• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:14:59

ताजा खबर

साङ्ग्युर

मनहरी घेदुङको अध्यक्षमा इन्द्रकुमार ब्लोन चयन, १७ सदस्यीय कमिटि गठन   

  • २०७५ असोज २१ आइतबार ०१:१४:५९    दिल बहादुर लामा
  • दिलबहादुर लामा 
    मनहरी
    : नेपाल तामाङ घेदुङ संघिय कार्यालयको सर्कुलर अनुसार ३ नम्बर प्रदेशमा तामसालिङ जागरण अभियान तथा स्थानीय तह सम्म घेदुङको संगठन बिस्तार अभियान अन्तर्गत आइतबार नेपाल तामाङ घेदुङ मनहरी गाउपालिकाको प्रथम भेलाबाट गठन गरिएको छ । भेलाबाट इन्द्रकुमार ब्लोनको नेतृत्वमा १७ सदस्यीय गाउपालिका कमिटि गठन गरिएको हो  । 

    त्यस्तै, उपाध्यक्षमा बुद्धिराम मोक्तान, र कमला गोङ्बा सचिबमा चन्द्र बहादुर थिङ, कोषाध्यक्षमा मिनबहादुर लामा, सह-सचिबमा मानबहादुर स्याङ्तान र  सदस्यहरुमा गौतम लामा, रामचन्द्र स्याङ्तान, बाबु थिङ, विष्णुलाल स्याङ्तान, सुन्दर लामा, गोपीराम मोक्तान र तिलक रुम्बा लगायत चयन भएका छन्  ।  

     

    नबगठित गाउपालिका घेदुङ्ले अब मकवानपुरको पश्चिम क्षेत्रको तामाङको लागि एकजुटको अभियान वडा हुदै टोल-टोलमा सम्म आफ्नो हक अधिकार र तामाङ पहिचानको संरक्षणमा जोड दिने कार्यक्रमहरु अघि ल्याइने बताइएको छ । कार्यसमितिलाई पूर्णता दिन पहिलो बैठकले चार जना व्यक्तिहरुलाई मनोनित गरेर पूर्णता दिई वडा स्तरिय घेदुङको गठन प्रक्रियामा लाग्ने नबगठित घेदुङको अध्यक्ष इन्द्रकुमार ब्लोनले बताउनु भयो ।


        
    प्रथम भेलामा तिन नम्बर प्रदेशको प्रदेशसभा सदस्य माननीय ओम घलानको प्रमुख आतिथ्यता तथा नेपाल तामाङ घेदुङ जिल्ला समन्वयन समितिको अध्यक्ष लिलाकुमार घलानको अध्यक्षतामा कार्यक्रम भएको थियो ।                


    त्यस्तै कार्यक्रममा घेदुङको संघिय सदस्य सुनिल मोक्तान, पूर्व संसद एबम समाजसेबी राजाराम स्याङ्तान, नेपाल तामाङ घेदुङको ३ नम्बर प्रदेश सदस्य ठुलीमाया ब्लोन, गुम्बा बिहार संरक्षण सघको जिल्ला अध्यक्ष निरु थिङ, मनहरी गाउपलिका वडा- ५, का अध्यक्ष शुभराज थिङ, वडा न ८ का अध्यक्ष दिलबहादुर स्याङ्तान, समाजसेबी एबम बुद्धिजिबी खुसीलाल मोक्तान, घेदुङको पूर्व अध्यक्ष बुद्ध रत्न लामा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । 


    प्रतिकृया दिनुहोस

    तामाङ द्वयको पहलमा नुवाकोटमा भित्रियो करोडौँको योजना

    तामसालिङ खबर   नुवाकोट । नुवाकोट-१ बाट प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र प्रदेस नं ३ की उपसभामुख राधिका तामाङको पहलमा नुवाकोटमा करोडौको योजना

    मिस तामाङ पोखराको चौथो सस्करण माघ १९ गते हुने

    तामसालिङ खबर   पोखरा: मिस तामाङ पोखराको चौथो सस्करण आगामी माघ १९ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज कास्कीको आयोजनामा हुने मिस तामाङ पोखरामा

    लुम्बिनीमा अन्तराष्ट्रिय तामाङ गुम्बा बन्ने

    तामसालिङ खबर  लुम्बिनी: बुद्धको जन्म थलो लुम्बिनीमा तामाङ समुदायको अन्तर्राष्ट्रिय स्तरको बौद्ध गुम्बा निर्माण हुने भएको छ । अन्तर्राष्ट्रिय

    बौद्धमार्गी समुदायको आज ल्हाबब दुछेन 

    तामसालिङ खबर  हेटौडा: बौद्धमार्गीहरुले देवलोक अवतरण महोत्सव अर्थात ल्हाबब दुछेन मनाउदैछन् ।  कार्तिक कृष्णा पक्षको सप्तमीका दिन देव, मनुष्य

    हेटौडामा नेवा: तामसालिङको मोटरसाईकल र्याली तिहारपछि हुने

    तामसालिङ खबर  काठमाडौ: नेवाः ताम्सालिङ समन्वय समितिले कार्तिक १४ गते हेटौडामा गर्ने भनिएको मोटरसाईकल र्याली सहितको मुख्यमन्त्रीलाई ज्ञापन पत्र

    पोखरामा बाल कविता प्रतियोगिता सम्पन्न 

    दिपक वाइबा तामाङ  पोखरा: तामाङ बौद्ध सेवा समिति पोखराको आयोजना र कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा बाल-कविता प्रतियोगिता मंगलबार सम्पन्न