• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:57:40

ताजा खबर

प्रमुख खबर

मनहरीका मृगौला पिडित विरबहादुरले गरे सहयोगको अपिल

  • २०७५ पौष २५ बुधबार १०:५७:४०    तामसालिङ खबर
  • तामसालिङ खबर  
    हेटौँडा
     । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ का मृगौला रोगबाट पीडित वीरबहादुर वाईबाले आफ्नो उपचारको लागि सहयोगको अपिल गरेका छन् । २६ वर्षीय वाईबाले गरिव भएकै कारण आफ्नो उपचार हुने संभावना कम भएपछि आफुलाई बचाईदिनको लागि आग्रह गरेका हुन् ।

     

    मंगलबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि मृर्गौला रोगका पीडित वाईवाले आफुलाई आर्थिक सहयोग गरि बचाईदिनको लागि आग्रह गरेका हुन् । एक वर्षबाट हेटौँडामा मृर्गौलाको उपचार डाइग्लोसिस गर्दै आएका वाईबा आफुसँग उपचार गर्न पैसा नभएको र घरमा बसेर मृत्युको प्रतिक्षा गर्नुको विकल्प नभएको भन्दै उपचारको लागि आर्थिक सहयोगको लागि उनले आग्रह गरेका हुन् ।

     

    पत्रकार सम्मेलनमा पीडित वाईबाका बुबा आशाकाजी वाईबाले आफ्नो २६ वर्षको छोरालाई बचाईदिन आग्रह गरेका छन् । उनले भने ‘हामी निकै गरिब मान्छे, जम्मा दुई कठ्ठा जमिन मात्र छ, मैले गर्नसक्ने सबै गरिसकेँ, अब सक्दिन, अब तपाईहरुले सहयोग गर्नुभयो भने मेरो छोरा बाँच्न सक्छ ।’ छोराको उपचारको लागि हालसम्म ९ लाखभन्दा बढी सकिसकेको उनले भने ।

     

    पत्रकार सम्मेलनमा बोल्दै संविधानसभाका पूर्वसांसद राजाराम स्याङ्तानले एक गरिब तथा पैसाकै कारण उपचार गर्न नसकेको ब्यक्तिलाई सहयोग गर्नको लागि सम्पूणमा आग्रह गरे । देश तथा विदेशमा बस्ने नेपालीहरुमा वाईबाको ज्यान बचाउन सकेकोजत्ति रकम सहयोगको लागि आग्रह समेत गरेका छन् । वाईवालाई सहयोग गर्न चाहानेहरुले आशाकाजी वाईवाको नाममा रहेको नेपाल एसविआई बैंकको खाता नंबर २००१५२४०७०२१९६ सहयोग गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस

    राप्ती नगरको चेपाङ बस्तीमा खाद्यान्न वितरण 

    तामसालिङ खबर  चितवन: पोखरामा कृयाशिल आमा समुह 'पौराखी ममी ग्रुप'को विशेष पहलमा चितवनको दुर्गम चेपाङ बस्ती साविक कोरक गाउँपालिका हाल राप्ती

    सञ्चारकर्मी ढकालको हत्या: सम्झाउन खोज्दा ज्यान गयो 

    तामसालिङ खबर   हेटौँडा । मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको हत्यामा संलग्न रहेको आरोपमा ४ जनालाई पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको छ ।

    हेटौडामा आङकाजीको गर्जन, कमल थापालाई जेल हाल्ने चेतावनी (भिडियो) 

    तामसालिङ खबर  हेटौडा: नेपाल आदिवासी जनजाती महासंघका पूर्व महासचिव आङकाजी शेर्पाले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई जेल हाल्ने चेतावनी दिएका

    बहुपहिचानको आधारमा नेवा: तामसालिङ प्रदेश हुने पर्ने भन्दै हेटौडामा दबाब सभा (फोटो फिचर सहित) 

    तामसालिङ खबर  हेटौडा: बहुपहिचानको आधारमा तिन नम्बर प्रदेशको नामकरण हुनु पर्ने भन्दै नेवाः ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौडामा नागरिक

    आज हेटौँडामा नेवा: ताम्सालिङको नागरिक दबाब सभा 

    तामसालिङ खबर   हेटौडा: नेवा-ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौँडामा नेवा-ताम्सालिङ प्रदेश नामाकरणका लागि 'नागरिक दबाब सभाको तयारी’ पुरा

    आज हेटौँडामा नेवा: ताम्सालिङको नागरिक दबाब सभा 

    तामसालिङ खबर   हेटौडा: नेवा-ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौँडामा नेवा-ताम्सालिङ प्रदेश नामाकरणका लागि 'नागरिक दबाब सभाको तयारी’ पुरा