• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:01:20

ताजा खबर

प्रमुख खबर

ठरिग गुम्बाको स्वर्ण जयन्तिमा ट्रीन्जेन रत्नबज्र रेम्पोर्छेबाट उद्घाटन

स्वर्ण जयन्तिको अवसरमा विविध कार्यक्रम आयोजना

  • २०७५ पौष २६ बिहीबार १०:०१:२०    तामसालिङ खबर
  • श्याम ङेसुर तामाङ
    काठमाडौ । बौद्धधर्मलम्बिको पुरानो ठरिग गुम्बाको स्वर्ण जयन्तिको अवसरमा परम पुज्यनिय शाक्य ट्रीन्जेन रत्नबज्र रेम्पोर्छेबाट समुदघाटन गरि कार्यक्रमको शुरुवात गर्नु भएको छ । 

     

    बौद्धधर्मका परम पुज्यनिय धर्मगुरु छैठौ टुल्कु ठरिग रेम्पोर्छेले बिसं.२०२५ साल असार महिनामा काठमाडौको बौद्ध फुलबारीमा गुम्बाको स्थापना गर्नु भएको थियो । सो गुम्बाले ५० वर्ष पार गरेको अवसरमा मंगलबार फुलबारीस्थित महेन्द्र बहुमुखी क्याम्पसको प्राङ्गणमा परम पुज्यनिय शाक्य ट्रीन्जेन रत्नबज्र रेम्पोर्छेले दिप प्रज्वलन गरि गुम्बाको स्वर्ण जयन्तिको समुदघाटन गर्नु भएको छ । 

     

    समुदघाटन गर्नुहुदै रेम्पोर्छेले समस्त प्राणी जगत, नेपाल र विश्वमा शान्तिको लागि कामना गर्नुहुदै रेम्पोर्छेज्युको आत्माकथा, द मेलोडी अफ धर्म नामक पुस्तकको लोकार्पण गर्नुभएको छ । यसैगरी ठरिग गुम्बामा विशेष योगदान पुर्याउनु हुने बौद्ध धर्मगुरु र बौद्धका स्थानिय समाजसेबी सुर्यबज्र लामालाई रेम्पोर्छेले सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

     
    भारतको देहरादुनबाट ठरिग गुम्बाको स्वर्ण जयन्तिको लागि नेपाल आउनु भएका ४२ औं शाक्य ट्रीन्जेन रत्नबज्र रेम्पोर्छेको दर्शनको लागि नेपाल, भारत, ताईवान, मलेसिया लगायतको देशबाट हजारौं  भक्तजन नेपाल आईपुगेका थिए ।

     

    गुम्बाको स्वर्ण जयन्ती समारोहमा काठमाडौ बौद्धका प्रदेशसभा सदस्य छिरिङदोर्जे लामाले आफुलाई नामको पछाडी लामा लेख्दा प्रदेशसभाको संसद भएपनी विभिन्न तरिकाले हेर्ने, टिप्पणी गर्ने गरेको तितो अनुभव पोख्दै राज्यले नामको पछाडी लामा लेख्ने नागरिकलाई फरक धारले हेर्न नहुने तर्क राख्दै ठरिग गुम्बाले पचास वर्षमा समाज, राष्ट्र र बौद्ध धर्ममाथी पुर्याएको योगदान खुलेर प्रसंसा गर्नुभयो ।

     

    स्वर्ण जयन्तिमा ताईवानका उच्च सरकारी अधिकारीहरुको बाक्लो उपस्थिती रहेको समारोहमा बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक नरेन्द्र गुरुङले नेपाल बहुभाषी, बहुजाती, बहुधार्मिक देश भएको नेपालमा ४५ सय जति गुम्बाबिहार रहेको, आधिकारिक रुपमा २७ सय मात्र गुम्बाबिहार समितिमा दर्ता भएको भन्दै २०७२ बैशाख १२ गते गएको शक्तिशाली भुकम्पकाकारण १ हजार ३ सय २० वटा गुम्बा क्षति पुगेको खुलासा गर्नुहुदै, उनले भने हालसम्म पनि गुम्बा निर्माणको थालनी नभएको र केही दिन अघि राष्ट्रिय पुननिर्माण प्राधिकरणले क्षतिग्रस्त गुम्बाहरुको निर्माणको लागि पचास प्रतिशत रकम राज्यले प्रदान गर्ने निर्णय भएको जनाउदै, नेपाल सरकारले भुकम्पले क्षतिग्रस्त गुम्बाको पुननिर्माणको सम्पुर्ण आर्थिक दायित्व राज्यले लिनुपर्ने बताउनु भयो ।

     

    यस्तै, काठमाडौ महानगरपालिका वडा न.६ बौद्धका वडा अध्यक्ष दीपेन्द्र गोले तामाङले भुकम्प प्रभाबित क्षेत्रमा नेपालमा रहेका गुम्बा,बिहारका लामा गुरु,भिक्षुहरुले भुकम्पपिडितलाई राहत प्रदान गर्दा पनि उक्त योगदानको राज्यले कदर नगरेको प्रती आपत्ती जनाउदै लामा ड्रेस लगाउने ब्यक्ती माथी राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने बताए ।

     

    समारोहमा बौद्धधर्मका टुल्कु, रेम्पोर्छे, खेन्पो, बौद्धबिद्धान श्रीधर राणा रेम्पोर्छे लगायतका विशिष्ट बौद्ध धर्म गुरुहरुको उत्साहजनक सहभागी रहेको थियो ।

    प्रतिकृया दिनुहोस

    राप्ती नगरको चेपाङ बस्तीमा खाद्यान्न वितरण 

    तामसालिङ खबर  चितवन: पोखरामा कृयाशिल आमा समुह 'पौराखी ममी ग्रुप'को विशेष पहलमा चितवनको दुर्गम चेपाङ बस्ती साविक कोरक गाउँपालिका हाल राप्ती

    सञ्चारकर्मी ढकालको हत्या: सम्झाउन खोज्दा ज्यान गयो 

    तामसालिङ खबर   हेटौँडा । मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको हत्यामा संलग्न रहेको आरोपमा ४ जनालाई पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको छ ।

    हेटौडामा आङकाजीको गर्जन, कमल थापालाई जेल हाल्ने चेतावनी (भिडियो) 

    तामसालिङ खबर  हेटौडा: नेपाल आदिवासी जनजाती महासंघका पूर्व महासचिव आङकाजी शेर्पाले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई जेल हाल्ने चेतावनी दिएका

    बहुपहिचानको आधारमा नेवा: तामसालिङ प्रदेश हुने पर्ने भन्दै हेटौडामा दबाब सभा (फोटो फिचर सहित) 

    तामसालिङ खबर  हेटौडा: बहुपहिचानको आधारमा तिन नम्बर प्रदेशको नामकरण हुनु पर्ने भन्दै नेवाः ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौडामा नागरिक

    आज हेटौँडामा नेवा: ताम्सालिङको नागरिक दबाब सभा 

    तामसालिङ खबर   हेटौडा: नेवा-ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौँडामा नेवा-ताम्सालिङ प्रदेश नामाकरणका लागि 'नागरिक दबाब सभाको तयारी’ पुरा

    आज हेटौँडामा नेवा: ताम्सालिङको नागरिक दबाब सभा 

    तामसालिङ खबर   हेटौडा: नेवा-ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौँडामा नेवा-ताम्सालिङ प्रदेश नामाकरणका लागि 'नागरिक दबाब सभाको तयारी’ पुरा