• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 02:02:10

ताजा खबर

साङ्ग्युर

मिस तामाङ पोखराको चौथो सस्करण माघ १९ गते हुने

  • २०७५ कार्तिक २२ बिहीबार ०२:०२:१०    तामसालिङ खबर
  • तामसालिङ खबर  
    पोखरा
    : मिस तामाङ पोखराको चौथो सस्करण आगामी माघ १९ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज कास्कीको आयोजनामा हुने मिस तामाङ पोखरामा तामाङ समुदायका नारीहरुको अन्तरनिहित प्रतिभा, बौद्धिक क्षमता तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको हो । सोहि कार्यक्रममा लेकसाइडमा निर्माणधिन रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बा सहयोगार्थ म्युजिकल फेष्टिभल आयोजना गर्ने भएको छ ।

     

    सौन्दर्य प्रतियोगिताको लागि छिटै दरखास्त आह्वान गरिने कार्यक्रम संयोजक तथा बैदाम तामाङ सेवा समाजका कोषाध्यक्ष जयन्ती मोक्तानले जानकारी दिए । उनका अनुसार एसइई गरेका १६ देखी ३० बर्ष सम्म उमेर समूहका अविबाहित तामाङ नारीहरुले दरखास्त दिन सक्नेछन् ।

     

    सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखरामा पहिलो सस्करणमा निमा लामा, दोस्रो सस्करण २०१७ मा दिप्ती गोम्जा र तेस्रो सस्करण २०१८ मा कविता योञ्जनले ताज जितेकी छिन । चौथो सस्करण २०१९ को लागि सहभागी हुनेहरुले मंसिर २० गते आबेदन दिन अनुरोध गरेको छ, भने  मंसिर २९ गते देखि विभिन्न तालिमहरु शुरु हुने आयोजकले जनाएको छ ।   

     

    मिस तामाङ पोखरा- २०१९ की बिजेतालाई ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने मोक्तानले बताए । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद २० हजार रुपैयाँ हात पार्नेछन् । भिअर च्वाइस रुपमा एकजना प्रतिस्पर्धीलाई नगद १५ हजारले पुरस्कृत समेत गरिने उनले बताए । 

     

    मिस तामाङ पोखरा २०१९ को फाइनल सँगै छैठौं ल्होछार म्यूजिकल फेष्टिभलको आयोजना समेत गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार नेपाल आईडल बुद्ध लामाले बिशेष प्रस्तुति दिनेछन् ।
     

    प्रतिकृया दिनुहोस

    तामाङ द्वयको पहलमा नुवाकोटमा भित्रियो करोडौँको योजना

    तामसालिङ खबर   नुवाकोट । नुवाकोट-१ बाट प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र प्रदेस नं ३ की उपसभामुख राधिका तामाङको पहलमा नुवाकोटमा करोडौको योजना

    लुम्बिनीमा अन्तराष्ट्रिय तामाङ गुम्बा बन्ने

    तामसालिङ खबर  लुम्बिनी: बुद्धको जन्म थलो लुम्बिनीमा तामाङ समुदायको अन्तर्राष्ट्रिय स्तरको बौद्ध गुम्बा निर्माण हुने भएको छ । अन्तर्राष्ट्रिय

    बौद्धमार्गी समुदायको आज ल्हाबब दुछेन 

    तामसालिङ खबर  हेटौडा: बौद्धमार्गीहरुले देवलोक अवतरण महोत्सव अर्थात ल्हाबब दुछेन मनाउदैछन् ।  कार्तिक कृष्णा पक्षको सप्तमीका दिन देव, मनुष्य

    हेटौडामा नेवा: तामसालिङको मोटरसाईकल र्याली तिहारपछि हुने

    तामसालिङ खबर  काठमाडौ: नेवाः ताम्सालिङ समन्वय समितिले कार्तिक १४ गते हेटौडामा गर्ने भनिएको मोटरसाईकल र्याली सहितको मुख्यमन्त्रीलाई ज्ञापन पत्र

    पोखरामा बाल कविता प्रतियोगिता सम्पन्न 

    दिपक वाइबा तामाङ  पोखरा: तामाङ बौद्ध सेवा समिति पोखराको आयोजना र कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा बाल-कविता प्रतियोगिता मंगलबार सम्पन्न

    टासी छ्योइलिङ गुम्बामा ङयुङने मौन ब्रत हुने 

    तामसालिङ खबर  हेटौडा(मनहरी) : मनहरी गाउपालिका-५, बसन्तपुर स्थित टासी छ्योइलिङ गुम्बामा ङयुङने मौन ब्रत हुने भएको छ । ङयुङने मौनब्रत अन्तर्गत बसिने