• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:13:47

ताजा खबर

साहित्य

पोखरामा बाल कविता प्रतियोगिता सम्पन्न 

  • २०७५ कार्तिक ६ मंगलबार ०१:१३:४७    तामसालिङ खबर
  • दिपक वाइबा तामाङ 

    पोखरा: तामाङ बौद्ध सेवा समिति पोखराको आयोजना र कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा बाल-कविता प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । दुई समूहमा विभाजित जुनियर समुहबाट सोहेन योन्जन प्रथम, युनिक गोम्जा द्वितीय र एलिना लोप्चन तृतीय हुन सफल भएको छ । यस्तैगरि सीनियर तर्फ प्रथम गोम्जा प्रथम, आस्था वाईबा द्वितीय र निरा लामा तृतीय हुन सफल भएको छ । 


    कुम बहादुर योन्जनको नेतृत्वमा अन्जना तामाङ र मनिशा तामाङ सहितको तीन सदस्यीय छनोट समितिले नतीजा सार्वजनिक गरेका थिए । तामाङ मातृभाषा र नेपाली दुवै भाषामा प्रतियोगीहरुले कविता वाचन गरेका थिए । कार्यक्रमाका प्रमुख अतिथि धनप्रसाद तामाङले यस्तै सिर्जनशील कार्यक्रम मार्फत बालबालिकाको क्षमता अभिवृद्धि र प्रतिभाको उजागर गर्दै लैजानुपर्छ भन्ने विचार व्यक्त गर्नुभयो । 

    समाजमा यस्ता कार्यक्रम निरन्तर भइरहनुपर्छ भन्नुभयो । सो कार्यक्रममा कुम बहादुर योन्जन, दिपक वाईबा तामाङ, राम प्रसाद सम्देन र अन्जना डुम्जन लगायतका अगुवाहरुले आफ्ना विचार व्यक्त गर्नुभएको थियो । समितिका अध्यक्ष बुद्धि बहादुर तामाङको अध्यक्षतामा समितिका महिला सदस्य शान्ति तामाङको स्वागत मन्तव्य र सहसचिव पवित्र थोकरको सन्चालनमा सम्पन्न भएको थियो ।

     

    प्रतिकृया दिनुहोस

    लोककवि श्रेष्ठको स्मृतीमा कविता प्रतियोगिता

    तामसालिङ खबर  हेटौडा: लोककवि गणेशलाल श्रेष्ठको १ सय ७ औं स्मृतीमा कविता प्रतियोगिता हेटौंडामा गरिएको छ । नेपाल भाषाःखलः मकवानपुरले आयोजना गरेको

    नाङ्साल क्लवको चौथो अधिवेशन सकियो, अध्यक्षमा मिक्साङ वाइबा

    तामसालिङ खबर  काठमाडौ: नाङसाल क्लब नेपालको चौथो अधिवेशन शनिबार काठमाडौमा सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनबाट मिक्साङ वाइबा तामाङको नेतृत्वमा

    यश लामाको चोटिला कबिता- गाईमारा भर्सेस् भाइमारा

    स्कुल पढ्दादेखि नै  नगर्नु पर्ने शंका गर्थे साथीहरूले मलाई ।   गुरूहरू,  अापसी कानेखुसी गरेको सुन्थें साउती मारेको देख्थेँ यसको पुर्खाले त

    खुल्ला अनलाइन कविता प्रतियोगिता हुने 

    तामसालिङ खबर  बिराटनगर : पूर्वाञ्चल साहित्यिक सञ्जाल परिवारले नेपालीहरुको नयाँ बर्ष २०७५ सालको पावन अवसर पारेर शुभकामना आदनप्रदान सहित बृहत

     साहित्यकार बिकु लामाको कवितासंग्रह ‘सपनाको ट्रन्जिटमा’ लोकार्पण

    तामसालिङ खबर   काठमाडौंः साहित्यकार बिकु लामा तामाङको कवितासंग्रह ‘सपनाको ट्रन्जिटमा’ लोकार्पण भएको छ ।   राजधानीको नयाँ बानेश्वरस्थित

    मार्खुमा 'इन्द्रसरोवर काव्य उत्सव' सम्पन्न

    तामसालिङ खबर   मकवानपुर : मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोवर तालको बिचमा २ दिनको काव्‍य उत्सव सम्पन्न भएको छ । 'पर्यटनका लागि साहित्य' भन्ने