरुबाट तामाङलाई कसरी बचाउने ? प्रतिरोधी हतियारहरु निर्माण गरिरहेका छैनौ । म सुन्दैछु, फेरि ब्यक्तिमा केन्द्रीत भएर डिस्कोर्सहरु चल्न थालेका छन् । बजारमा पदहरु बण्डा हुन थालेका छन् । आआफ्नो भोट गिन्ती सुरु भएको छ । यत्रो तीनवटा सम्मेलनहरु सम्पन्न गरिसकेको संस्था किन चल्न सकेन ? यसको मूल समस्या पक्षतिर ध्यान पुगेकै छैन । यदि साँच्चै समस्यामा हामी केन्द्रीत हुने र अब परिषद्लाई सशक्त बनाउने हो भने सवैभन्दा पहिले तेश्रो अन्तर्राष्ट्रिय तामाङ सम्मेलनद्वारा जारी काठमाडौं घोषणापत्र कार्यान्वयन हुन नसक्नुको मुख्य कारण पत्ता लगाउनु पर्छ (हेर्नुहोस् तेस्रो सम्मेलनको घोषणापत्र) । नत्र फेरि मिरिक घोषणापत्र जारी गरेर पत्रको संख्या बढाउछौ होला तर काम हुँदैन । यसको गम्भीर आत्मसमिक्षा सहितको प्रतिवेदन बर्तमान नेतृत्वले हलमा पेश गर्नुपर्छ । परिषद्को पदाधिकारीमा निर्बाचित भएर आफैले प्रतिनिधित्व गरेको संस्थालाई परिषद्को आवद्ध सदस्यता दिलाउन नसक्नुको कारण के हो ? के ले रोक्यो ? विधानले, अध्यक्षले वा अरु कुनै कारणले त्यसको जवाफ लेख्नुपर्छ । त्यस्ता अप्ठ्याराहरुलाई कसरी पन्छाउन सकिन्छ ? त्यो बिना पूर्वाग्रह खुलाउनु पर्छ । त्यो समिक्षाले मात्रै आगामी यात्रा तय गर्छ नत्र आउने नेतृत्वको पनि सोही दशा हुनेछ । यो भनेको झाँडी फाड्ने जस्तै काम हो । त्यसपछि दोस्रोमा झाँडी फाडिसकेपछि जोत्ने, बीउ बिजन रोप्ने र मल हाल्ने कामको सुरुवात हुन्छ । यो भनेको योजना निर्माण गर्ने हो । तेस्रो सम्मेलनबाट निर्बाचित भएर सन् २०१३ देखि २०१८ सम्म काम गरेको नेतृत्वले सांगठनिक कामको सिलसिलामा एउटा चरणको काम गरिसकेको हुन्छ । यो अवस्थामा एउटा अनुभव बटुलेको पुरानो नेतृत्वले आउने भावी नेतृत्वको लागि प्राथमिकताका योजनाहरु देखाउन सक्छन् । तसर्थ, बुँदागत रुपमा प्रतिवेदनमा छनौटका योजनाहरु लेखिदिनुपर्छ । सामाजिक पाटोमा गर्ने काम र राजनीतिक पाटोमा गर्ने कामको बारेमा प्रष्ट हुनुपर्छ । गोलमटोल र भावना लेखेर हुँदैन ।

     

    एक त अन्तर्राष्ट्रिय परिषद् जस्तो देशदेशबाट प्रतिनिधित्व भएर बन्ने संगठनको नियमित बैठक बस्ने, सम्मेलन÷सभा गर्ने जस्ता कुराहरु अरुको भन्दा जटिल हुन्छ । त्यसैले मिरिक सम्मेलन तामाङ समुदायको लागि ऐतिहासिक अवसर हो । यसलाई नेता छान्ने सम्मेलनको रुपमा मात्रै नलिऔ । यस्तो अवसरको संयोग पटक पटक मिलाउनु सकिदैन । ४, ५ बर्षमा एकपटक आउँछ । यो अवसरलाई सदुपयोग गरौ । संसारको तामाङहरुले एउटा आशा र उत्साहका साथ सहभागिता जनाएको अन्तर्राष्ट्रिय परिषद्को चौथो सम्मेलनलाई आशा, आशा निराशामा नबदलौ । परिषद्को १६ बर्षे इतिहासमा केही गरेन भन्नेहरुलाई सुनारको सय चोट, लोहारको एकै चोट भन्या जस्तो बलियो झापड हान्ने अवसरको रुपमा चौथो सम्मेलन सावित हुन सकोस् । सफलताको अग्रिम शुभकामना । थुजेछे, फ्याफुल्ला ।।

     

