• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:14:30

ताजा खबर

साङ्ग्युर

हेटौडामा नेवा: तामसालिङको मोटरसाईकल र्याली तिहारपछि हुने

  • २०७५ कार्तिक १३ मंगलबार ०१:१४:३०    तामसालिङ खबर
  • तामसालिङ खबर 
    काठमाडौ
    : नेवाः ताम्सालिङ समन्वय समितिले कार्तिक १४ गते हेटौडामा गर्ने भनिएको मोटरसाईकल र्याली सहितको मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तिहारपछि हुने भएको छ । नेवाः ताम्सालिङ समन्वय समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको समितिका सदस्य सचिव तथा नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङले बताउनु भयो ।

     

    यस अघि समितिले कार्तिक १४ गते मोटरसाईकल र्याली सहित मुख्य मन्त्रीलाई ज्ञापनपत्र बुझाउने र हेटौडाको बुद्धचोकमा जनसभा सम्पन्न गर्ने निर्णय गरेको थियो । कार्यक्रमको लागि २ र ३ नं. प्रदेशबाट उल्लेख्य संख्यामा नेवार, तामाङ लगायत अन्य पहिचान पक्षधर समुदायको सहभागिता गराउने तयारी पनि गरिएको थियो । तर उक्त मितिमा प्रदेशको संसद बैठकको समय नमिलेपछि कार्यक्रम सारिएको समितिका संयोजक तथा नेवाः देय दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्रकारले बताए ।


    सोमबार बसेको बैठकले कातिक १४ गते नेवाः ताम्सालिङ समन्वय समितिको एक प्रतिनिधि मण्डल हेटौडा पुगेर मुख्यमन्त्रीसँग भेट गरी आफूहरुले उठाएको प्रदेशको नामाकरण, भाषाको सवाल र कम जनसंख्या भएका आदिवासी समुदायको स्वायत्तताको मुद्दाको बारेमा छलफल गर्ने ताम्रकारले बताए ।

     

    यसका साथै समितिले यस बीचमा प्रदेश सांसदहरुसँग आन्तरिक रुपमा प्रदेश नामाकरणको विषयमा छलफल गर्ने भएको छ । तिहार र छठ पर्वपछि प्रदेश संसद चालु भएको अवस्था पारेर लगत्तै यसअघि घोषित मोटरसाईकल र्याली गरिने समितिले जनाएको छ ।

     

    नामाकरणको लागि दबाब दिन आफुहरु उल्लेख्य संख्यामा हेटौडामा जाने तयारी गरेको नेपाल तामाङ घेदुङ प्रदेश नं. २ का अध्यक्ष डेनोक मोक्तानले बताए । यसैगरी ३ नं. प्रदेशका सबै जिल्ला समन्वय समितिहरु र २ नं. प्रदेश अन्तर्गतका सप्तरी, सर्लाही, धनुषा, बारा, महोत्तरी, पर्सा र रौतहटबाट समेत हजारौको संख्यामा र्यालीमा सहभागिता रहने बुझिएको छ ।

     

    ऐतिहासिक सभ्यताले विकास गरेको पहिचानका आधारमा ३ नं. प्रदेशको नामाकरण नेवाः ताम्सालिङ नराखिए त्यसले स्थायी द्वन्द्व निम्त्याउने पहिचानको लागि आन्दोलनरत नेताहरुले चेतावनी दिइसकेका छन् ।

     

    अहिलेसम्म प्रदेश नं. ४, ६ र ७ को नामाकरण भईसकेको छ भने प्रदेश नं. १ लाई किरात-कोशी या किरात-सगरमाथा नामाकरण गराउने विषयमा छलफल भइरहेको छ । नामाकरण गरिएका तीनवटा प्रदेशहरुको नाम क्रमश गण्डकी, कर्णाली र सुदूरपश्चिम राखिएका छन् । आदिवासी जनजाति समुदायले ती नामहरुमा पञ्चायती गन्ध मिसिएको भन्दै ३ नं. प्रदेशलाई त्यसखालको नाम राख्न नहुनेमा लबिङ गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस

    तामाङ द्वयको पहलमा नुवाकोटमा भित्रियो करोडौँको योजना

    तामसालिङ खबर   नुवाकोट । नुवाकोट-१ बाट प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र प्रदेस नं ३ की उपसभामुख राधिका तामाङको पहलमा नुवाकोटमा करोडौको योजना

    मिस तामाङ पोखराको चौथो सस्करण माघ १९ गते हुने

    तामसालिङ खबर   पोखरा: मिस तामाङ पोखराको चौथो सस्करण आगामी माघ १९ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज कास्कीको आयोजनामा हुने मिस तामाङ पोखरामा

    लुम्बिनीमा अन्तराष्ट्रिय तामाङ गुम्बा बन्ने

    तामसालिङ खबर  लुम्बिनी: बुद्धको जन्म थलो लुम्बिनीमा तामाङ समुदायको अन्तर्राष्ट्रिय स्तरको बौद्ध गुम्बा निर्माण हुने भएको छ । अन्तर्राष्ट्रिय

    बौद्धमार्गी समुदायको आज ल्हाबब दुछेन 

    तामसालिङ खबर  हेटौडा: बौद्धमार्गीहरुले देवलोक अवतरण महोत्सव अर्थात ल्हाबब दुछेन मनाउदैछन् ।  कार्तिक कृष्णा पक्षको सप्तमीका दिन देव, मनुष्य

    पोखरामा बाल कविता प्रतियोगिता सम्पन्न 

    दिपक वाइबा तामाङ  पोखरा: तामाङ बौद्ध सेवा समिति पोखराको आयोजना र कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा बाल-कविता प्रतियोगिता मंगलबार सम्पन्न

    टासी छ्योइलिङ गुम्बामा ङयुङने मौन ब्रत हुने 

    तामसालिङ खबर  हेटौडा(मनहरी) : मनहरी गाउपालिका-५, बसन्तपुर स्थित टासी छ्योइलिङ गुम्बामा ङयुङने मौन ब्रत हुने भएको छ । ङयुङने मौनब्रत अन्तर्गत बसिने