• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 02:14:08

ताजा खबर

साङ्ग्युर

टासी छ्योइलिङ गुम्बामा ङयुङने मौन ब्रत हुने 

  • २०७५ असोज २६ शुक्रबार ०२:१४:०८    तामसालिङ खबर
  • तामसालिङ खबर 

    हेटौडा(मनहरी) : मनहरी गाउपालिका-५, बसन्तपुर स्थित टासी छ्योइलिङ गुम्बामा ङयुङने मौन ब्रत हुने भएको छ । ङयुङने मौनब्रत अन्तर्गत बसिने ब्रतमा बौद्ध धर्मावलम्बी तामाङ,गुरुङ,शेर्पा,थकाली एवं हिमाली सम््रदायहरु दशैंका बेला तीन दिने ङयुङने बस्ने गर्दछन् । यस्तो बेला भगवान बुद्धका बिभिन्न अष्टशीलहरुको पालना गरिन्छ ।

     

    दशैं पर्बको नाममा लाखौं पशुपन्छीहरुको बलि दिने गरेको बेलामा बौद्धधर्मालम्बीहरुले ङयुङने निराहार ब्रत बस्ने गरिन्छ । यसै अबसरमा टासी छ्योइलिङ गुम्बामा यहि असोज ३० गते देखि ङयुङने मौन ब्रत हुने प्रमुख लामा बल बहादुर लामाले बताउनु भयो ।

     

    यस समयमा महाकरुणामयी आर्य अवलोकेश्वर (फापा चेङरेसी) को प्रार्थना गरेर उपवास बस्नुको मुख्य उद्धेश्य शरीरलाई स्वस्थ र स्फूर्त बनाउनु, ध्यान एकाग्र बनाउनु र मनबाट अशुद्धीहरु हटाई शान्ति प्राप्त गर्नु हो । ङयुङनेको समयमा एकता, समानता, प्रेम, त्याग र क्षमा र करुणाको अभ्यास हुन्छ भन्ने विश्वास मानिन्छ ।

     

    गुम्बामा ङयुङने मौनब्रत संचालनको लागि नेपाल अहिंसाबादी बौद्धधर्म चक्र संघको लामा समितिको उपसचिव निमा वाइबा लामाको उपस्थितिमा असोज ३० गते सबै जना जम्मा हुने, ३१ गते सोक्छ्योङ गुरुबाट प्रवचन साथै अष्टशिल प्रदान गरिने कार्तिक  १ गते कुक्प्पा निराहार मौनब्रत भइ कार्तिक २ गते प्रमुख लामागुरु बल बहादुर लामाको बाहुल्यबाट वाङ अभिषेक प्रदान र कार्यक्रमको समापन गरिने ब्यबस्थापन समितिको सचिब दिल बहादुर लामा बताए । 

    प्रतिकृया दिनुहोस

    तामाङ द्वयको पहलमा नुवाकोटमा भित्रियो करोडौँको योजना

    तामसालिङ खबर   नुवाकोट । नुवाकोट-१ बाट प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र प्रदेस नं ३ की उपसभामुख राधिका तामाङको पहलमा नुवाकोटमा करोडौको योजना

    मिस तामाङ पोखराको चौथो सस्करण माघ १९ गते हुने

    तामसालिङ खबर   पोखरा: मिस तामाङ पोखराको चौथो सस्करण आगामी माघ १९ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज कास्कीको आयोजनामा हुने मिस तामाङ पोखरामा

    लुम्बिनीमा अन्तराष्ट्रिय तामाङ गुम्बा बन्ने

    तामसालिङ खबर  लुम्बिनी: बुद्धको जन्म थलो लुम्बिनीमा तामाङ समुदायको अन्तर्राष्ट्रिय स्तरको बौद्ध गुम्बा निर्माण हुने भएको छ । अन्तर्राष्ट्रिय

    बौद्धमार्गी समुदायको आज ल्हाबब दुछेन 

    तामसालिङ खबर  हेटौडा: बौद्धमार्गीहरुले देवलोक अवतरण महोत्सव अर्थात ल्हाबब दुछेन मनाउदैछन् ।  कार्तिक कृष्णा पक्षको सप्तमीका दिन देव, मनुष्य

    हेटौडामा नेवा: तामसालिङको मोटरसाईकल र्याली तिहारपछि हुने

    तामसालिङ खबर  काठमाडौ: नेवाः ताम्सालिङ समन्वय समितिले कार्तिक १४ गते हेटौडामा गर्ने भनिएको मोटरसाईकल र्याली सहितको मुख्यमन्त्रीलाई ज्ञापन पत्र

    पोखरामा बाल कविता प्रतियोगिता सम्पन्न 

    दिपक वाइबा तामाङ  पोखरा: तामाङ बौद्ध सेवा समिति पोखराको आयोजना र कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा बाल-कविता प्रतियोगिता मंगलबार सम्पन्न