    तेश्रो अन्तर्राष्ट्रिय तामाङ सम्मेलनद्वारा जारी काठमाडौं घोषणापत्रको पूर्ण पाठः


    काठमाडौंमा २०५९ पौष ४–७ गते सम्पन्न प्रथम अन्तर्राष्ट्रिय तामाङ सम्मेलनद्वारा पारित काठमाडौं घोषणापत्रको मूल मर्म, लक्ष्य, सिद्दान्त र उद्देश्यलाई पुनर्पुष्टी गर्दै,
    भारतको दार्जीलिङमा (१५–१८ डिसेम्बर, सन् २००५) मा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय तामाङ सम्मेलनद्वारा पारित तामाङ स्वः विकासको अवधारणा र कार्ययोजनाहरूप्रतिको प्रतिवद्धतालाई दोह¥याउदै, विश्वमा भएको सूचना र प्रविधिको विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साँस्कृतिक अतिक्रमण, नवउपनिवेशवाद, आर्थिक उदारीकरण, भूमण्डलीकरण, तामाङहरूको मुख्य आवादी रहेका नेपाल, भारत, भूटान, बर्मा लगायतका विश्वका धेरै देशहरूमा भएको जनताको मुक्ति आन्दोलन र राजनीतिक परिवर्तनलाई दृष्टिगत गर्दै, हामी काठमाडौंमा २०६९ चैत्र ३, ४ र ५ गते नेपाल तामाङ घेदुङको आतिथ्यतामा अन्तर्राष्ट्रिय तामाङ परिषदद्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय तामाङ सम्मेलनमा सहभागी भएका विश्वका विभिन्न देशका तामाङ संघसंस्थाका प्रतिनिधिहरू विभिन्न विषयहरूमा बहस, छलफल र विचार÷विमर्शपछि निम्न कार्यक्रममा सहमत भई प्रभावकारी रुपमा लागू गर्ने प्रण गर्दछौं:


    १) तामाङको पहिचान र राष्ट्रिय सम्मान, अन्तर्राष्ट्रिय तामाङ परिषद्को अभियान आगामी पञ्च वर्षीय कार्यक्रमको मूल नारा र साँस्कृतिक पुनर्जागरण मूल विषय हुने ।
    २) २० वर्षे तामाङ स्वः विकासको अवधारणालाई अन्तर्राष्ट्रिय परिषद्का सदस्यहरूले आ–आफ्नो परिस्थिति र क्षमता अनुसार कार्य योजना बनाई लागू गर्ने ।
    ३) तामाङहरूमा रहेको अत्यधिक विपन्नतालाई समाप्त गर्न तामाङहरूको श्रम र व्यवसायलाई उत्पादनमूलक क्षेत्रमा रुपान्तरण गर्नु आवश्यक भएकोले राष्ट्रिय÷अन्तर्राष्ट्रिय तामाङ विकास कोष÷बैंकको स्थापना हेतु देशी तथा बैदेशिक स्रोत–साधन परिचालन गर्ने र स्थानीय स्तरमा एक गाउँ÷टोल एक सहकारीको व्यवस्था गर्ने ।
    ४) धर्म र सँस्कृति वीचको भिन्नता र सम्बन्धलाई पर्गेल्दै विभिन्न मुलुक र स्थानका तामाङहरूको सँस्कारमा रहेको भिन्नतालाई एकरुपता ल्याउनु र कतिपय प्रचलनलाई समयानुकुल बनाउन अन्तर्राष्ट्रिय तामाङ सँस्कार सँस्कृति निर्देशिका लागू गर्ने र विवाह संगठन नै तामाङ समाजको एकताका आधार र समतामूलक समाजको बिशिष्ट संरचना भएकोले यसै निर्देशिकामा संलग्न अनुसूची–१ मा उल्लेखित स्वाँगे सम्बन्धी व्यवस्था, हिजो अन्जानमा भएका वैवाहिक सम्बन्धलाई विर्सदै, अव आइन्दा कडाईका साथ लागु गर्ने ।
    ४) तामाङ शब्दकोष निर्माणको काम प्रारम्भ भएको तर नसकिएकाले १ वर्षभित्र पूरा गर्ने ।
    ५) यो हिमाली भू–भागको ताम्सालीङ हामी सम्पूर्ण तामाङहरूको साझा आदि (उत्पत्ति) थलो भएको र यहीबाट विभिन्न राज्यका सीमारेखाहरू निर्धारित हुनुभन्दा अगाडि नै फैलिएको र यो पुण्यभूमि जहाँ हाम्रा पूर्वजहरूले जीवन बिताए, हाम्रा देवीदेवताले बास गरे, जहाँ हाम्रा काअीरन र गाथाहरु जन्मे र इतिहासको सृजना भयो, जहाँ हामीले आफ्नो भाषा हुर्कायौं, चाड र उत्सवहरु मनायौं र जहाँबाट हाम्रो भौतिक र साँस्कृतिक अस्तित्व फैलियो, जहाँबाट हामीले प्रकृतिलाई अनुकुल बनाउन आफ्नै खाना, बस्न, लाउन, औषधीमुलो, ज्ञान, विज्ञान, प्रविधिको विकास ग¥यौं र यही नै हाम्रो सभ्यताको पहिलो दियो थियो र भावी तामाङ सन्ततीहरुको पहिचान र साँस्कृतिक अस्तित्वको आधारका रुपमा बलिरहने हाम्रो आस्था र विश्वास भएकोले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा ‘ताम्सालिङ स्वायत्त प्रदेश÷राज्य’ निर्माण गर्ने संघर्षलाई यो सम्मेलन जोडदार ऐक्यवद्धता र समर्थन गर्दछ ।
    ६) तामाङ जातिको सँस्कार, सँस्कृति र धर्मको अभ्यास, संरक्षण, प्रबद्र्धनका लागि तामाङ सामुदायिक साँस्कृतिक केन्द्र, बौद्ध विश्वविद्यालय, मातृभाषामा शिक्षाको व्यवस्थाका लागि नेपाल, भारत, भूटान, म्यानमार लगायतका सरकारलाई यो सम्मेलन आह्वान गर्दछ ।
    ७) हरेक व्यक्तिका मानव अधिकारलाई सम्मान गर्दै कतिपय कारणले तामाङ सँस्कार सँस्कृतिबाट विचलन भई तामाङ पहिचान र तामाङ समाजभित्र सामाजिक साँस्कृतिक सद्भाव खलबलिन पुगेकोले सम्पूर्ण तामाङहरुलाई आफ्नो आदिम परम्परागत सँस्कार, सँस्कृति, रीतिथिति र तामाङ धर्ममा फर्कन आह्वान गर्दछ ।
    ८) विभिन्न देशमा गठित तामाङ संघ÷संस्थाको नाममा विविधता रहेकोले सकेसम्म एकरुपता ल्याउन यो सम्मेलन आह्वान गर्दछ ।
    ९) विभिन्न मुलुकमा रहेका तामाङ र तामाङ संघ÷संस्थाहरूसंग समन्वय राखि आवश्यक स्रोत साधन जुटाई ग्रामिण समुदायमा रहेका विपन्न तामाङहरूको आर्थिक, सामाजिक, शैक्षिक लगायतका विकासका लागि विविध कार्ययोजनाहरू तय गरी कार्यान्वयन गर्ने ।
    १०) विभिन्न मुलकमा गई पेशा व्यावसाय तथा रोजगार गरी बसोबास गर्ने तामाङहरूलाई चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र आपत विपतमा सहायतामुलक कार्यहरू गर्ने ।
    ११) उक्त कार्ययोजना के, कति, कसरी कार्यान्वयन भइरहेको छ ? सो कार्यान्वयनको स्थिति, प्रगति र कार्यान्वयन हुन नसकेको अवस्थामा के कस्ता कारणले लागु हुन नसकेको हो ? सो को कारण र परिणाम समेतको आवधिक प्रतिवेदन सदस्य संस्थाले अन्तर्राष्ट्रिय तामाङ परिषद्को अन्तर्राष्ट्रिय तामाङ सभामा बुझाउनु पर्ने र सो प्रतिवेदनमाथि छलफल गरी अन्तर्राष्ट्रिय तामाङ परिषद्ले विशेषज्ञ कमिटि मार्फत सम्बन्धित सदस्यलाई समाधानका उपायहरू सुझाव सिफारिस गर्ने ।
    १२) तेस्रो सम्मेलनको आतिथ्यता गरी हामी सबैलाई सहभागि, विचार विमर्श, सदभाव र आत्मियता बढाउने पुनःअवसर प्रदान गरेकोमा यो सम्मेलन नेपाल तामाङ घेदुङलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
    घोषणा मिति: १८ मार्च २०१३, काठमाडौं । 

