• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:13:19

ताजा खबर

साहित्य

लोककवि श्रेष्ठको स्मृतीमा कविता प्रतियोगिता

  • २०७५ श्रावण २५ शुक्रबार ०१:१३:१९    तामसालिङ खबर
  • तामसालिङ खबर 
    हेटौडा
    : लोककवि गणेशलाल श्रेष्ठको १ सय ७ औं स्मृतीमा कविता प्रतियोगिता हेटौंडामा गरिएको छ । नेपाल भाषाःखलः मकवानपुरले आयोजना गरेको प्रतियोगितामा १७ जना प्रतिष्पर्धी थिए । प्रतियोगितामा प्रसिद्धिका लम्साल प्रथम, दुर्गाकुमारी पुडासैनी दोस्रा, पवन शाक्य तेस्रा तथा प्रिन्सा प्रधान र नवीन मिश्र सान्त्वना भएका थिए । प्रथम, दोश्रा, तेश्रा र सान्त्वनालाई जनही १० हजार, ५ हजार, ३ हजार र १ हजार ५ सय रुपैंयासहित प्रमाणपत्र प्रदान गरिएको थियो ।


    कार्यक्रम प्रदेश नम्बर ३ की सांसद कुमारी मोक्तानको प्रमुख आतिथ्य तथा नेपाल भाषाः खलः मकवानपुरका कार्यबाहक अध्यक्ष नारायणबहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल, सहसचिव भावना सापकोटा र गणेशकुमार श्रेष्ठ निर्णायक थिए ।

     

    नेपाल भाषाः खलः मकवानपुरका पूर्व उपाध्यक्ष नन्दरत्न स्थापित, कोषाध्यक्ष सुमित्रा श्रेष्ठ मानन्धर, सुनकुमार मानन्धर लगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा बरिष्ठ साहित्यकार तुलसी थापा, नेवाः साँस्कृतिक पुचःका उपाध्यक्ष नारायण राजथला, लोककवि गणेशलाल श्रेष्ठका छोरा केशवलाल लगाएतको आतिथ्य रहेको थियो ।

     

    ८ बर्षदेखि लोककवि श्रेष्ठको स्मृतीमा भाषाः खलःले हेटौंडामा साहित्यिक कार्यक्रम गर्दै आएको छ । गतबर्ष लोककवि गणेशलाल श्रेष्ठको स्मृतीमा कार्यक्रम गर्न सहयोग पु¥याउन छोरा केशवलालले प्रदान गरेको पाँच लाख रुपैयाँको व्याजले हरेक बर्ष साहित्य कार्यक्रम गरिने बताईको छ ।
     

    प्रतिकृया दिनुहोस

    पोखरामा बाल कविता प्रतियोगिता सम्पन्न 

    दिपक वाइबा तामाङ  पोखरा: तामाङ बौद्ध सेवा समिति पोखराको आयोजना र कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा बाल-कविता प्रतियोगिता मंगलबार सम्पन्न

    नाङ्साल क्लवको चौथो अधिवेशन सकियो, अध्यक्षमा मिक्साङ वाइबा

    तामसालिङ खबर  काठमाडौ: नाङसाल क्लब नेपालको चौथो अधिवेशन शनिबार काठमाडौमा सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनबाट मिक्साङ वाइबा तामाङको नेतृत्वमा

    यश लामाको चोटिला कबिता- गाईमारा भर्सेस् भाइमारा

    स्कुल पढ्दादेखि नै  नगर्नु पर्ने शंका गर्थे साथीहरूले मलाई ।   गुरूहरू,  अापसी कानेखुसी गरेको सुन्थें साउती मारेको देख्थेँ यसको पुर्खाले त

    खुल्ला अनलाइन कविता प्रतियोगिता हुने 

    तामसालिङ खबर  बिराटनगर : पूर्वाञ्चल साहित्यिक सञ्जाल परिवारले नेपालीहरुको नयाँ बर्ष २०७५ सालको पावन अवसर पारेर शुभकामना आदनप्रदान सहित बृहत

     साहित्यकार बिकु लामाको कवितासंग्रह ‘सपनाको ट्रन्जिटमा’ लोकार्पण

    तामसालिङ खबर   काठमाडौंः साहित्यकार बिकु लामा तामाङको कवितासंग्रह ‘सपनाको ट्रन्जिटमा’ लोकार्पण भएको छ ।   राजधानीको नयाँ बानेश्वरस्थित

    मार्खुमा 'इन्द्रसरोवर काव्य उत्सव' सम्पन्न

    तामसालिङ खबर   मकवानपुर : मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोवर तालको बिचमा २ दिनको काव्‍य उत्सव सम्पन्न भएको छ । 'पर्यटनका लागि साहित्य' भन्ने