• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:14:10

ताजा खबर

स्वास्थ/जीवनशैली

हेर्नुस, पेट घटाउने १० घरेलु उपाय

  • २०७५ मङ्सिर १५ शनिबार ०१:१४:१०    तामसालिङ खबर
  • . यदि तपार्इंलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।
    . बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई निकै फाइदा गर्छ । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दोब्बर हुन्छ  । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ ।

    . खानामा दालचिनी, अदुवा, लसुन र मरिच प्रयोग गर्दा पेट बढ्ने सम्भावना कम हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ ।

    . शारीरिक परिश्रमका आधारमा खाना खानुहोला । धेरै काम गर्नुहुन्छ भने धेरै खाना जरुरत पर्छ ।

    . खाना खाँदा उमेरको पनि ख्याल गर्नुहोला । बढ्ने उमेरमा खानाको आवश्यकता बढी पर्छ । यदि ४० वर्ष पार गर्नुभएको छ भने चिकित्सक वा डाइटिसियनको सल्लाहअनुसार खाना खानु राम्रो हुन्छ ।

    .  बिहानको खाना धेरै खादा फरक पर्दैन ।

    . खानामा फल र सागसब्जी खानुहोस् । बिहान–बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, खनिज र भिटामिन पनि प्राप्त हुन्छ ।

    . दिउँसो खाजाको रुपमा फलफुल, बदाम, भुटेको मकै आदि राम्रो मानिन्छ । बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।

    . यदि पेटको बोसो कम गर्नुछ भने मिठाईबाट टाढा रहनुहोस् । यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् । पेटको बोसो कम गर्न धेरै पानी पिउनुहोस् । यो निकै लाभदायी हुनेछ ।

    १०. नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ ।
    - यसका अलावा पेट घटाउन नियमित व्यायाम पनि अनिवार्य गर्नुपर्छ । 

    प्रतिकृया दिनुहोस

    खालीपेटमा खानै नहुने यी चिज, के-के खाना हुदैन हेर्नुहोस् 

    तामसालिङ खबर  काठमाडौं : स्वास्थ्यलाई राम्रो बनाउनका लागि केही कुराहरुमा सधै ध्यान पूराउनुपर्ने हुन्छ । खानपानमा ध्यान पूराउनु स्वास्थ्यका लागि

    नेपालको आकर्षक ३० स्थानहरू, घुम्नुस यी स्थानमा 

    नेपालमा केही त्यस्ता ठाउँ छन्, जुन विदेशी मात्र होइन नेपालीकै लागि पनि उत्तिकै आकर्षक छन् । ती गन्तव्यको उचित प्रचार गर्न सके एसियाका दुई ठूला मुलुक

    जाडो मौसममा हृदयाघातको जोखिम हुन्छ, कसरी सतर्क रहने ?

    काठमाडौं । मौसमले विभिन्न तरिकाबाट तपाईको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको हुन्छ। जाडोमा आरथाइटिस रोगीहरुलाई हावाको चाप र तापक्रम घट्नाले

    आफ्नो शरीरलाइ कसरी फिटमा राख्ने ? यसरी जाँच्नुहोस्

    प्रत्येक व्यक्तिको चाहना हुन्छ, शरीरलाई फिट राख्ने । शरीरलाई फिट राख्न मानिसहरुले विभिन्न उपाय अपनाउने गष्र्छन् । अझ आˆनो शरीरलाई सेलिवि्रटी झै फिट

    शेरा प्रतिष्ठानद्वारा छ जना बिरामीलाई सहयाेग

    तामसालिङ खबर  काठमाडौ: शेरा प्रतिष्ठानद्वारा स्वास्थ्य सचेतना तथा बिरामीलाइ आर्थिक सहयोग गरेका छन् ।  तीन नम्बर प्रदेशकी उपसभामुख राधिका तामाङका

    डा. उपेन्द्र देवकोटाबारे फैलियो अफवाह ? कस्तो छ अवस्था ?

    तामसालिङ खबर  काठमाडौ: पित्तथैलीको क्यान्सरबाट गम्भीर विरामी परेका ६३ वर्षीय वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाबारे शुक्रबार मध्यराति अचानक