• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:13:50

ताजा खबर

प्रदेश खबर

तिन नम्बर प्रदेश भ्रष्टाचारमुक्त प्रदेश बनाउँछु’ : मूख्यमन्त्री पौडेल

  • २०७५ कार्तिक २१ बुधबार ०१:१३:५०    तामसालिङ खबर
  • काठमाडौँ । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशलाई भ्रष्टाचारमुक्त क्षेत्रका रुपमा विकास गर्ने बताएका छन् ।

     

    प्रदेश नं. ३ को नीति तथा योजना आयोगले आज आयोजना गरेको गोष्ठीमा उनले प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, मानव संसाधन अगाडि रहेको प्रदेश भएकाले भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गर्ने बताए ।

     

    मुख्यमन्त्री पौडेलले कानून निर्माण, नीति निर्माण र कार्यविधि निर्माणको प्रक्रियाले प्रदेश सरकारको काम नदेखिए पनि अब जनताको अपेक्षालाई छिट्टै पूरा गर्ने आफूले काम गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

     

    नेपाल कम्युष्टि पार्टीका नेत्री तथा ३ नं. प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले आफूले प्रदेश सरकारलाई सफल पार्न पूर्ण रुपमा सहयोग गर्ने र पार्टी अध्यक्षद्वयसँग सल्लाहसमेत गरिसकेको बताइन् ।

     

    प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश ३ मा मानव स्रोतसाधनको अभाव हुँदाहुँदै पनि धेरै कानून निर्माण गरेको उल्लेख गर्दै आगामी दिनमा कानून निर्माण गर्दा विज्ञहरुको परामर्शलाई उच्च प्राथमिकता राख्ने बताए ।

     

    प्रदेश ३ का नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले प्रदेश ३ को समृद्धिका लागि आवश्यक योजना तय गर्न लागिएको र आगामी बन्ने योजनामा आर्थिक पारदर्शिता, उत्पादन पक्ष र दिगो विकासको पक्षमा काम गर्ने निकायलाई बजेट निर्माण गर्दा उच्च प्राथमिकता दिने उल्लेख गरे ।

     

    सो प्रदेशको विकासका लागि मुख्य आधार प्राकृतिक स्रोत र सम्पदा भएकाले आगामी दिनमा प्रदेशलाई समृद्धिको उचाइमा पु-याउने उद्देश्यले योजना निर्माण गर्ने स्पष्ट पारे ।

    प्रतिकृया दिनुहोस

    मतदान प्रक्रियाबाट प्रदेश ३ को राजधानी टुंगो लगाउने सहमति  

    तामसालिङ खबर  हेटौंडा– तिन नम्बर प्रदेशको प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकमा राजधानीका विषयमा सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट

    तिन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने

    तामसालिङ खबर  हेटौडा: तीन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले सोमबार हेटौंडामा आयोजित सर्बदलीय

    श्रम स्वीकृतिको लागि, अब अनलाइन टोकन सेवा

    तामसालिङ खबर   काठमाडौं – वैदेशिक रोजगारीमा जाने कामदारलाई सहज रूपमा सेवा दिन वैदेशिक रोजगार कार्यालय ताहाचलले आइतबारदेखि अनलाइन टोकन सेवा सुरु

    यी विद्युतीय जीप चढ्नेछन्, तिन नम्बर प्रदेशको मुख्यमन्त्री पौडेलले

    तामसालिङ खबर   हेटौंडा। तिन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय जीप चढ्ने भएको छ । तिन नम्बर प्रदेशमा पेट्रोलियम सवारीसाधन पूर्ण

    भौतिक पूर्वाधार मन्त्री केशव स्थापित मन्त्रीबाट विस्तापित 

    तामसालिङ खबर  हेटौडा: तिन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरेका छन् ।

    राजधानीको टुंगो लागेपछि नामाकरणको विषय टुंगो लाग्ने: मुख्यमन्त्री पौडेल

    तामसालिङ खबर  हेटौडा: तिन नम्बर प्रदेशको मुख्य मन्त्री डोरमणि पौडेलले राजधानीको विषय टुंग्याएपछि मात्र नामाकरणको विषयलाई टुंगो लाग्ने बताउनु भयो