    प्रतिकृया दिनुहोस

    नामाकरणको मुख्य आधार पहिचान भाग - २

    मोहन गोले तामाङ विश्वका धेरैवटा संघीय मुलुकहरुले सम्भव भएसम्म पहिचानको आधारमा नै प्रदेशहरुको नामाकरण गरेको देखिन्छ । ती आधारमा जातीय सभ्यताले

    पहिचान, प्रदेश नामाकरणको पहिलो आधार हो

    मोहन गोले तामाङ विश्वका सानाठूला २८ भन्दा बढी राष्ट्रहरूले सङ्घीय प्रणाली अपनाएकोमा धेरै राष्ट्रहरूले सङ्घ निर्माणको पहिलो आधार वा राज्यहरूको

    खादा प्रतिबन्ध: वातावरणीय स्वच्छता की धार्मिक असहिष्णुता ?

    गणेश राई काठमाडौँ - केही वर्षदेखि खादा संस्कृतिमाथि धावा बोल्ने क्रम बढेको छ । त्यसको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । उनी

    बौद्ध धर्ममा ञ्युङने मौनव्रतको महत्व र नियमहरू 

    सुर्य लोप्चन तामाङ                                                                                                  

    तामाङ समुदायमा चेलीको थर किन परिबर्तन हुदैन ?

    -भाषाविद अमृत योञ्जन मानिस सामाजिक तथा चेतनशील प्राणी हो । प्रजाति, उपजाति, जाति र सहजातिमा बिभाजित मानब समाजको आ-आफ्नै मौलिक सांस्कृतिक परम्परा,

    जताततै बलात्कार, आखिर किन ? 

    अनिस तामाङ   यतिबेला बलात्कारको घट्नाले राज्य पुरै आतंकित भइरहेको छ । राष्ट्रिय मिडिया देखि सामजिक संजालको भित्ताहरु बलात्कारको समाचारले भरेको