• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:14:23

ताजा खबर

साङ्ग्युर

बौद्धमार्गी समुदायको आज ल्हाबब दुछेन 

देव अवतरण दिवस

  • २०७५ कार्तिक १४ बुधबार ०१:१४:२३    तामसालिङ खबर
  • तामसालिङ खबर 
    हेटौडा
    : बौद्धमार्गीहरुले देवलोक अवतरण महोत्सव अर्थात ल्हाबब दुछेन मनाउदैछन् ।  कार्तिक कृष्णा पक्षको सप्तमीका दिन देव, मनुष्य सपरिवार चमत्कार सीढीबाट मनुष्य लोकमा पाल्नु भएको विश्वासमा यस दिनलाई बौद्धमार्गीहरूले ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्सव दिवसको रूपमा मानाउने गर्दछ ।

     

    विशेष गरी यस दिन बौद्धमार्गीहरूले साक्षात् बुद्धको रूपमा विश्वास गरिने चैत्य, मणिहरूलाई सरसफाई गरी रङ्गाउने र पञ्च रंगी ध्वाजा, पताका लगाई पाठपूजा प्रतिष्ठान (राब्ने) गर्ने प्रचलन छ । साथै गुम्बा, चैत्य जस्ता पवित्र स्थानहरूमा पाठपूजा, धार्मिक प्रवचन आदि कार्यक्रमको पनि आयोजना गर्ने गरिन्छ ।

     

    शाक्यमुनि बुद्धले सत्वहरूलाई दुःखको भाव सागरबाट मुक्त गराउनको लागि विभिन्न प्रकारको लीला (कार्य) हरू प्रदर्शन गर्नु भए तापनि बौद्ध परम्परामा विशेष गरी १२ प्रकारको लीलाहरू प्रमुख लीला (कार्य) को रुपमा मानिन्छ । जसमध्ये ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्वसव पनि एक हो । यो महोत्सव भोट पात्रो अनुसार हरेक वर्ष ९ औं महिनाको कृष्णा पक्ष सप्तमीमा पर्दछ । यस वर्षको ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्वसव कार्तिक १४ गते बुधबारको दिन परेको छ ।

     

    शाक्यमुनि बुद्ध ४१ वर्षको उमेरमा आफ्नो माता मायादेवीले तुषित देवलोकमा जन्म लिनु भएकोले उहाँलाई धर्म प्रवचन गर्नका निम्ति तुषित देवलोकमा पाल्नु भएको थियो । उहाँले देवलोकमा आफ्नो माता र देवताहरूलाई प्रवचन दिनु भएको थियो । बुद्धका अनुयायी र राजाहरूले भिक्षुहरूलाई शाक्यमुनि बुद्धलाई जम्बुद्वीप अर्थात मुनष्यलोकमा आमन्त्रणा गर्नका लागि धेरै अनुरोध गरेपछि बुद्धको शिष्याहरूले बुद्धलाई देवलोकबाट मुनष्य लोकमा आमन्त्रणा गर्नु भएको थियो ।

     

    शाक्यमुनि बुद्धले उहाँहरूको आमन्त्रणालाई स्वीकार गरी कार्तिक कृष्णा पक्षको सप्तमीका दिन देव, मनुष्य सपरिवार चमत्कार सीढीबाट मनुष्य लोकमा पाल्नु भएकोले यस दिनलाई बौद्धमार्गीहरूले ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्सव दिवसको रूपमा मान्ने गर्दछ । 
     

    प्रतिकृया दिनुहोस

    तामाङ द्वयको पहलमा नुवाकोटमा भित्रियो करोडौँको योजना

    तामसालिङ खबर   नुवाकोट । नुवाकोट-१ बाट प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र प्रदेस नं ३ की उपसभामुख राधिका तामाङको पहलमा नुवाकोटमा करोडौको योजना

    मिस तामाङ पोखराको चौथो सस्करण माघ १९ गते हुने

    तामसालिङ खबर   पोखरा: मिस तामाङ पोखराको चौथो सस्करण आगामी माघ १९ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज कास्कीको आयोजनामा हुने मिस तामाङ पोखरामा

    लुम्बिनीमा अन्तराष्ट्रिय तामाङ गुम्बा बन्ने

    तामसालिङ खबर  लुम्बिनी: बुद्धको जन्म थलो लुम्बिनीमा तामाङ समुदायको अन्तर्राष्ट्रिय स्तरको बौद्ध गुम्बा निर्माण हुने भएको छ । अन्तर्राष्ट्रिय

    हेटौडामा नेवा: तामसालिङको मोटरसाईकल र्याली तिहारपछि हुने

    तामसालिङ खबर  काठमाडौ: नेवाः ताम्सालिङ समन्वय समितिले कार्तिक १४ गते हेटौडामा गर्ने भनिएको मोटरसाईकल र्याली सहितको मुख्यमन्त्रीलाई ज्ञापन पत्र

    पोखरामा बाल कविता प्रतियोगिता सम्पन्न 

    दिपक वाइबा तामाङ  पोखरा: तामाङ बौद्ध सेवा समिति पोखराको आयोजना र कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा बाल-कविता प्रतियोगिता मंगलबार सम्पन्न

    टासी छ्योइलिङ गुम्बामा ङयुङने मौन ब्रत हुने 

    तामसालिङ खबर  हेटौडा(मनहरी) : मनहरी गाउपालिका-५, बसन्तपुर स्थित टासी छ्योइलिङ गुम्बामा ङयुङने मौन ब्रत हुने भएको छ । ङयुङने मौनब्रत अन्तर्गत बसिने