• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:13:13

ताजा खबर

खेलकुद

साफ च्याम्पियनसिप फुटबलमा नेपालको दुई रेकर्ड

  • २०७५ भदौ २६ मंगलबार ०१:१३:१३    तामसालिङ खबर
  • तामसालिङ खबर 
    हेटौडा
    : बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल सेमिफाइनल पुगिसकेको छ । नेपालले अन्तिम चारमा माल्दिभ्स प्रतिस्पर्धी पाएको छ । यसपटक साफ फुटबलमा नेपालले उच्च प्रदर्शन गरिरहेको छ ।

     

    उसले सहज जितसहित सेमिफाइनलमा स्थान बनाउँदा केही रेकर्डसमेत बनाएको छ । समूह चारनमा तीनमधये दुई खेल जितेको नेपालले दुई रेकर्ड बनाएको हो । नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २-१ को हार व्यहोरेको थियो । त्यसपछि उसले दोस्रो खेलमा खेलमा भुटानलाई ४-० ले हरायो भने तेस्रो खेलमा बंगलादेशलाई २-० ले हरायो । यससँगै नेपालले समूह चरणमा पहिलोपटक सर्वाधिक धेरै गोल गर्ने रेकर्ड बनाएको छ । नेपालले समूह चरणमा कूल ७ गोल गरेको छ । नेपालले साफ खेल्न थालेको २५ वर्षमा पहिलोपटक समूह चरणमा ७ गोल गरेको हो ।

     

    साफको समूह चरणमा नेपालले यसअघि अपराजित टोलीको रेकर्ड बनाए पनि ७ गोल भने पहिलोपटक गरेको हो । २ वर्षअघि नेपालले एफसी सोलिडारिटी कप जितेयता कमजोर प्रदर्शन गर्दै आएको थियो । तर, यसपटक भने उसले आफ्नो लय समातेको छ । सोलिडारिटी कपपछि नेपालले कूल ६ अन्तर्राष्ट्रिय खेल खेल्यो । त्यसक्रममा उसले मात्रै ३ गोल गरेको थियो । तर, यसपटक साफको समूह चरणमा नेपालले मात्रै ३ खेलबाट ७ गोल गर्दै गोलको खडेरी टारेको छ ।

     

    त्यसैगरी, नेपालले यस प्रतियोगितामा पहिलोपटक समूह चरणमा मात्रै २ गोल खाएको छ । नेपालले साफ खेल्न थालिकन समूह चरणमा खाएको यो सबैभन्दा कम गोल हो । जारी साफमा नेपालका तर्फबाट सर्वाधिक गोल विमल घर्तीमगरले २ गोल गरेका छन् । त्यसपछि भरत खवास, नवयुग श्रेष्ठ, अनन्त तामाङ, सुनील बल, निराजन खड्काको नाममा समान १-१ गोल रहेको छ । 
     

    प्रतिकृया दिनुहोस

    बसन्तपुरको सुर्यकिरण युवा क्लबलाई खेल सामग्री बितरण 

    तामसालिङ खबर  हेटौडा (मनहरी): खेलाडीहरुलाई हौसला दिने उद्येश्यले मनहरी ५ बसन्तपुरको सुर्यकिरण युबा क्ल्बलाइ बिजय दशमीको अबसरमा जर्सी तथा खेलकुदमा

    नेपाल बंगबन्धु गोल्डकप खेल्ने सम्भावना न्यून 

    तामसालिङ खबर  काठमाडौ: बंगलादेश फुटबल संघको आयोजनामा अर्को महिना हुने बंगबन्धु गोल्ड कपको आयोजना मिति र समूह विभाजन तय भइसकेको छ ।  तर प्रतियोगिता

    पेले नेमारको खेल हेर्न रसिया पुगे 

    एजेन्सी । फुटबलका महान खेलाडी पेले २१ औं संस्करणको फिफा विश्वकपका लागि रसिया पुगेका छन् ।  जुन १४ बाट जुलाई १५ सम्म रसियामा हुने विश्वकप हेर्नका लागि

    फिफा वरीयतामा नेपाल ३ अंक माथि उक्लियो, जर्मनीको शीर्ष स्थान कायमै

    रुस विश्वकप सुरु हुनु एक हप्ता अघि निकालिएको फिफा वरीयतामा जर्मनी पहिलो नम्बरमा यथावत छ । नेइमारको ब्राजिल दोस्रो, बेल्जियम तेस्रो, रोनाल्डोको

    हेर्नुस विश्वकप फुटबल खेल तालिका 

    तामसालिङ खबर  काठमाडौं: फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल २०१८ को रौनक विश्वभर छाइसकेको छ । आगामी जेष्ठ ३१ गते देखि रुसमा हुने विश्वकप आउन ५ दिन

    आठौँ राष्ट्रिय खेलकुदको तयारी शुरु, ४० प्रतिशत काम सकियो  

    तामसालिङ खबर   नेपालगन्ज: आगामी मंसिरमा नेपालगञ्जमा हुने ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७५’ को सबै तयारी शुरु भएको छ । प्रतियोगितालाई