• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:03:19

ताजा खबर

प्रबास

मलेशियामा सक्रिय तिन सस्थाहरुले संयुक्त कार्यक्रम गरि ल्होछार मनाइने  

  • २०७५ पौष २६ बिहीबार १०:०३:१९    तामसालिङ खबर
  • तामसालिङ खबर  
    मलेसिया
    : मलेशियामा सक्रिय तिन सस्थाहरुले संयुक्त कार्यक्रम गरि ल्होछार मनाइने भएको छ । २८५५ फाग-ल्हो (बदेल बर्ष) सोनाम ल्होछारको अबसर पारेर मलेसियामा रहेका तामाङ समुदायको सक्रिय तिन सस्थाहरु मिलेर संयुक्त कार्यक्रम गरि ल्होछार भब्य मनाउने भएको छ ।

     

    तामाङ समाज मलेसिया, नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ र तामाङ समाज क्षेत्रीय समिती पेनाङको संयुक्त आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम गरि मनाउने भएको छ ।

     

     

    कार्यक्रममा गायक/संगीतकार संजीव वाईबा तामाङ, गायक सुरेश स्याङ्बो तामाङ, गायक/संगीतकार प्रयास दोङ तामाङ, नायिका सुष्मा मोक्तान तामाङ, गायिका सुजना रुम्बा तामाङ र गायिका मिना थोकर तामाङको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । फेब्रुअरी ५ तारिखको दिन मलेसियाको क्वालालम्पुरमा रहेको एरेना स्टार होटलमा हुने बताएको छ । कार्यक्रममा स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने कार्यक्रम आयोजक समितिले जनाए।

     

     

    कार्यक्रम मण्डला रेस्टुरेन्ट, परदेशी रेस्टुरेन्ट र फुलबारी रेस्टुरेन्टले प्रायोजन गरेको छ । एकजुट भएर स्वदेशमा मात्रै नभै विदेशमा पनि हामी एक हौं भन्ने विश्वसामु एकताको संदेश छर्न संयुक्त रुपमा ल्होछार मनाउन लागेको बताएको छ । मलेसियामा कार्यरत सबैजनालाई कार्यक्रम भब्यरुपले सफल बनाउनको लागि सहभागी हुन अनुरोध गरेको छ । 

    प्रतिकृया दिनुहोस

    ल्होछारको अवसरमा बहराइनमा सास्कृतिक कार्यक्रमको तिब्र तयारी 

    तामसालिङ खबर   बहराइन । तामाङ समुदायको २८५५ फाग-ल्हो सोनाम ल्होछारको अवसरमा बहराइनमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ सेवा समाज

    इराकमा सोनाम ल्होछार भव्य मनाइने

    तामसालिङ खबर   इराक । वैदेशिक रोजगारको सिलसिलामा इराक (कुर्दिस्तान) रहेका तामाङ समुदायको संगठित सस्था  नेपाल तामाङ घेदुङ कुर्दिस्तनको आयोजनामा

    प्रदेश नम्बर तीन समन्वय परिषद कतारको बनभोज  

    तामसालिङ खबर   दोहा : तिन नम्बर प्रदेश समन्वय परिषद कतारद्धारा आयोजित प्रथम बनभोज तथा सास्कृतिक कार्यक्रम शुक्रबार कतार स्थित समाल गार्डन्मा भव्य

    त्रिशुली समाज युएईले ल्होछार बिशेष सास्कृतिक कार्यक्रम मनाइने   

    तामसालिङ खबर  युएई: त्रिशुली समाज युएईको आयोजनामा तामाङ समुदायको सांस्कृतिक पर्व २८५५ फाग-ल्हो (सुगुर बर्ग) सोनाम ल्होछारको अबसरमा ल्होछार बिशेष

    बिबाद्कै कारण तामाङ समाज कतारले तामाङ घेदुङसँगको सम्बन्धपत्र फिर्ता (प्रेसबिज्ञप्ति सहित)  

    तामसालिङ खबर   हेटौँडा। नेपाल प्रवासी तामाङ समाज कतारले प्रेस विज्ञप्ति जारी गरी नेपाल तामाङ घेदुङसँग सम्बन्ध तोडेको जनाएको छ । सन् २००५ मा स्थापना

    युएईमा नौ नेपालीलाइ ९० ग्राम सुन उपहार

    तामसालिङ खबर   युएई । युएईबाट नेपाल पैसा पठाउँदा नौ जना नेपालीले ९० ग्राम सुन उपहार पाएका छन् । युएईको अल अहलिया एक्सचेन्जले सञ्चालन गरेको ‘विन्टर