• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:13:22

ताजा खबर

प्रदेश खबर

केशव स्थापितलाई मन्त्री पदबाट मुक्त हुने सम्भावना

मुख्यमन्त्री पौडेल काठमाडौमा 

  • २०७५ कार्तिक १५ बिहीबार ०१:१३:२२    तामसालिङ खबर
  • तामसालिङ खबर 
    हेटौडा
    : तिन नम्बर प्रदेशका भौतिक तथा पूर्वाधारमन्त्री केशव स्थापितको मन्त्री पद हट्ने सम्भावना देखिएको छ ।  बुधबार मन्त्रिपरिषद् बैठकमा मन्त्री स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलसँग अभद्र ढंगले प्रस्तुत भएको स्रोतले बताएको छ । 

     

    मुख्यमन्त्रीसंग अभद्र ढंगले प्रस्तुत भएको र सार्वजनिकरुपमा मन्त्री परिषदको बैठककोनै अपमान गरेको भन्दै उनलाई मन्त्रीपदबाट हटाउन छलफल बढाईएको समेत स्रोतको जानकारी छ । भौतिक पूर्वाधार मन्त्रालयको काम केहि नभएको र १७ करोड बजेटभएपनि मन्त्रालयको प्रगती केहि नदेखिएको आरोप मुख्यमन्त्री पौडेल स्रोतको छ । 

     

    स्रोतका अनुसार स्थापितलाई सकभर सम्झाउने प्रयास गरिएको भएतापनि उनको व्यवहारमा सुधार आउन नसकेपछि उनलाई मन्त्रीबाट हटाउने तयारीमा मुख्यमन्त्री पौडेल लागिपरेका छन् । पटक-पटक अभद्र ढंगले प्रस्तुत हुने र सार्वजनिक ढंगले मुख्यमन्त्रीको अपमान गरेपछि उनलाई हटाउने अनुमतिका लागि नेकपा नेतृत्वसँग छलफल चलेको स्रोतले जनाएको छ । 

     

    एक मन्त्रीले भने, ‘मुख्यमन्त्री भनेको नेता हो, उनको नेतृत्व मानेर सरकारमा गइसकेपछि मिलेर काम गर्नुपर्छ । असहमति हो भने राजीनामा दिनुपर्छ । तर, स्थापितको शैली असन्तुलित र असामान्य देखियो । उनी अभद्र ढंगले प्रस्तुत भएपछि टेबुल ठोकाठोक समेत भयो । यसरी काम गर्न सकिन्न ।’

     

    मी टू अभियान अन्तर्गत काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारीबाट आरोप खेपिरहेका स्थापितले मन्त्रिपरिषद् बैठकमै अभद्र व्यवहार गरेपछि उनको पद संकटमा परेको छ ।

    प्रतिकृया दिनुहोस

    मतदान प्रक्रियाबाट प्रदेश ३ को राजधानी टुंगो लगाउने सहमति  

    तामसालिङ खबर  हेटौंडा– तिन नम्बर प्रदेशको प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकमा राजधानीका विषयमा सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट

    तिन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने

    तामसालिङ खबर  हेटौडा: तीन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले सोमबार हेटौंडामा आयोजित सर्बदलीय

    श्रम स्वीकृतिको लागि, अब अनलाइन टोकन सेवा

    तामसालिङ खबर   काठमाडौं – वैदेशिक रोजगारीमा जाने कामदारलाई सहज रूपमा सेवा दिन वैदेशिक रोजगार कार्यालय ताहाचलले आइतबारदेखि अनलाइन टोकन सेवा सुरु

    तिन नम्बर प्रदेश भ्रष्टाचारमुक्त प्रदेश बनाउँछु’ : मूख्यमन्त्री पौडेल

    काठमाडौँ । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशलाई भ्रष्टाचारमुक्त क्षेत्रका रुपमा विकास गर्ने बताएका छन् ।   प्रदेश नं. ३ को

    यी विद्युतीय जीप चढ्नेछन्, तिन नम्बर प्रदेशको मुख्यमन्त्री पौडेलले

    तामसालिङ खबर   हेटौंडा। तिन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय जीप चढ्ने भएको छ । तिन नम्बर प्रदेशमा पेट्रोलियम सवारीसाधन पूर्ण

    भौतिक पूर्वाधार मन्त्री केशव स्थापित मन्त्रीबाट विस्तापित 

    तामसालिङ खबर  हेटौडा: तिन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरेका छन् ।