• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:13:26

ताजा खबर

प्रबास

भुटानमा आठ जना नेपालीभाषी संसद निर्बाचित  

  • २०७५ कार्तिक १३ मंगलबार ०१:१३:२६    तामसालिङ खबर
  • तामसालिङ खबर 
    थिम्पू
    : भुटानमा सम्पन्न भएको आम निर्वाचनबाट ८ जना नेपाली मूलका सांसदहरुले चुनाव जितेका छन् । दक्षिणी भुटानबाट चुनाव जितेका उनीहरु सबैजना ड्रुक न्यामरुप सोग्पा (डीएनटी) पार्टीका प्रतिनिधि हुन् । यो पार्टीले संसदमा बहुमत पाएको छ ।

     

    भुटानको नेशनल एसेम्ब्लीको कुल सीट संख्या ४७ जनाको रहेको छ । सरकार बनाउनका लागि २४ सीट आवश्यक पर्छ । प्राप्त नतिजा अनुसार संसदमा नेपालीभाषी समुदायका दिलमाया राई, दिनेशकुमार प्रधान, गणेश घिमिरे, लोकनाथ शर्मा, जयवीर राई, हेमन्त गुरुङ्ग, टेकबहादुर राई र गर्जमान राईले चुनाव जितेका छन् ।

     

    भुटान सरकारले नेपाली भाषीलाई शरणार्थी बनाएर देश निकाला गरे पनि दक्षिण भुटानमा अहिलेसम्म नेपालीभाषीहरुको प्रभाव छ भन्ने यो चुनावले समेत देखाएको छ । खासगरी दक्षिण भुटानमा नेपाली भाषीहरुको बाहुल्य छ । त्यहाँको चुनावी प्रतिस्पर्धा विगतमा जस्तै नेपाली भाषीहरुकै वीचमा भएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस

    मगर बौद्ध समाज बेलायतको अध्यक्षमा कृष्ण दर्लामीमगर चयन 

    तामसालिङ खबर  बेलायत । मगर बौद्ध समाज बेलायतको दोस्रो अधिबेशनबाट कृष्ण दर्लामीको नेतृत्वमा १५ सदस्य कार्यसमिति चयन भएको छ ।   उपाध्यक्षमा

    अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लू बुसकाे निधन

    तामसालिङ खबर  काठमाडाैँ । अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज हर्बर्ट वाकर बुश (जर्ज एच.डब्लू बुश) को ९४ वर्षको उमेरमा निधन भएको छ । रगतमा देखिएको

    तामाङ घेदुङ साईप्रसको अध्यक्षमा जाङमो थोकर चयन 

    तामसालिङ खबर   साइप्रस: नेपाल तामाङ घेदुङको प्रवास सस्था साईप्रसको प्रथम अधिबेशनबाट जाङमो थोकर तामाङ( साङमो ) को अध्यक्षतामा नयाँ कार्यसमिति

    तामाङ समाज अमेरिकाले फेब्रुअरीमा ल्होछार कार्यक्रम गर्ने 

    तामसालिङ खबर  न्युयोर्क: अमेरिकामा रहेका तामाङहरुले २८५५ औं सोनाम ल्होछार फेब्रुअरीमा मनाउने भएको छ । तामाङ समाज अमेरिकाको आयोजनामा फेब्रुवारी २

    अमेरिकाको अदालतमा नेवारी भाषालाई मान्यता

    तामसालिङ खबर  ओरेगन: संयुक्तराज्य अमेरिकाको एक अदालतमा नेपाल (नेवारी) भाषा प्रयोग गर्न सकिने भएको छ । अमेरिकास्थित ओरेगन राज्यको अदालतले अदालतमा

    नेपालीको लगानीमा अमेरिकामा बैँक संचालन 

    तामसालिङ खबर  हेटौडा: अमेरिकी संघीय सरकारको नेसनल क्रेडिट युनियन एडमनिस्ट्रेसन एनसीयएले गत अगस्ट २४ मा एउटा वित्तीय संस्थालाई सञ्चालन अनुमति दियो