• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:13:57

ताजा खबर

तामसालिङ टिभी

यसकारण बन्नेछ, विश्व सुन्दरी श्रृङ्खला खतिवडा (भिडियो) 

  • २०७५ मङ्सिर १५ शनिबार ०१:१३:५७    तामसालिङ खबर
  • तामसालिङ खबर  
    काठमाडौं
    । नेपाल सुन्दरी श्रृङ्खला खतिवडा विश्व सुन्दरी २०१८ को सम्भाव्यता अध्ययनको एक नम्बरमा परेकी छन् । अहिले विश्व सुन्दरी प्रतियोगिताका विभिन्न चरणका ट्यालेन्ट शोहरू चलिरहेका बेला अन्तर्राष्ट्रिय सम्भाव्यता अध्ययनकर्ताले श्रृङ्खला नयाँ विश्व सुन्दरी हुनसक्ने जनाएका छन् ।

     

    श्रृङ्खलाले यो उपाधी हात पारे नेपालले पहिलो पटक विश्व सुन्दरीको ताज पहिरिन पाउने छ । राजनीतिक पृष्ठभुमीको घरानाबाट सुन्दरी प्रतियोगितामा भाग लिएकी उनले नेपाल सुन्दरी जित्दा विभिन्न कोणबाट टिकाटिप्पणी भएको थियो ।


    सन् १९९६ मा जन्मिएकी उनलाई सम्भाव्यता अध्येताले एक नम्बरमा राखेको हो । उसले विश्व सुन्दरीका सम्भाव्य ५ जनाको नाम घोषणा गरेको छ । विश्व सुन्दरीको ताज भने नेपालकी श्रृङ्खलाले नै पाउनसक्ने उसको अध्ययन छ ।

     

    मकवानपुरका नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सांसद विरोध खतिवडा र मुनु सिग्देलकी छोरी श्रृङ्खला पुल्चोक कलेजमा पढेकी हुन् । उनले विभिन्न गैर सरकारी संस्थामा काम गर्दैगर्दा नेपाल सुन्दरी प्रतियोगीतामा सहभागीता जनाएकी थिइन् । यसबाहेक अन्य अन्तर्राष्ट्रिय अध्ययन स्रोतहरूले पनि श्रृङ्खलालाई विश्व सुन्दरीको अन्तिम तीनसम्म पुग्नुपर्ने सहभागी भनेका छन् । अहिले उनी त्यसैको तयारीका विभिन्न चरण पार गरिरहेकी छन्, लन्डनमा ।

     

    विश्व सुन्दरी चीनमा हुनेछ । अर्को संस्था गो पिजन्टले श्रृङ्खलालाई ४ नम्बरमा राखेको छ । उत्कृष्ट २० मध्ये उनलाई चौथो नम्बरमा राखेको उक्त सम्भाव्यता अध्ययन गरेको संस्थाले १ सय २२ जना प्रतियोगीमा नेपाली श्रृङ्खला सामाजिक काममा सक्रिय रहेको उल्लेख गरेको छ ।

    प्रतिकृया दिनुहोस

    तामाङ चलचित्र 'प्रङ्ना'को पहिलो गीत सार्वजनिक (भिडियो) 

    तामसालिङ खबर  काठमाडौ: तामाङ चलचित्र प्रङ्ना'को पहिलो गीत सार्वजानिक भएको छ । नायक तथा निर्देशक राज किङ वाइबा निर्देशिनमा निर्माण भएको तामाङ्

    बलिउड अभिनेत्री प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्बजनिक 

    तामसालिङ खबर  हेटौडा: हलिउडमा समेत अभिनय गरेकी चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको नेपाली फिल्म पाहुनाको ट्रेलर सार्वजनिक गरिएको छ ।

    बुद्ध लामाको तेस्रो गीत, 'रातो टिका निधारमा' सार्बजनिक (भिडियो हेर्नुस) 

    तामसालिङ खबर  हेटौडा: नेपाल आइडल सिजन वानका विजेता बुद्द लामाको आवाजमा रहेको नया गीत सार्वजनिक भएको छ ।   बसन्त सापकोटाको संगीत तथा प्रभा

    रिमेक भर्सनमा, 'आज हाम्रो भेट भाको दिन' (भिडियो) 

    तामसालिङ खबर  हेटौडा: आजकल पुराना गीतहरुलाइ रिमेक गरि नयाँ भर्सनमा ल्याउने चलन बढेको छ । त्यहि क्रममा पुरानो चलचित्र ज्वालामा समावेश गरिएको ‘आज

    हेर्नुस देश चिनाउने देउसी गीत (भिडियो)

    तामसालिङ खबर   काठमाडौं: तिजको बेलामा ह्रस्व दीर्घका नियम सिकाउने गीत सार्वजनिक गरेर चर्चामा आएको अवेरनेस इन्टरनेसनल स्कुलले नजिकिदै गरेको चाड

    मायामा जुवा खेल्दै भीमफेदी गाइज (भिडियो) 

    तामसालिङ खबर  हेटौडा: तामाङ सांगीतिक क्षेत्रमा चर्चित डान्स ग्रुप 'भीमफेदी गाइज' लाई फिचरिङ गरिएको नया नेपाली तामाङ सेलोको म्युजिक भिडियो ‘जुवा