• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:50:01

ताजा खबर

राजनीतिक

प्रधानमन्त्रीको स्वास्थ अवस्थाप्रति भ्रामक समाचार लेख्ने एकजना पक्राउ  

  • २०७५ कार्तिक १३ मंगलबार ०१:५०:०१    तामसालिङ खबर
  • तामसालिङ खबर  
    काठमाडौं
    : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको विषयमा भ्रामक समाचार लेखेर प्रकाशन गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।  मंगलबार प्रहरीले पाथिभरा अनलाइन डटममा भ्रमपूर्ण समाचार प्रकाशित गर्ने स्याङजा घर भइ काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ८ बस्ने ४६ वर्षीय हरिप्रसाद मानन्धरलाई पक्राउ गरेको हो। 

     

    महानगरीय प्रहरी अपराध महाशाखाले मानन्धरलाई विद्युतीय अपराध तथा कसुर अन्तर्गत कारबाही सुरु गरेको बताएको छ ।  प्रधानमन्त्री  ओलीले सामाजिक सञ्जाल र केही डिजिटल मिडियाबाट आफ्नो स्वास्थ्य अवस्थाका बारेमा आधारहीन प्रचार भएकोप्रति आपत्ति जनाएका थिए। मंगलबार साँझ अस्पतालबाटै सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले अनावश्यक रुपमा सनसनी बनाएर गरिएका प्रचारबाजीबारे आफू जानकार रहेको भन्दै आपत्ति जनाएका हुन् । 

     

    ‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाबारेमा गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रजारबाजीको मलाई जानकारी छ’, प्रधानमन्त्रीले सन्देशमा भनेका थिए, ‘यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोधसमेत गर्नुभएको छ ।’ -अन्नपूर्ण पोस्ट 

    प्रतिकृया दिनुहोस

    तामाङ द्वयको पहलमा नुवाकोटमा भित्रियो करोडौँको योजना

    तामसालिङ खबर   नुवाकोट । नुवाकोट-१ बाट प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र प्रदेस नं ३ की उपसभामुख राधिका तामाङको पहलमा नुवाकोटमा करोडौको योजना

    लोकतान्त्रिक ट्रेड युनियन मकवानपुरको अध्यक्षमा मोक्तान 

    तामसालिङ खबर  हेटौडा: संघिय समाजबादी फोरमको भातृसंगठन समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघ मकवानपुर गठन भएको छ । मंगलबार हेटौंडामा राम

    कातिकमा नेविसंघको महाधिवेशन 

    तामसालिङ खबर   काठमाडौं: नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२ औं महाधिवेशन आगामी कात्तिक १६ गते देखि हुने भएको छ । सोमबार राति अबेर सकिएको केन्द्रीय

    विप्लवको अाह्वानमा २९ गते नेपाल वन्द 

    तामसालिङ खबर  काठमाडाैं । विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मालाई मंगलबार काठमाडौंबाट गिरफ्तार गरिएकाे

    सबै सिण्डीकेट तोड्छौँ, भ्रष्टचार विरुद्ध लाग्छौँ: प्रधानमन्त्री ओली 

    तामसालिङ खबर  हेटौडा : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर ३ को प्रदेशसभालाई सम्बोधन गर्दै सबै प्रकारका सिण्डीकेटहरुलाई अन्त्य गर्ने

    यातायात सिन्डीकेट अन्त्य गरेरै छाड्ने: गृहमन्त्री थापा 

    तामसालिङ खबर   हेटौँडा : गृहमन्त्री रामबहादुर थापा 'वादल'ले यातायात क्षेत्रमा रहेको सिन्डीकेटलाई अन्त्य गरेरै छोडने बताएका छन् । सिण्डिकेट