• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:14:43

ताजा खबर

प्रदेश खबर

हेटौडामा नेवा: तामसालिङको मोटरसाईकल र्याली तिहारपछि हुने

  • २०७५ कार्तिक १३ मंगलबार ०१:१४:४३    तामसालिङ खबर
  • तामसालिङ खबर 
    काठमाडौ
    : नेवाः ताम्सालिङ समन्वय समितिले कार्तिक १४ गते हेटौडामा गर्ने भनिएको मोटरसाईकल र्याली सहितको मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तिहारपछि हुने भएको छ । नेवाः ताम्सालिङ समन्वय समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको समितिका सदस्य सचिव तथा नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङले बताउनु भयो ।

     

    यस अघि समितिले कार्तिक १४ गते मोटरसाईकल र्याली सहित मुख्य मन्त्रीलाई ज्ञापनपत्र बुझाउने र हेटौडाको बुद्धचोकमा जनसभा सम्पन्न गर्ने निर्णय गरेको थियो । कार्यक्रमको लागि २ र ३ नं. प्रदेशबाट उल्लेख्य संख्यामा नेवार, तामाङ लगायत अन्य पहिचान पक्षधर समुदायको सहभागिता गराउने तयारी पनि गरिएको थियो । तर उक्त मितिमा प्रदेशको संसद बैठकको समय नमिलेपछि कार्यक्रम सारिएको समितिका संयोजक तथा नेवाः देय दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्रकारले बताए ।


    सोमबार बसेको बैठकले कातिक १४ गते नेवाः ताम्सालिङ समन्वय समितिको एक प्रतिनिधि मण्डल हेटौडा पुगेर मुख्यमन्त्रीसँग भेट गरी आफूहरुले उठाएको प्रदेशको नामाकरण, भाषाको सवाल र कम जनसंख्या भएका आदिवासी समुदायको स्वायत्तताको मुद्दाको बारेमा छलफल गर्ने ताम्रकारले बताए ।

     

    यसका साथै समितिले यस बीचमा प्रदेश सांसदहरुसँग आन्तरिक रुपमा प्रदेश नामाकरणको विषयमा छलफल गर्ने भएको छ । तिहार र छठ पर्वपछि प्रदेश संसद चालु भएको अवस्था पारेर लगत्तै यसअघि घोषित मोटरसाईकल र्याली गरिने समितिले जनाएको छ ।

     

    नामाकरणको लागि दबाब दिन आपूmहरु उल्लेख्य संख्यामा हेटौडामा जाने तयारी गरेको नेपाल तामाङ घेदुङ प्रदेश नं. २ का अध्यक्ष डेनोक मोक्तानले बताए । यसैगरी ३ नं. प्रदेशका सबै जिल्ला समन्वय समितिहरु र २ नं. प्रदेश अन्तर्गतका सप्तरी, सर्लाही, धनुषा, बारा, महोत्तरी, पर्सा र रौतहटबाट समेत हजारौको संख्यामा र्यालीमा सहभागिता रहने बुझिएको छ ।

     

    ऐतिहासिक सभ्यताले विकास गरेको पहिचानका आधारमा ३ नं. प्रदेशको नामाकरण नेवाः ताम्सालिङ नराखिए त्यसले स्थायी द्वन्द्व निम्त्याउने पहिचानको लागि आन्दोलनरत नेताहरुले चेतावनी दिइसकेका छन् ।

     

    अहिलेसम्म प्रदेश नं. ४, ६ र ७ को नामाकरण भईसकेको छ भने प्रदेश नं. १ लाई किरात-कोशी या किरात-सगरमाथा नामाकरण गराउने विषयमा छलफल भइरहेको छ । नामाकरण गरिएका तीनवटा प्रदेशहरुको नाम क्रमश गण्डकी, कर्णाली र सुदूरपश्चिम राखिएका छन् । आदिवासी जनजाति समुदायले ती नामहरुमा पञ्चायती गन्ध मिसिएको भन्दै ३ नं. प्रदेशलाई त्यसखालको नाम राख्न नहुनेमा लबिङ गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस

    मतदान प्रक्रियाबाट प्रदेश ३ को राजधानी टुंगो लगाउने सहमति  

    तामसालिङ खबर  हेटौंडा– तिन नम्बर प्रदेशको प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकमा राजधानीका विषयमा सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट

    तिन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने

    तामसालिङ खबर  हेटौडा: तीन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले सोमबार हेटौंडामा आयोजित सर्बदलीय

    श्रम स्वीकृतिको लागि, अब अनलाइन टोकन सेवा

    तामसालिङ खबर   काठमाडौं – वैदेशिक रोजगारीमा जाने कामदारलाई सहज रूपमा सेवा दिन वैदेशिक रोजगार कार्यालय ताहाचलले आइतबारदेखि अनलाइन टोकन सेवा सुरु

    तिन नम्बर प्रदेश भ्रष्टाचारमुक्त प्रदेश बनाउँछु’ : मूख्यमन्त्री पौडेल

    काठमाडौँ । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशलाई भ्रष्टाचारमुक्त क्षेत्रका रुपमा विकास गर्ने बताएका छन् ।   प्रदेश नं. ३ को

    यी विद्युतीय जीप चढ्नेछन्, तिन नम्बर प्रदेशको मुख्यमन्त्री पौडेलले

    तामसालिङ खबर   हेटौंडा। तिन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय जीप चढ्ने भएको छ । तिन नम्बर प्रदेशमा पेट्रोलियम सवारीसाधन पूर्ण

    भौतिक पूर्वाधार मन्त्री केशव स्थापित मन्त्रीबाट विस्तापित 

    तामसालिङ खबर  हेटौडा: तिन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरेका छन् ।