• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:12:51

ताजा खबर

साङ्ग्युर

तामाङ चलचित्र संघको अध्यक्षमा बिकु थोकर चयन 

नयाँ कार्यदिशा बनाएर अघि बढ्ने प्रतिबद्ध

  • २०७५ असोज १६ मंगलबार ०१:१२:५१    तामसालिङ खबर
  • तामसालिङ खबर 
    काठमाडौ
    : तामाङ चलचित्रकर्मीहरुको साझा संस्था तामाङ चलचित्र संघको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा विकु थोकर सर्वसम्मत चयन भएको छ । मंगलबार चलचित्र विकास बोर्डको सभाहलमा भएको १० औ बार्षिक साधारणसभा तथा पाँचौँ राष्ट्रिय महाधिबेशन भएको थियो । संघमा ४ जनाले अध्यक्षमा दाबी गरेका थिए ।

     

     

    चलचित्र विकास बोर्डको हलमा सम्पन्न महाधिवेशनले उपाध्यक्षमा नायक कुमार मोक्तान, बुद्धिमान स्याङतान, भुईसल लामा, दिपक लामा, महासचिवमा जयन कुमार मोक्तान, सचिवमा रोशन फ्युवा तामाङ, कोषाध्यक्षमा निशा तामाङ, सहकोषाध्यक्षमा सुनिता लुङवा (तामाङ) निर्वाचित भएका छन् । 

     

    त्यसैगरि सदस्यहरुमा गोपीलाल तामाङ, निमा लामा तामाङ, अनिता गोले, शुस्मा मोक्तान, पुसन लामा, बिनायक तामाङ, लक्ष्मी घ्याबा, अजय स्याङतान, रितुराज पाख्रिन, संजय हुत्त लामा,  युद्द लामा, अमर लामा, डि बि दोङ लगायत रहेका छन् । यस अघि संघ जेनिस लामाको नेतृत्वमा रहेको थियो ।

     

    अब संघको सल्लाहकारमा जेनिश दोङ, अमिर दोङ र दोर्जे तामाङ रहनेछन् । कार्यक्रममा प्रमखु अतिथि आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले भाषा र संस्कृतिको सवालमा महत्वपूर्ण योगदान चलचित्रले बोक्ने बताए ।

    त्यस्तै  नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङ, नेपाल तामाङ कलाकार महासंघका अध्यक्ष सन्जीव वाइवा, तामाङ पत्रकार संघका अध्यक्ष विष्णु मोक्तान लगायतले शुभकामना मन्तव्य राखेका थिए । महाधिवशनबाट निर्वाचित कार्यसमितिले तामाङ चलचित्रलाई अब नयाँ कार्यदिशा बनाएर अघि बढ्ने प्रतिबद्ध जनाएको छ ।

    प्रतिकृया दिनुहोस

    तामाङ द्वयको पहलमा नुवाकोटमा भित्रियो करोडौँको योजना

    तामसालिङ खबर   नुवाकोट । नुवाकोट-१ बाट प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र प्रदेस नं ३ की उपसभामुख राधिका तामाङको पहलमा नुवाकोटमा करोडौको योजना

    मिस तामाङ पोखराको चौथो सस्करण माघ १९ गते हुने

    तामसालिङ खबर   पोखरा: मिस तामाङ पोखराको चौथो सस्करण आगामी माघ १९ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज कास्कीको आयोजनामा हुने मिस तामाङ पोखरामा

    लुम्बिनीमा अन्तराष्ट्रिय तामाङ गुम्बा बन्ने

    तामसालिङ खबर  लुम्बिनी: बुद्धको जन्म थलो लुम्बिनीमा तामाङ समुदायको अन्तर्राष्ट्रिय स्तरको बौद्ध गुम्बा निर्माण हुने भएको छ । अन्तर्राष्ट्रिय

    बौद्धमार्गी समुदायको आज ल्हाबब दुछेन 

    तामसालिङ खबर  हेटौडा: बौद्धमार्गीहरुले देवलोक अवतरण महोत्सव अर्थात ल्हाबब दुछेन मनाउदैछन् ।  कार्तिक कृष्णा पक्षको सप्तमीका दिन देव, मनुष्य

    हेटौडामा नेवा: तामसालिङको मोटरसाईकल र्याली तिहारपछि हुने

    तामसालिङ खबर  काठमाडौ: नेवाः ताम्सालिङ समन्वय समितिले कार्तिक १४ गते हेटौडामा गर्ने भनिएको मोटरसाईकल र्याली सहितको मुख्यमन्त्रीलाई ज्ञापन पत्र

    पोखरामा बाल कविता प्रतियोगिता सम्पन्न 

    दिपक वाइबा तामाङ  पोखरा: तामाङ बौद्ध सेवा समिति पोखराको आयोजना र कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा बाल-कविता प्रतियोगिता मंगलबार सम्पन्न