• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:15:17

ताजा खबर

खेलकुद

नेपाल बंगबन्धु गोल्डकप खेल्ने सम्भावना न्यून 

  • २०७५ भदौ ३१ आइतबार ०१:१५:१७    तामसालिङ खबर
  • तामसालिङ खबर 
    काठमाडौ
    : बंगलादेश फुटबल संघको आयोजनामा अर्को महिना हुने बंगबन्धु गोल्ड कपको आयोजना मिति र समूह विभाजन तय भइसकेको छ ।  तर प्रतियोगिता अाउन दुई सातामात्रै बाँकी हुँदा पनि नेपालको सहभागिता हुने-नहुने टुंगो लागेको छैन ।

     

    बंगबन्धु गोल्डकप असोज १४ देखि २६ गतेका लागि तय भएको छ । यसैबीच, एन्फाले ५ वर्षयता पहिलो पटक असोज १३ गते देखि ए डिभिजिन लिग आयोजना गर्ने घोषणा गरेको थियो । हालसम्म लिगबारे एन्फाले सोहि मिति अनुसार तयारी अघि बढाइरहेको छ । यति लामो प्रक्रिया अघि बढ्दा पनि नेपालको सहभागिता बंगबन्धुमा रहन्छ रहँदै भन्ने अझै निश्चित हुन सकेको छैन । 

     

    नेपालको सहभागिता अनिश्चित हुनुको मुख्य कारण यसअघि च्याम्पियन बन्दाको पुरस्कार राशी पुरा नपाउनु हो । २०७२ को माघ मा च्याम्पियन बनेको नेपालले ५० हजार अमेरिकी डलर पाउने बताइएको थियो । तर, अखिल नेपाल फुटबल संघ (एन्फा) ले आधा रकम २५ हजार डलर मात्र प्राप्त गरेको बताएको छ ।


    ढाकामा जारी साफ च्याम्पियनसिपका दौरान त्यहाँका सञ्चारकर्मीको चासो नेपालले बंगबन्धुमा भाग लिन्छ की लिदै भन्ने रह्यो । एन्फाका उपाध्यक्ष कृष्ण थापाले पुरस्कारको आधा रकम पाउन बाँकी रहेको र त्यो नपाउँदा सम्म बंगबन्धुको सहभागिता भने ग्यारेन्टी गर्न नसकिने बताएका थिए । तर, बंगलादेश फुटबल संघका अध्यक्ष काजी सलाउद्दीनले पुरस्कार राशीका बारेमा सोधिएको प्रश्नमा पैसा पुरा दिए नदिएको भन्दा पनि वकवास भनेका छन् । पुरस्कार रकम पूर्ण रुपमा प्राप्त नभएसम्म बंगबन्धुमा भाग नलिने एन्फाले बताउँदै आएको छ ।

     

    पुरस्कार रकम आउन ढिला भएपनि एन्फाले बंगबन्धुका विजेतालाई त्यहि समय जनही ५ लाख रुपैयाँले सम्मान गरेको थियो । साविक विजेता समेत रहेको नेपाललाई खेलाउन बंगलादेशले हरसम्भव प्रयास गरिरहेको बताइएको छ ।बंगालदेश फुटबल संघ पुरस्कार राशी छिट्टै उपलब्ध गराएर पनि वातावरण बनाउने तयारीमा जुटेको बुझिएको छ । 

    प्रतिकृया दिनुहोस

    बसन्तपुरको सुर्यकिरण युवा क्लबलाई खेल सामग्री बितरण 

    तामसालिङ खबर  हेटौडा (मनहरी): खेलाडीहरुलाई हौसला दिने उद्येश्यले मनहरी ५ बसन्तपुरको सुर्यकिरण युबा क्ल्बलाइ बिजय दशमीको अबसरमा जर्सी तथा खेलकुदमा

    साफ च्याम्पियनसिप फुटबलमा नेपालको दुई रेकर्ड

    तामसालिङ खबर  हेटौडा: बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल सेमिफाइनल पुगिसकेको छ । नेपालले अन्तिम चारमा माल्दिभ्स

    पेले नेमारको खेल हेर्न रसिया पुगे 

    एजेन्सी । फुटबलका महान खेलाडी पेले २१ औं संस्करणको फिफा विश्वकपका लागि रसिया पुगेका छन् ।  जुन १४ बाट जुलाई १५ सम्म रसियामा हुने विश्वकप हेर्नका लागि

    फिफा वरीयतामा नेपाल ३ अंक माथि उक्लियो, जर्मनीको शीर्ष स्थान कायमै

    रुस विश्वकप सुरु हुनु एक हप्ता अघि निकालिएको फिफा वरीयतामा जर्मनी पहिलो नम्बरमा यथावत छ । नेइमारको ब्राजिल दोस्रो, बेल्जियम तेस्रो, रोनाल्डोको

    हेर्नुस विश्वकप फुटबल खेल तालिका 

    तामसालिङ खबर  काठमाडौं: फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल २०१८ को रौनक विश्वभर छाइसकेको छ । आगामी जेष्ठ ३१ गते देखि रुसमा हुने विश्वकप आउन ५ दिन

    आठौँ राष्ट्रिय खेलकुदको तयारी शुरु, ४० प्रतिशत काम सकियो  

    तामसालिङ खबर   नेपालगन्ज: आगामी मंसिरमा नेपालगञ्जमा हुने ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७५’ को सबै तयारी शुरु भएको छ । प्रतियोगितालाई