• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:17:13

ताजा खबर

प्रमुख खबर

संचारकर्मी ढकालको निधन शंकास्पद, अनुसन्धान जारी

  • २०७५ पौष २६ बिहीबार १०:१७:१३    चन्द्र बहादुर घलान
  • चन्द्र घलान 
    हेटौडा
    । मकवानपुरका चर्चित सञ्चारकर्मी मनोहर ढकालको रहस्यमयी मृत्यूले मकवानपुरमा खैलाबैला मच्चिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ शहिद स्मारक गेट नवलपुर निवासी ढकाल करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय थिए ।

     

    वि.सं. २०७५ साल पुस २५ गते साँझ हेटौँडा १२ पदमपोखरी पान्तलेमा अवस्थित श्री बुद्ध माविमा अध्यापन सकेर छुट्टी भएपश्चात हेटौँडा आएका ढकाल एकाएक हेटौँडा ११ थानाभर्याङ नजिकैबाट हेटौँडा १ भैरव डाँडा जाने बाटोबाट राप्ति नदितर्फ जाने पैदल मार्गमा मृत अवस्थामा फेला परेका हुन् । ढकाल स्कूलकै सहकर्मी माधव गौतमसँग खाजा खाएर हेटौँडाबाट नवलपुर घरमा जान्छु भनी छुट्टिएका थिए । घर जान्छु भनेर हिँडेका ढकाल साँझ मृत अवस्थामा फेला परे । उन पार्थिव शरिरको अहिले हेटौँडा अस्पतालमा पोष्टमार्टमको प्रकृया कार्य भईसकेको छ । उनको टाउको र मुहारमा चोट देखिन्छ ।

     

    घटना घटेको स्थान भैरव डाँडा जाने बाटोबाट छुटिटएर राप्ति नदितर्फसम्म पुग्न सकिने पैदल बाटो हो । जहाँ सालका बोटहरु छन् । यदि दुर्घटना नै भएको हो भने पनि ढकालको शव भेटिएको स्थानसम्म तिव्र गतिमा मोटरसाईकल पुग्न सक्ने कुनै सम्भावना छैन । अन्य दिनमा समेत उक्त स्थानमा डेटिङ जाने केही जोडीहरु देखिने गरेको स्थानीयहरुको भनाई छ । त्यतिमात्र होईन उक्त स्थानमा लागुपदार्थ दुव्र्यसनीमा लागेका व्यक्तिहरुको जमघट नै हुने गरेको स्थानीयहरु बताउँछन् । त्यस्तो स्थानमा ढकाललाई कसले बोलायो अथवा उनलाई त्यहाँ कसले जबरजस्ती लग्यो भन्ने कुरा पनि अनुसन्धानको विषय बनेको छ ।

     

    घटनाको अनुसन्धानमा कमाण्डिङ गरिरहेका प्रहरी निरिक्षक मधुकुमार थापाका अनुसार अहिलेसम्म नै ढकालको मोबाईल फेला परेको छैन । घटनास्थलको मुचुल्का उठाउने कार्य भने सकिएको छ । घटनास्थलमा घोप्टे परेर लडेको अवस्थामा भेटिएका ढकालको शव नजिकै रगत लागेका सिरिञ्ज पनि भेटिएको छ । ढकालले चढ्ने गरेको ना ३३ प ६३३८ नम्बरको मोटरसाइकलमा खासै टुटफुट नदेखिनु, घटना घटेको स्थलमा मोटरसाईकल स्पिडमा लैजाने सडकमार्ग नहुनुले पनि सामान्य लडेकै भरमा मृत्यु भएको भन्ने तथ्यलाई गलत प्रमाणित गरिदिन्छ ।

     

