• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 02:27:28

ताजा खबर

साङ्ग्युर

नेपाल तामाङ घेदुङको थाहानगर कमिटि गठन, अध्यक्षमा दिपेन्द्रकुमार थिङ चयन 

  • २०७५ असोज २२ सोमबार ०२:२७:२८    तामसालिङ खबर
  • तामसालिङ खबर 
    पालुङ
    : तिन नम्बर प्रदेशको तामसालिङ जागरण अभियान अन्तर्गत मकवानपुर उत्तरी भेग थाहा नगरमा नेपाल तामाङ घेदुङ थाहानगरपालिकाको प्रथम भेला सोमबार सम्पन्न भएको छ ।  भेलाले दिपेन्द्रकुमार थिङकोे अध्यक्षमा १७ सदस्यीय नेपाल तामाङ घेदुङको थाहानगर कमिटिको गठन गरेको छ ।  

     

     

    नेपाल तामाङ घेदुङको संघीय सदस्य सुनिल मोक्तानको प्रमुख आतिथ्यता तथा नेपाल तामाङ घेदुङ मकवानपुरको सचिवालय सदस्य एबम किरणमान बलको सभाध्यक्षतामा प्रथम भेला भएको हो । कार्यक्रमका प्रमुख अतिथि मोक्तानले अब उत्तरी क्षेत्रको तामाङ एक भएर अगाडी बढ्नको लागि नव गठित समितिको मूख्य भूमिका रहने साथै भाषा, लिपि, धर्म संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्ने बताएका छन् । 

    कार्यक्रममा नेपाल तामाङ घेदुङ मकवानपुर जिल्ला अध्यक्ष लिलाकुमार घलान, समाजसेवी गौतमबुद्ध लामा, अधिबक्ता कल्याणबिक्रम लामा, पत्रकार कुमार नेगी, वडा अध्यक्ष दिपक लामा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । 
     

     

    कमिटिको उपाध्यक्षमा जनक तामाङ,र सुनिता दोङ, सचिवमा मंगलबहादुर मोक्तान, कोषाध्यक्षमा दिनेश बल, सह-सचिवमा विष्णु वाईवा चयन भएका छन् । सदस्यहरुमा गोविन्द गोङ्वा, चन्द्रबहादुर स्याङ्तान, रविना तितुङ चित्रकुमारी मोक्तान, दिलबहादुर घलान, बम बहादुर सिन्तान, हेमबहादुर घलान लगायत रहेका छन् । बाकी चार सदस्य पहिलो बैठकबाट मनोनित गरिने सचिब मंगलबहादुर मोक्तानले बताउनु भयो । 

    नब गठित समितीका अध्यक्ष दिपेन्द्र कुमार थिङले पछाडि परिरहेका तामाङ समुदायको हक, हित, अधिकार र उत्थानको निम्ति सधै लागि रहको र सदैब लागि रहने बताउनु भयो ।
     

    प्रतिकृया दिनुहोस

    तामाङ द्वयको पहलमा नुवाकोटमा भित्रियो करोडौँको योजना

    तामसालिङ खबर   नुवाकोट । नुवाकोट-१ बाट प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र प्रदेस नं ३ की उपसभामुख राधिका तामाङको पहलमा नुवाकोटमा करोडौको योजना

    मिस तामाङ पोखराको चौथो सस्करण माघ १९ गते हुने

    तामसालिङ खबर   पोखरा: मिस तामाङ पोखराको चौथो सस्करण आगामी माघ १९ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज कास्कीको आयोजनामा हुने मिस तामाङ पोखरामा

    लुम्बिनीमा अन्तराष्ट्रिय तामाङ गुम्बा बन्ने

    तामसालिङ खबर  लुम्बिनी: बुद्धको जन्म थलो लुम्बिनीमा तामाङ समुदायको अन्तर्राष्ट्रिय स्तरको बौद्ध गुम्बा निर्माण हुने भएको छ । अन्तर्राष्ट्रिय

    बौद्धमार्गी समुदायको आज ल्हाबब दुछेन 

    तामसालिङ खबर  हेटौडा: बौद्धमार्गीहरुले देवलोक अवतरण महोत्सव अर्थात ल्हाबब दुछेन मनाउदैछन् ।  कार्तिक कृष्णा पक्षको सप्तमीका दिन देव, मनुष्य

    हेटौडामा नेवा: तामसालिङको मोटरसाईकल र्याली तिहारपछि हुने

    तामसालिङ खबर  काठमाडौ: नेवाः ताम्सालिङ समन्वय समितिले कार्तिक १४ गते हेटौडामा गर्ने भनिएको मोटरसाईकल र्याली सहितको मुख्यमन्त्रीलाई ज्ञापन पत्र

    पोखरामा बाल कविता प्रतियोगिता सम्पन्न 

    दिपक वाइबा तामाङ  पोखरा: तामाङ बौद्ध सेवा समिति पोखराको आयोजना र कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा बाल-कविता प्रतियोगिता मंगलबार सम्पन्न