• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:40:49

ताजा खबर

प्रदेश खबर

यी विद्युतीय जीप चढ्नेछन्, तिन नम्बर प्रदेशको मुख्यमन्त्री पौडेलले

  • २०७५ कार्तिक २० मंगलबार ०१:४०:४९    तामसालिङ खबर
  • तामसालिङ खबर  
    हेटौंडा
    । तिन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय जीप चढ्ने भएको छ । तिन नम्बर प्रदेशमा पेट्रोलियम सवारीसाधन पूर्ण प्रतिवन्ध लगाउने घोषणा गरिसकेकोले  प्रदेश सरकारका मुख्यमन्त्रीले विद्युतबाट चार्ज गरी सञ्चालन हुने सुविधायुक्त विद्युतीय जीप चढ्ने हेटौंडा ल्याईसकेको छ ।

     

    यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी तथा उर्जा मन्त्री बर्षमान पुनले विद्युतीय जीप चढिसक्नुभएको छ । प्रदेश सरकारले २०८५ सालदेखि काठमाडौं उपत्यका, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौती शहरहमा पेट्रोलियम सवारीसाधन पूर्ण प्रतिवन्ध लगाउने नीति तथा कार्यक्रममा घोषणा गरिसकेको छ ।

     

    प्रदेश सरकारले सार्वजनिक यातायातमा विद्युतीय साधन प्रयोगलाई प्रोत्साहन गरिने र यातायात सेवालाई वातावरणमैत्री बनाइने अभियान अन्तर्गत मुख्यमन्त्रीले नै अभियान थालनी गर्न लागेका हुन् । चीनमा उत्पादन गरिएकोे बीवाईडी जीपको मूल्य ५५ लाख पर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ । उक्त जीपको ब्याट्रीमा १० वर्ष वारेन्टी रहेको बताइएको छ ।

     

    बिद्युतीय गाडीे नियमित सञ्चालनका लागि चितवनको मुग्लिन, मकवानपुरको हेटौंडा, त्रिभुवनराजपथको विभिन्न स्थानका साथै पूर्वपश्चिम राजमार्गमा पनि केही महिनापछि विद्युतीय चार्जिङ स्टेशन स्थापना गर्न लागिएको छ । पहिलो चरणमा हेटौंडास्थित मुख्यमन्त्री कार्यालयमा मल्टियुजर चार्जिङ स्टेशन स्थापना गरिनेछ । प्रदेश सरकारले विद्युतीय बसहरु पनि सञ्चालनको तयारी गरेको छ । पहिलो चरणमा हेटौंडा-नारायणगढ सञ्चालन हुने त्यस्ता गाडी निकट भविष्यमा रसुवा-हेटौंडा लगायत क्षेत्रमापनि सञ्चालन गरिनेछ ।

     

    नेपालको वातावारणमा स्वच्छ कायम गरिराख्ने एकमात्र भरपर्दो उपाय विद्युतीय गाडीको प्रवद्र्धन भएकोले सरकारले प्रदेशलाई अब विद्युतीय सवारीसाधनतर्फ डोर्याउने मुख्यमन्त्री पौडेलले जानकारी दिए । -क्लिक्माण्डु

    प्रतिकृया दिनुहोस

    मतदान प्रक्रियाबाट प्रदेश ३ को राजधानी टुंगो लगाउने सहमति  

    तामसालिङ खबर  हेटौंडा– तिन नम्बर प्रदेशको प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकमा राजधानीका विषयमा सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट

    तिन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने

    तामसालिङ खबर  हेटौडा: तीन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले सोमबार हेटौंडामा आयोजित सर्बदलीय

    श्रम स्वीकृतिको लागि, अब अनलाइन टोकन सेवा

    तामसालिङ खबर   काठमाडौं – वैदेशिक रोजगारीमा जाने कामदारलाई सहज रूपमा सेवा दिन वैदेशिक रोजगार कार्यालय ताहाचलले आइतबारदेखि अनलाइन टोकन सेवा सुरु

    तिन नम्बर प्रदेश भ्रष्टाचारमुक्त प्रदेश बनाउँछु’ : मूख्यमन्त्री पौडेल

    काठमाडौँ । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशलाई भ्रष्टाचारमुक्त क्षेत्रका रुपमा विकास गर्ने बताएका छन् ।   प्रदेश नं. ३ को

    भौतिक पूर्वाधार मन्त्री केशव स्थापित मन्त्रीबाट विस्तापित 

    तामसालिङ खबर  हेटौडा: तिन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरेका छन् ।

    राजधानीको टुंगो लागेपछि नामाकरणको विषय टुंगो लाग्ने: मुख्यमन्त्री पौडेल

    तामसालिङ खबर  हेटौडा: तिन नम्बर प्रदेशको मुख्य मन्त्री डोरमणि पौडेलले राजधानीको विषय टुंग्याएपछि मात्र नामाकरणको विषयलाई टुंगो लाग्ने बताउनु भयो