• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:02:35

ताजा खबर

साङ्ग्युर

मनहरीको गुम्बामा शान्तिपार्क निर्माणमा जोड

  • २०७५ पौष २६ बिहीबार १०:०२:३५    तामसालिङ खबर
  • तामसालिङ खबर  
    हेटौडा(मनहरी)
    । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाँउापालिका ७ मनहरी बजारमा रहेको साङ्ग छ्योइफेल गुम्बा परिसरमा विविध विषयमा छलफल गरिएको छ । गुम्बामा भएको छलफलमा गुम्बा परिसरमा शान्ति पार्क निर्माण, पिकिनिक स्पोट निर्माण ,गुम्बाको संरक्षण सम्बर्धन लगायतका विषयमा राय लिइएको छ ।

     

    छलफलमा सहभागीहरुले गुम्बा परिसरमा तत्काल शान्ति पार्क निर्माणमा जोड दिइएको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिए । छलफल कार्यक्रममा बोल्दै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले गुम्बा तथा गुम्बा परिसरको विकासका लागि गाँउपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

     

    त्यस्तै, सोनाम ल्होछारको अबसरमा पिकनिक कार्यक्रम आयोजना गरिनुका साथै शुभकामना आदान-प्रदान गर्ने कार्यक्रम राखिएको गुम्बा ब्यबस्थापन समितिका अध्यक्ष गौतम लामाले जानकारी दिए ।

     

    कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, ७ नम्बर वडाका अध्यक्ष ठाकुरराम तितुङ, पत्रकार शिवकुमार काशी, खेल प्रशिक्षक लवाङ दोर्जे लामा लगायतको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस

    हेटौँडामा गोले तामाङ वंशज उत्थान समाजले सोनाम ल्होछार मनाउने

    तामसालिङ खबर  हेटौडा: तामाङ् समुदायको सास्कृतिक पर्ब २८५५ फाग ल्हो (बदेल बर्ग) सोनाम ल्होछारको अबसरमा गोले तामाङ वंशज उत्थान समाज मकवानपुरले बिबिध

    ठूलोथलीमा ल्होछारको बृहत सास्कृतिक कार्यक्रम हुने

    तामसालिङ खबर  हेटौडा:  मकवानपुरको हेटौँडा १३ पदमपोखरी ठूलोथलीमा ल्होछारका अवसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको महान

    चौथो सस्करणको मिस तामाङ पोखराको तयारी तिव्र, माघ १२ गते ग्राण्ड फिनाले हुने

    तामसालिङ खबर  पोखरा: चौथो सस्करणमा चलिरहेको मिस तामाङ पोखरा २०१९ को तयारी तिव्र पारिएको छ । बैदाम तामाङ समाज पोखराको आयोजनामा भैरहेको मिस तामाङ

    हेटौडामा प्रथम सोनाम ल्होछार महोत्सब हुने

    तामसालिङ खबर  हेटौडा: तामाङ समुदायको महान सास्कृतिक पर्ब २८५५ फाग ल्हो (बदेल बर्ग) सोनाम ल्होछारको अबसरमा प्रथम ल्होछार महोत्सब हुने भएको छ । बिगतको

    ल्होछारको अवसरमा बहराइनमा सास्कृतिक कार्यक्रमको तिब्र तयारी 

    तामसालिङ खबर   बहराइन । तामाङ समुदायको २८५५ फाग-ल्हो सोनाम ल्होछारको अवसरमा बहराइनमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ सेवा समाज

    कबि थेबाको 'अखण्ड आलाप' लाई गणेश लक्ष्मीदेबी पन्त पुरस्कार  

    तामसालिङ खबर  हेटौडा: साहित्य संगम चितवनले 'गणेश तथा (हस्तकुमारी) लक्ष्मी देबी पन्त पुरस्कार-२०७५' बाट कबि मोक्तान थेबालाई प्रदान गर्ने निर्णय