    ढकालको मृत शरिरभन्दा निकै तल उनले भिरेको ब्याग भेटिएको छ । ब्यागमा रहेका सामग्रीहरु समेत यत्रतत्र छरिएर रहेको अवस्थामा भेटिएको थियो । प्रहरी निरिक्षक थापाका अनुसार कुकुरसहितको टोलीले सर्च गर्दा शवभन्दा निकै तल ढकालको खाली पर्स भेटिएको थियो तर पर्समा केही फेला परेको छैन । घटनास्थलमा शव देखेर प्रहरीलाई खबर गर्नेहरु अहिले प्रहरीकै निगरानीमा छन् । प्रहरीले एक जना अटो चालक, एक युवक र अर्का एकसहित ३ जनालाई निगरानीमा राखिएको बुझिएको छ । सुरुमा सवारी दुर्घटनाको रुपमा हेरिएको घटनालाई हत्याको घटना भएको प्रमाणित गर्ने थुप्रै प्रमाणहरु घटनास्थलमा देख्न सकिन्छ । स्वच्छ र सालिन छवि भएका शिक्षक तथा सञ्चारकर्मी ढकाल २ सन्तानका पिता हुन् । नेपाल एफ.एम. नेटवर्कदेखि रेडियो पालुङ, शक्ति एफ.एम. हुँदै हाल उनी रेडियो अनमोलमा आवद्ध थिए ।

     

    बिहिबार साझ अन्तेष्टि 
    हेटौंडा राप्ती किनारमा उनको अन्तेष्टी गरिएको छ । अन्तेष्टीमा श्रदाञ्जली अर्पण गर्नका लागि मकवानपुरका पत्रकार, शिक्षक, नागरिक समाज, आफन्त लगाएको बाक्लो भिड देखिएको छ । ढकालको बुधबार साँझ मोटरसाईकल दुर्घटनामा मृत्यु भएको भनिएपनि रहस्यमय तरिकाले उनलाई कसैले मारेको हुनसक्ने आशँका गरिएको छ । मकवानपुर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस

    राप्ती नगरको चेपाङ बस्तीमा खाद्यान्न वितरण 

    तामसालिङ खबर  चितवन: पोखरामा कृयाशिल आमा समुह 'पौराखी ममी ग्रुप'को विशेष पहलमा चितवनको दुर्गम चेपाङ बस्ती साविक कोरक गाउँपालिका हाल राप्ती

    सञ्चारकर्मी ढकालको हत्या: सम्झाउन खोज्दा ज्यान गयो 

    तामसालिङ खबर   हेटौँडा । मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको हत्यामा संलग्न रहेको आरोपमा ४ जनालाई पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको छ ।

    हेटौडामा आङकाजीको गर्जन, कमल थापालाई जेल हाल्ने चेतावनी (भिडियो) 

    तामसालिङ खबर  हेटौडा: नेपाल आदिवासी जनजाती महासंघका पूर्व महासचिव आङकाजी शेर्पाले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई जेल हाल्ने चेतावनी दिएका

    बहुपहिचानको आधारमा नेवा: तामसालिङ प्रदेश हुने पर्ने भन्दै हेटौडामा दबाब सभा (फोटो फिचर सहित) 

    तामसालिङ खबर  हेटौडा: बहुपहिचानको आधारमा तिन नम्बर प्रदेशको नामकरण हुनु पर्ने भन्दै नेवाः ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौडामा नागरिक

    आज हेटौँडामा नेवा: ताम्सालिङको नागरिक दबाब सभा 

    तामसालिङ खबर   हेटौडा: नेवा-ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौँडामा नेवा-ताम्सालिङ प्रदेश नामाकरणका लागि 'नागरिक दबाब सभाको तयारी’ पुरा

    आज हेटौँडामा नेवा: ताम्सालिङको नागरिक दबाब सभा 

    तामसालिङ खबर   हेटौडा: नेवा-ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौँडामा नेवा-ताम्सालिङ प्रदेश नामाकरणका लागि 'नागरिक दबाब सभाको तयारी’ पुरा