• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:13:00

ताजा खबर

राजनीतिक

लोकतान्त्रिक ट्रेड युनियन मकवानपुरको अध्यक्षमा मोक्तान 

  • २०७५ असोज १६ मंगलबार ०१:१३:००    तामसालिङ खबर
  • तामसालिङ खबर 
    हेटौडा
    : संघिय समाजबादी फोरमको भातृसंगठन समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघ मकवानपुर गठन भएको छ । मंगलबार हेटौंडामा राम बहादुर मोक्तान (रमेश ) को अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।

     

    कार्यसमितिको उपाध्यक्षमा गंगा बहादुर अधिकारी, हरी काफ्ले, सचिवमा बाबु लाल घलान, सहसचिव यमामुल अन्सारी, कोषाध्यक्ष सानू माया घलान, सहकोषाध्यक्षमा राजु पटेल, सदस्यहरुमा बाबुराम पौड्याल, नरेश शाह, बिरदेश महतो, इस्लाम मिया, मुना माया लामा, साहेद जान, सुखवारी महतो, सुनुमाया मोक्तान लागायत रहेका छन् । २ सदस्यीय पछि थप गर्ने निर्णय गरेको छ  ।  

     

    फोरम मकवानपुरका अध्यक्ष शुभरत्न गोलेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष नवराज दाहाल रहनु भएको थियो  । त्यस्तै केन्द्रीय सदस्य विद्युत बज्राचार्य, कृष्ण कुमार घलान, महासंघ वरिष्ठ उपाध्यक्ष अर्जुन लम्साल, फोरम चितवन अध्यक्ष तथा सलोट्रेयु महासंघ उपाध्यक्ष प्रेम भुजेल, केन्द्रीय सदस्य बिमला आले मगर, जीफन्ट नेपाल मकवानपुरका अध्यक्ष श्याम श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुरका अध्यक्ष गंगा भट्टराई, स्वतन्त्र निर्माण श्रमिक संघ मकवानपुरका अध्यक्ष सन्त राई लगायतका मन्तब्य ब्यक्त गर्नु भयो ।

     

    कार्यक्रममा प्रमुख अतिथि दाहालले मजदुर तथा श्रमिकहरुको हक अधिकार र संविधानमा लेखिएका मजदुर ऐनका बारेमा चर्चा तथा संशोधन गरिनुपर्ने बुदाहरुका बारेमा स्पष्ट पारे । जिल्ला अध्यक्ष गोलेले अहिलेको अवस्थामा नेपाली श्रमिक मजदुरहरुले समय सापेक्ष प्राबिधिक दक्षता र क्षमतामा जोड दिन नसक्नु र राज्य पक्ष गम्भीर नभएको र यी समस्याहरुको सम्बोधन र समाधान गर्नको निम्ति बैकल्पिक राजनीतिक शक्तिको रुपमा फोरमको स्थापित भएको बताए । कार्यक्रममा नेकपा,नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चा परित्याग गरी ४० जना फोरममा प्रवेश गरेका थिए ।

    प्रतिकृया दिनुहोस

    तामाङ द्वयको पहलमा नुवाकोटमा भित्रियो करोडौँको योजना

    तामसालिङ खबर   नुवाकोट । नुवाकोट-१ बाट प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र प्रदेस नं ३ की उपसभामुख राधिका तामाङको पहलमा नुवाकोटमा करोडौको योजना

    प्रधानमन्त्रीको स्वास्थ अवस्थाप्रति भ्रामक समाचार लेख्ने एकजना पक्राउ  

    तामसालिङ खबर   काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको विषयमा भ्रामक समाचार लेखेर प्रकाशन गर्ने एकजनालाई प्रहरीले पक्राउ

    कातिकमा नेविसंघको महाधिवेशन 

    तामसालिङ खबर   काठमाडौं: नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२ औं महाधिवेशन आगामी कात्तिक १६ गते देखि हुने भएको छ । सोमबार राति अबेर सकिएको केन्द्रीय

    विप्लवको अाह्वानमा २९ गते नेपाल वन्द 

    तामसालिङ खबर  काठमाडाैं । विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मालाई मंगलबार काठमाडौंबाट गिरफ्तार गरिएकाे

    सबै सिण्डीकेट तोड्छौँ, भ्रष्टचार विरुद्ध लाग्छौँ: प्रधानमन्त्री ओली 

    तामसालिङ खबर  हेटौडा : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर ३ को प्रदेशसभालाई सम्बोधन गर्दै सबै प्रकारका सिण्डीकेटहरुलाई अन्त्य गर्ने

    यातायात सिन्डीकेट अन्त्य गरेरै छाड्ने: गृहमन्त्री थापा 

    तामसालिङ खबर   हेटौँडा : गृहमन्त्री रामबहादुर थापा 'वादल'ले यातायात क्षेत्रमा रहेको सिन्डीकेटलाई अन्त्य गरेरै छोडने बताएका छन् । सिण्डिकेट