• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:04:22

ताजा खबर

प्रमुख खबर

हेटौडा बजारको सिसिक्यामरा मर्मत गर्न बैंकर्स क्लबको सहयोग

  • २०७५ पौष २५ बुधबार १०:०४:२२    तामसालिङ खबर
  • तामसालिङ खबर 
    हेटौडा
    : बैशाख १२ को भुकम्प संगै हेटौंडा बजार  क्षेत्रमा रहेको सिसि क्यामरा बिग्रेको थियो । सिसि क्यामरा बिग्रेको मौकामा विभिन्न अपरधिक घटना बढे संगै हेटौंडा बजारमा रहेको विभिन्न व्यापारी बैंकहरुले नगरपालिकालाई समस्या समाधान गर्न आग्रह समेत पटकपटक गरेको थियो । नगरपालिकाले भने खर्च अभाव देखाउदै आलटाल गर्दैै आएको थियो ।

     

    हेटौंडामा रहेको बैंकहरुले हेटौंडा बैंकर्स क्लबको तर्फबाट मकवानपुर उद्योग वाणिज्य संघलाई सिसि क्यामेरा मर्मत तथा विस्तारका लागि ४ लाख २५ हजार सहयोग गरेको छ । सो रकम मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाललाई हस्तान्तरण गरेको हो । 

     

    रकम प्राप्त भएसंगै हेटौंडा बजार क्षेत्र भित्र बिग्रेर बसेका सिसि क्यामेरा  मर्मत संगै  अब पुन सञ्चालनमा ल्याईने भएको हो । सो रकममा आफुहरुले पनि थप गरेर हेटौंडा उपमहानगरपालिका लाई हस्तान्तरण गर्ने अध्यक्ष  कटुवालले जानकारी दिए । “नगरको शान्ति सुरक्षामा नगरपालिकाको मुख्य जिम्मेवारी हुन्छ” हाम्रो व्यापारी व्यावसायिक साथीहरूले गुनासो गरिरहेका छ्न बैकर्स क्लबले नगरको सिसि क्यामरा मर्मतमा सहयोग गर्नु भएको छ खुशिको कुरा हो” उनले भने ।

     

    क्लबका अध्यक्ष एवम् बैंक अफ काठमाडौका प्रमुख रमेश प्याकुरेलले हेटौंडामा रहेका २२ वटा बैंक तथा वित्तीय संस्थाबाट प्राप्त सो रकम संघमा आयोजित आजको कार्यक्रममा हस्तान्तरण गरेका थिए ।

     

    हस्तान्तरण गर्दै प्याकुरेलले भने थप आवश्यक रकम परेमा बैंकहरुले दिन तयार छ तर सो रकमको “रिजल्ट सकारात्मक आउनु परो”  हेटौंडामा दिनदिनै बढिरहेको चोरीको घटना र प्रदेशको राजधानी हेटौंडालाई शान्ति सुरक्षा चुस्त दुरुस्त छ भन्ने सन्देश दिनको लागी भनेर आफुहरुले सिसि क्यामराको लागि चासो दिएको र हेटौंडाको बैकर्सहरुको निर्णय बमोजिम यो काम गरेको जानकारी दिए ।
     

    प्रतिकृया दिनुहोस

    राप्ती नगरको चेपाङ बस्तीमा खाद्यान्न वितरण 

    तामसालिङ खबर  चितवन: पोखरामा कृयाशिल आमा समुह 'पौराखी ममी ग्रुप'को विशेष पहलमा चितवनको दुर्गम चेपाङ बस्ती साविक कोरक गाउँपालिका हाल राप्ती

    सञ्चारकर्मी ढकालको हत्या: सम्झाउन खोज्दा ज्यान गयो 

    तामसालिङ खबर   हेटौँडा । मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको हत्यामा संलग्न रहेको आरोपमा ४ जनालाई पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको छ ।

    हेटौडामा आङकाजीको गर्जन, कमल थापालाई जेल हाल्ने चेतावनी (भिडियो) 

    तामसालिङ खबर  हेटौडा: नेपाल आदिवासी जनजाती महासंघका पूर्व महासचिव आङकाजी शेर्पाले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई जेल हाल्ने चेतावनी दिएका

    बहुपहिचानको आधारमा नेवा: तामसालिङ प्रदेश हुने पर्ने भन्दै हेटौडामा दबाब सभा (फोटो फिचर सहित) 

    तामसालिङ खबर  हेटौडा: बहुपहिचानको आधारमा तिन नम्बर प्रदेशको नामकरण हुनु पर्ने भन्दै नेवाः ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौडामा नागरिक

    आज हेटौँडामा नेवा: ताम्सालिङको नागरिक दबाब सभा 

    तामसालिङ खबर   हेटौडा: नेवा-ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौँडामा नेवा-ताम्सालिङ प्रदेश नामाकरणका लागि 'नागरिक दबाब सभाको तयारी’ पुरा

    आज हेटौँडामा नेवा: ताम्सालिङको नागरिक दबाब सभा 

    तामसालिङ खबर   हेटौडा: नेवा-ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौँडामा नेवा-ताम्सालिङ प्रदेश नामाकरणका लागि 'नागरिक दबाब सभाको तयारी’ पुरा