• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:13:33

ताजा खबर

स्वास्थ/जीवनशैली

आफ्नो शरीरलाइ कसरी फिटमा राख्ने ? यसरी जाँच्नुहोस्

  • २०७५ भदौ २६ मंगलबार ०१:१३:३३    तामसालिङ खबर
  • प्रत्येक व्यक्तिको चाहना हुन्छ, शरीरलाई फिट राख्ने । शरीरलाई फिट राख्न मानिसहरुले विभिन्न उपाय अपनाउने गष्र्छन् । अझ आˆनो शरीरलाई सेलिवि्रटी झै फिट राख्न मानिसहरु खाना छोड्ने, डाइटिङ गर्ने देखि अनेकौ उपायहरु अपनाउने गर्छन् । यस दौरान उनीहरु के विर्सन्छन् भने शरीर पातलो हुँदैमा फिट हुँदैन ।

     

    शरीरलाई फिट राख्न शरीरको बनोटका साथमा सही पोश्चर (बस्ने, उठ्ने,हिड्ने तथा काम गर्ने तौर तरीका) तथा मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने) ले सही तरीकाले काम गर्न आवश्यक्ता छ । कुनै पनि व्यक्तिलाई फिट रहनका लागि खेलकुदमा लाग्नै पर्छ भन्ने जरुरी छैन ।तपाई कुनै काम कति गहिराईका साथ गर्नुहुन्छ, र त्यस काममा कति समर्पित हुनुहुन्छ भन्ने कुराले पनि तपाईको शरीर कति फिट छ भन्ने कुरा बताउने गर्छ । त्यस्तै, शरीरको स्टामिना तथा तपाईले कुनै काम प्रति कस्तो प्रतिकि्रया जनाउनु हुन्छ, त्यसले पनि तपाईको फिटनेसबारे धेरै कुरा बताउने गर्छ । त्यसबाहेक, यी कुराहरुले पनि तपाई कत्तिको फिट हुनुहुन्छ भनेर पत्ता लगाउन सकिन्छ ।

     

    शरीरीक बनावट वा शरीरको कम्पोजिसन
    शरीरको बनावट वा कम्पोजिसनको नापजाँच गरेर पनि शरीरको फ्याट तथा मसल्स पत्ता लगाउन सकिन्छ । त्यस्तै, शरीरको उचाई, उमेर, तौल, हड्डीको बनावट तथा बोसोको आधारमा पनि शरीर कत्तिको फिट छ, पत्ता लगाउन सकिन्छ । जिम जानेहरुको हकमा ट्रेनरले शरीरको कम्पोजिसनको विश्लेषण गरेर पनि शरीर कत्तिको फिट छ भनेर बताउन सक्दछन् ।

     

    लचिलोपना
    उमेर बढेसँगै शरीरको लचिलोपना -फ्रक्जिविलिटी) मा पनि र्‍हास आउने गर्छ । शरीरलाई लचिलो बनाउन वजन घटाउनुमात्र हैन, एक्सरसाइज गर्नु पनि जरुरी हो । नियमित रुपमा गरिने एक्सरसाइजले शरीरलाई लचिलो बनाउन मद्दत गर्छ । शरीरको हड्डी तथा काम गर्ने तौरतरीकाले पनि शरीर कत्तिको लचिलो छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ । तर बद्लिदो जीवनशैली तथा एकै ठाउँमा धेरै बेर बसेर गरिने कामले शरीरको लचिलोपना हराउँदै गएको छ । जसका कारण शरीरको जोर्नीहरु जाम हुने समस्या निम्तिदै गएको छ ।

     

