• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 02:15:04

ताजा खबर

साहित्य

नाङ्साल क्लवको चौथो अधिवेशन सकियो, अध्यक्षमा मिक्साङ वाइबा

  • २०७५ असार २४ आइतबार ०२:१५:०४    तामसालिङ खबर
  • तामसालिङ खबर 
    काठमाडौ
    : नाङसाल क्लब नेपालको चौथो अधिवेशन शनिबार काठमाडौमा सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनबाट मिक्साङ वाइबा तामाङको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । 

    अधिवेशनले क्लबको उपाधयक्षमा डुप्साङ तामाङ, रत्नकुमार दोङ, महासचिवमा राम बि लामा, सचिवमा मिथिला स्याङ्तान र मिलन तामाङ, कोषाध्यक्षमा छत्र तामाङ चयन भएका छन् ।

     

    त्यस्तै सदस्यहरुमा दुर्गा तामाङ, चन्द्र तामाङ, राज मोक्तन, शम्भु तामाङ, सुनिता लामाखोर, शान्ति बल तामाङ, शुसीला तामाङ, विजय तामाङ, राजु ब्लोन, लोप्साङ तामाङ, ज्ञान लामा थोकर, पेम्साङ तामाङ, पुष्पान्जली तामाङ, चनिका तामाङ, सिर्जना तामाङ, सबिता तामाङ, सोनी तामाङ र कृष्मा तामाङ चयन भएका छन् । 

     

    त्यस्तै, कार्यक्रमलाइ सम्बोधन गर्नु हुदै प्रमुख अतिथि कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सरकार सबै जातिको भाषा धर्म र सँस्कृति संरक्षणका लागि प्रतिवद्ध रहेको र तामाङ समुदायको अधिकार पहिचान स्थापित गर्नका लागि कानुन निर्माण तथा सबै प्रक्रियामा आफू निरन्तर लागिपर्ने प्रतिवद्धता समेत जनाउनु भयो । 

    कार्यक्रममा नेपाल तामाङ घेदुङका संघिय कोषाध्यक्ष रुपबहादुर योन्जन, नेपाल तामाङ सँस्कृति घेदुङका महासचिव प्रविण बल, लेखक दुप्वाङ्गेल मोक्तन, साहित्यकार फुलमान बल, तामाङ पत्रकार संघका अध्यक्ष विष्णु मोक्तन लगायत विभिन्न संघ संस्थाको पदाधिकारी तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम दिर्घ सिं तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस

    पोखरामा बाल कविता प्रतियोगिता सम्पन्न 

    दिपक वाइबा तामाङ  पोखरा: तामाङ बौद्ध सेवा समिति पोखराको आयोजना र कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा बाल-कविता प्रतियोगिता मंगलबार सम्पन्न

    लोककवि श्रेष्ठको स्मृतीमा कविता प्रतियोगिता

    तामसालिङ खबर  हेटौडा: लोककवि गणेशलाल श्रेष्ठको १ सय ७ औं स्मृतीमा कविता प्रतियोगिता हेटौंडामा गरिएको छ । नेपाल भाषाःखलः मकवानपुरले आयोजना गरेको

    यश लामाको चोटिला कबिता- गाईमारा भर्सेस् भाइमारा

    स्कुल पढ्दादेखि नै  नगर्नु पर्ने शंका गर्थे साथीहरूले मलाई ।   गुरूहरू,  अापसी कानेखुसी गरेको सुन्थें साउती मारेको देख्थेँ यसको पुर्खाले त

    खुल्ला अनलाइन कविता प्रतियोगिता हुने 

    तामसालिङ खबर  बिराटनगर : पूर्वाञ्चल साहित्यिक सञ्जाल परिवारले नेपालीहरुको नयाँ बर्ष २०७५ सालको पावन अवसर पारेर शुभकामना आदनप्रदान सहित बृहत

     साहित्यकार बिकु लामाको कवितासंग्रह ‘सपनाको ट्रन्जिटमा’ लोकार्पण

    तामसालिङ खबर   काठमाडौंः साहित्यकार बिकु लामा तामाङको कवितासंग्रह ‘सपनाको ट्रन्जिटमा’ लोकार्पण भएको छ ।   राजधानीको नयाँ बानेश्वरस्थित

    मार्खुमा 'इन्द्रसरोवर काव्य उत्सव' सम्पन्न

    तामसालिङ खबर   मकवानपुर : मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोवर तालको बिचमा २ दिनको काव्‍य उत्सव सम्पन्न भएको छ । 'पर्यटनका लागि साहित्य' भन्ने