• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:03:50

ताजा खबर

साङ्ग्युर

फेब्रुअरी ४ मा तामाङ संघ कोरियाले ल्होछार मनाउने 

  • २०७५ पौष २५ बुधबार १०:०३:५०    तामसालिङ खबर
  • तामसालिङ खबर  
    दक्षिण कोरिया
    । नेपाल तामाङ संघ दक्षिण कोरियाले फेब्रुअरी ४ का दिन सोनाम ल्होछार भब्य मनाउने भएको छ । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा हुने कार्यक्रमका लागि सेलो कलाकार, ताम्बा डम्फूरे र म्हेन्दोमाया कलाकार कोरिया पुग्ने भएको छ । कार्यक्रममा तामाङ र सेलो क्षेत्रमा गायन गर्दै आएका नेपालबाट ल्याउने ६ जनासँगै कोरियामा बस्दै आएका कलाकारसँग ल्होछारप्रेमी झुम्ने भएका छन् ।

     

    सघको अध्यक्ष मेघप्रसाद तामाङको संयोजकत्वमा मूल आयोजक समितिको गठन गरिएको छ । मूल आयोजना समितिसंगै विभिन्न सात उपसमिति पनि गठन गरिएका छन् । जसमा संस्थाको सल्लाहकार रबिन तामाङ र उपाध्यक्ष स्नेह लामालाई कार्यक्रम हल ब्यबस्थापन उपसमितिमा चयन गरेको छ भने महासचिव गोकुल थोकरको संयोजकमा ल्होछार तथा कार्यक्रम प्रचारप्रसार समिती गठन गरेको छ ।

     

    ल्होछार सांगीतिक कार्यक्रमको लागि नेपालबाट गायक तथा संगीतकार टिका बम्जन, गीतकार एवं गायकद्धय फूलकुमार बम्जन र जीवन बम्जन, संगीतकार एवं गायक जोगलाल लामा, सेलो तथा म्हेन्दोमाया गायिका बिना घले र ताम्बा डम्फूरे धावा वाङ्गेल लामा मोक्तान ल्याउने भएको आयोजक संस्था संघले जनाएको छ ।

     

    संघका वरिष्ठ उपाध्यक्ष एवं कलाकार व्यवस्थापक संयोजक रबि लामाको अनुसार अहिले भिसा प्रोसेसिङको काम भइरहेको छ, कलाकारको भिसा लागेपछि मात्र यहाँ आउने स्वीकृत हुने बताए । 

     

    कार्यक्रम संयोजक संघको अध्यक्ष मेगप्रसाद वाइबाले ल्होछार कार्यक्रम बारे केही दिनमै पत्रकार सम्मेलन गरि कार्यक्रमको तयारी र कलाकारबारे जानकारी दिने बताए । उनले भने-यसपालि सांस्कृतिकसँगै सांगीतिक कार्यक्रममा तम्बा डम्फूरे कलाकार पनि ल्याउने भएको छ, बिगतको भन्दा बृहत र पृथक हुनेछ´, उनले थपे `तामाङ पुस्तक, भेषभुषा (तामाङ गोइलो), तामाङ मौलिक बाजा डम्फू र तामाङ खाना परिकार प्रदर्शनीमा राख्नेछ ।´
     

    प्रतिकृया दिनुहोस

    हेटौँडामा गोले तामाङ वंशज उत्थान समाजले सोनाम ल्होछार मनाउने

    तामसालिङ खबर  हेटौडा: तामाङ् समुदायको सास्कृतिक पर्ब २८५५ फाग ल्हो (बदेल बर्ग) सोनाम ल्होछारको अबसरमा गोले तामाङ वंशज उत्थान समाज मकवानपुरले बिबिध

    ठूलोथलीमा ल्होछारको बृहत सास्कृतिक कार्यक्रम हुने

    तामसालिङ खबर  हेटौडा:  मकवानपुरको हेटौँडा १३ पदमपोखरी ठूलोथलीमा ल्होछारका अवसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको महान

    चौथो सस्करणको मिस तामाङ पोखराको तयारी तिव्र, माघ १२ गते ग्राण्ड फिनाले हुने

    तामसालिङ खबर  पोखरा: चौथो सस्करणमा चलिरहेको मिस तामाङ पोखरा २०१९ को तयारी तिव्र पारिएको छ । बैदाम तामाङ समाज पोखराको आयोजनामा भैरहेको मिस तामाङ

    हेटौडामा प्रथम सोनाम ल्होछार महोत्सब हुने

    तामसालिङ खबर  हेटौडा: तामाङ समुदायको महान सास्कृतिक पर्ब २८५५ फाग ल्हो (बदेल बर्ग) सोनाम ल्होछारको अबसरमा प्रथम ल्होछार महोत्सब हुने भएको छ । बिगतको

    ल्होछारको अवसरमा बहराइनमा सास्कृतिक कार्यक्रमको तिब्र तयारी 

    तामसालिङ खबर   बहराइन । तामाङ समुदायको २८५५ फाग-ल्हो सोनाम ल्होछारको अवसरमा बहराइनमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ सेवा समाज

    कबि थेबाको 'अखण्ड आलाप' लाई गणेश लक्ष्मीदेबी पन्त पुरस्कार  

    तामसालिङ खबर  हेटौडा: साहित्य संगम चितवनले 'गणेश तथा (हस्तकुमारी) लक्ष्मी देबी पन्त पुरस्कार-२०७५' बाट कबि मोक्तान थेबालाई प्रदान गर्ने निर्णय