• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:01:55

ताजा खबर

प्रबास

तामाङ समाज अमेरिकामा सल्लाहकार समिति गठन

  • २०७५ पौष २६ बिहीबार १०:०१:५५    तामसालिङ खबर
  • तामसालिङ खबर   
    काठमाडौं
    । तामाङ समाज अमेरिकाले सल्लाहकार समितिमा समुदायको प्रवुद्ध व्यक्तित्वहरुलाई सल्लाहकारमा मनोनयन गरेको छ । संस्थाको विधानको धारा ३४ अन्तर्गत सल्लाहकार समित गठन गरिएको छ । 

     

    मनोनित सल्लाहकारहरुमा भोजराज थोकर (न्युयोर्क), रेशम बल तामाङ (क्यालिफोर्निया), डा. आशलाल तामाङ (मिनिसोटा), राजेन्द्र लामा (क्यालिफोर्निया), नरेन्द्र तामाङ (क्यालिफोर्निया), चुन्टीयु लामा (कनेक्टिकट) र कानूनी सल्लाहकार डिल्लीराज भट्ट (न्युयोर्क) छन् । न्युयोर्क निवासी भोजराज थोकर नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सचिवतथा स्थानीय समाजसेवी हुन् । 

     

    क्यालिफोर्निया निवासी रेशम बल तामाङ नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) क्यालिफोर्निया शाखाका निवर्तमान अध्यक्ष हुनुका साथै तामाङ को-अपरेशन सोसाइटी अफ क्यालिफोर्नियाका पूर्व महासचिव पनि हुन् । क्यालीफोर्निया निवासी राजेन्द्र लामा तामाङ को-अपरेशन सोसाइटी अफ क्यालिफोर्नियाका संस्थापक महासचिव र स्थानीय समाजसेवी हुन् ।

     

    त्यस्तै, क्यालिफोर्निया निवासी नरेन्द्र तामाङ स्थानीय समाजसेवी हुन् भने कनेक्टिकट निवासी चुन्टीयु लामा समाजसेवी र व्यबसायी हुन् । त्यसै गरेर संस्थाको कानूनी सल्लाहकारका रुपमा ‘भट्ट ल एण्ड एसोसियट्स’ का प्रमुख डिल्लराज भट्ट छन् । डिल्लीराज भट्ट न्युयोर्कका वरिष्ठ कानूनविदका रुपमा चिरपरिचित छन् ।

     

    तामाङ समाज अमेरिकाको विधान अनुसार सल्लाहकार समितिको अध्यक्षता संस्थाकै अध्यक्षले गर्ने प्रावधान छ भने महासचिव पदेन सदस्य सचिव रहने बताएको छ ।

    प्रतिकृया दिनुहोस

    ल्होछारको अवसरमा बहराइनमा सास्कृतिक कार्यक्रमको तिब्र तयारी 

    तामसालिङ खबर   बहराइन । तामाङ समुदायको २८५५ फाग-ल्हो सोनाम ल्होछारको अवसरमा बहराइनमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ सेवा समाज

    इराकमा सोनाम ल्होछार भव्य मनाइने

    तामसालिङ खबर   इराक । वैदेशिक रोजगारको सिलसिलामा इराक (कुर्दिस्तान) रहेका तामाङ समुदायको संगठित सस्था  नेपाल तामाङ घेदुङ कुर्दिस्तनको आयोजनामा

    प्रदेश नम्बर तीन समन्वय परिषद कतारको बनभोज  

    तामसालिङ खबर   दोहा : तिन नम्बर प्रदेश समन्वय परिषद कतारद्धारा आयोजित प्रथम बनभोज तथा सास्कृतिक कार्यक्रम शुक्रबार कतार स्थित समाल गार्डन्मा भव्य

    त्रिशुली समाज युएईले ल्होछार बिशेष सास्कृतिक कार्यक्रम मनाइने   

    तामसालिङ खबर  युएई: त्रिशुली समाज युएईको आयोजनामा तामाङ समुदायको सांस्कृतिक पर्व २८५५ फाग-ल्हो (सुगुर बर्ग) सोनाम ल्होछारको अबसरमा ल्होछार बिशेष

    बिबाद्कै कारण तामाङ समाज कतारले तामाङ घेदुङसँगको सम्बन्धपत्र फिर्ता (प्रेसबिज्ञप्ति सहित)  

    तामसालिङ खबर   हेटौँडा। नेपाल प्रवासी तामाङ समाज कतारले प्रेस विज्ञप्ति जारी गरी नेपाल तामाङ घेदुङसँग सम्बन्ध तोडेको जनाएको छ । सन् २००५ मा स्थापना

    युएईमा नौ नेपालीलाइ ९० ग्राम सुन उपहार

    तामसालिङ खबर   युएई । युएईबाट नेपाल पैसा पठाउँदा नौ जना नेपालीले ९० ग्राम सुन उपहार पाएका छन् । युएईको अल अहलिया एक्सचेन्जले सञ्चालन गरेको ‘विन्टर