• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:04:13

ताजा खबर

प्रमुख खबर

पुनर्निर्माण प्राधिकरणको निर्णय प्रति गुम्बा विहार महासंघको ध्यानाकर्षण  

सुझाव संकलनका प्रतिनिधिहरु परिचालन गर्ने निर्णय

  • २०७५ पौष २६ बिहीबार १०:०४:१३    तामसालिङ खबर
  • तामसालिङ खबर  
    काठमाडौं
    । नेपाल गुम्बा विहार महासंघले भुकम्पले क्षतिग्रस्त भएको गुम्बा विहार पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरणले गरेको पछिल्लो निर्णय हचुवाको भरमा गैरजिम्मेवारीपूर्ण निर्णय गरेको भन्दै उक्त निर्णय बिरोध भएको छ । 

     

    गत शनिबार महासंघको केन्द्रीय कार्यसमतिले गरेको निर्णय अनुसार '२०७४ भदौ २५ मा भएको ६ बुँदे सम्झौताको मर्म र भावना विपरित राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले १०० वर्ष भन्दा कम अवधिका र २ हजार वर्ग मिटर भन्दा कम क्षेत्रफल भएका गुम्बाको हकमा ५० प्रतिशत रकम स्थानीय तह र गुम्बा विहार उपभोक्ता समितिले जुटाउने व्यवस्था मिलाउने भन्ने विषय प्रति महासंघको गम्भिर ध्यानाकर्षण भयो ।

     

     

    यस विषयमा महासंघ कार्यसमितिले प्राधिकरणको निर्णय त्रुटिपूर्ण, हचुवाको भरमा गैरजिम्मेवारीपुर्ण निर्णय प्रति ध्यानाकर्षण गरेको छ । बैठकले पुनर्निर्माण प्राधिकरणको पछिल्लो निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै यस सम्वन्धमा स्थानीय सरकराहरुको धारणा बुझ्न महासंघकै केन्द्रीय प्रतिनिधिहरु रहनेगरी धारणा संकलनका लागि जिम्बेवारी समेत तोकेको छ । 


    स्थानीय तहको धारणा बुझ्नको लागि ओखलढुंगा र सोलुखुम्बुका लागि ङिमा रिन्जी शेर्पा, संखुवासभा र सिन्धुपाल्चोकका लागि मिङ्मार लामा र काले शेर्पा, काभ्रे र भक्तपुरका लागि रामेश्वर ढकाल, सरस्वती वैद्य, काठमाडौका लागि सूर्यमान तामाङ, नुवाकोटका लागि जित बहादुर लामा, मकवानपुरका लागि अस्मिता लामा, दिपक सिङ्तान, धादिङका लागि दोर्जे गुरुङ, ललितपुरका लागि सानुबाबु लामा, सिन्धुली, चितव, गोरखा र रसुवाका लागि सोम्बले तामाङ र दिपक दोर्जे लामा, दोलखाका लागि सोम्बले तामाङ, दिपक दोर्जे लामा र मिङमार लामालाई जिम्बेवारी तोकेको छ ।

    त्रुटिपूर्ण निर्णय सच्चाउन महासंघ बैठकले जोडदार माग गरेको छ । बौद्ध धर्मावलम्बिहरुको आस्था र भरोसाको केन्द्र गुम्बा, विहारहरुलाई पुनःनिर्माणमा नेपाल सरकारले देखाएको गैरजिम्मेवारी  र विभेदकारी निर्णय सच्चाउदैं ६ बुँदे सम्झौता अनुसार कार्य गर्न आग्रह गर्दै प्राधिकरणका प्रमुख अधिकृतलाई ज्ञापन पत्र बुझाउने निर्णय समेत गरेको महासंघका सचिव दिपक दोर्जे लामाले बताउनु भयो ।

    प्रतिकृया दिनुहोस

    राप्ती नगरको चेपाङ बस्तीमा खाद्यान्न वितरण 

    तामसालिङ खबर  चितवन: पोखरामा कृयाशिल आमा समुह 'पौराखी ममी ग्रुप'को विशेष पहलमा चितवनको दुर्गम चेपाङ बस्ती साविक कोरक गाउँपालिका हाल राप्ती

    सञ्चारकर्मी ढकालको हत्या: सम्झाउन खोज्दा ज्यान गयो 

    तामसालिङ खबर   हेटौँडा । मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको हत्यामा संलग्न रहेको आरोपमा ४ जनालाई पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको छ ।

    हेटौडामा आङकाजीको गर्जन, कमल थापालाई जेल हाल्ने चेतावनी (भिडियो) 

    तामसालिङ खबर  हेटौडा: नेपाल आदिवासी जनजाती महासंघका पूर्व महासचिव आङकाजी शेर्पाले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई जेल हाल्ने चेतावनी दिएका

    बहुपहिचानको आधारमा नेवा: तामसालिङ प्रदेश हुने पर्ने भन्दै हेटौडामा दबाब सभा (फोटो फिचर सहित) 

    तामसालिङ खबर  हेटौडा: बहुपहिचानको आधारमा तिन नम्बर प्रदेशको नामकरण हुनु पर्ने भन्दै नेवाः ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौडामा नागरिक

    आज हेटौँडामा नेवा: ताम्सालिङको नागरिक दबाब सभा 

    तामसालिङ खबर   हेटौडा: नेवा-ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौँडामा नेवा-ताम्सालिङ प्रदेश नामाकरणका लागि 'नागरिक दबाब सभाको तयारी’ पुरा

    आज हेटौँडामा नेवा: ताम्सालिङको नागरिक दबाब सभा 

    तामसालिङ खबर   हेटौडा: नेवा-ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौँडामा नेवा-ताम्सालिङ प्रदेश नामाकरणका लागि 'नागरिक दबाब सभाको तयारी’ पुरा