    कार्डियोभास्कुलर फिटनेस
    मुटु तथा फोक्सोले राम्ररी काम गरेको खण्डमा शरीरको कार्डियोभास्कुलर सिस्टम फिट रहने हुने गर्छ । शरीरको कार्डियोभास्कुलर सिस्टम फिट रहन शरीरमा अक्सिजनको प्रवाह राम्ररी हुनु पर्दछ । साथै, शरीरमा भएको विषाक्त बाहिर निस्कनु पर्दछ । यो नै कार्डियोभास्कुलर फिटनेश मुख्य निशानी हो । र, मुटु र फोक्सो कति मजबुत छ भन्ने कुरा कार्डियो वर्कआउटमा निर्भर गर्छ ।

     

    मसल्स स्ट्रेन्थ वा बलियो मांसपेशी
    तपाईको मासंपेशी कत्तिको मजबुत छ भन्ने कुरा तपाईको हातमा भर पर्छ । अर्थात तपाई कति धेरै वजन उठाउन सक्नुहुन्छ, भन्ने कुरा मांसपेशीमा निर्भर गर्छ । यदी मांसपेशी मजबुत छ भने तपाईलाई कुनै गर्‍हौ कुरा उचाल्न, ढकेल्न तथा तान्न खासै समस्या पर्दैन । तर मांसपेशी कमजोर छ भने सानो-तिनो काम गर्नका लागि पनि तपाई थप ताकतको आवश्यक्ता पर्दछ ।

     

    एउटै काम बारबार गर्ने क्षमता
    सामान्यतया मानिसहरुलाई एउटै काम पटक पटक गर्न अल्छी लाग्ने गर्छ । एउटै कामलाई बारम्बार गर्न अल्छी लाग्नु एउटा कुरा हो । तर कुनै काम एक पटक गर्दैमा बेसी थकाई लाग्नु अर्को कुरा हो । कुनै काम एकपटक गर्दैर्मा थकाई लाग्नुले शरीर कमजोर भएको संकेत दिने गर्छ । त्यस्तो अवस्था शरीरका लागि आवश्यक पर्ने पोषण तत्व सेवन गरेर पनि शरीरलाई फिट राख्न सकिन्छ । 
     

    प्रतिकृया दिनुहोस

    खालीपेटमा खानै नहुने यी चिज, के-के खाना हुदैन हेर्नुहोस् 

    तामसालिङ खबर  काठमाडौं : स्वास्थ्यलाई राम्रो बनाउनका लागि केही कुराहरुमा सधै ध्यान पूराउनुपर्ने हुन्छ । खानपानमा ध्यान पूराउनु स्वास्थ्यका लागि

    हेर्नुस, पेट घटाउने १० घरेलु उपाय

    १. यदि तपार्इंलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र

    नेपालको आकर्षक ३० स्थानहरू, घुम्नुस यी स्थानमा 

    नेपालमा केही त्यस्ता ठाउँ छन्, जुन विदेशी मात्र होइन नेपालीकै लागि पनि उत्तिकै आकर्षक छन् । ती गन्तव्यको उचित प्रचार गर्न सके एसियाका दुई ठूला मुलुक

    जाडो मौसममा हृदयाघातको जोखिम हुन्छ, कसरी सतर्क रहने ?

    काठमाडौं । मौसमले विभिन्न तरिकाबाट तपाईको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको हुन्छ। जाडोमा आरथाइटिस रोगीहरुलाई हावाको चाप र तापक्रम घट्नाले

    शेरा प्रतिष्ठानद्वारा छ जना बिरामीलाई सहयाेग

    तामसालिङ खबर  काठमाडौ: शेरा प्रतिष्ठानद्वारा स्वास्थ्य सचेतना तथा बिरामीलाइ आर्थिक सहयोग गरेका छन् ।  तीन नम्बर प्रदेशकी उपसभामुख राधिका तामाङका

    डा. उपेन्द्र देवकोटाबारे फैलियो अफवाह ? कस्तो छ अवस्था ?

    तामसालिङ खबर  काठमाडौ: पित्तथैलीको क्यान्सरबाट गम्भीर विरामी परेका ६३ वर्षीय वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाबारे शुक्रबार मध्यराति अचानक