• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:28:59

ताजा खबर

प्रमुख खबर

छाया सरकार बनाउँदै कांग्रेस, रुचिअनुसार मन्त्रालयको भागवण्डा हुने 

  • २०७५ पौष २५ बुधबार १०:२८:५९    तामसालिङ खबर
  • तामसालिङ खबर 
    काठमाडौं
    : प्रतिपक्षी दल कांग्रेसले छाया सरकार बनाउने काम मंगलबारदेखि प्रारम्भ गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले तीन दिनभित्र आफ्ना सांसदलाई रुचि रहको तीन मन्त्रालयको नाम पेस गर्न निर्देशन दिएको छ।

     

    १ वर्षअघि संघीय संसद्को नयाँ विधान बनाउँदा नै कांग्रेसले छाया सरकारको प्रावधान बनाएको थियो । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘तीन दिनभित्र सांसदहरूले रुचिका मन्त्रालयहरूको लिस्ट दिएपछि कार्यसमिति बसेर अन्तिम टुंगो लगाउने छौं ।’ मंगलबारको बैठकपछि लिखित रूपमै पार्टीका सांसदहरूलाई तीन वटा रुचि भएको मन्त्रालयको नाममा आफूलाई सिफारिस गर्न निर्देशन गरिएको खाँणले बताए । आइतबार संसदभवनमा प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाएपछि सरकार र सभामुखप्रति कांग्रेस चिढिएको छ ।

     

    कांग्रेस संसदीय दलको मंगलबारको बैठकले सभामुखको भूमिकासमेत निष्पक्ष नभएको आइन्दा त्यस्तो व्यवहार नदेखाउन चेतावनीसमेत दिएको छ । सबै विधेयकलाई मन्त्रालयगत रूपमा छुट्याएर सरकारलाई जवाफदेही बनाउने समेत कांग्रेसले निष्कर्ष निकालेको छ । कांग्रेस सांसद गगन थापाले भने, ‘सबै मन्त्रालयलाई विधागत रूपमा सूक्ष्म ढंगले नियाल्न पाए हाम्रो प्रस्तुति संसद्मा थप प्रभावकारी हुनेछ ।’

     

    सांसदको रुचिअनुसार मन्त्रालयको भागवण्डा मिलाउने र एकभन्दा बढी मन्त्रालय एक जनालाई पनि पर्न सक्ने कांग्रेसले जनाएको छ । नेतृत्वको विषयमा भने कांग्रेस स्पष्ट भइसकेको छैन । विधानमा व्यवस्था भएअनुसार संसदीय दलका नेताले नै नेतृत्व गर्ने व्यवस्था छ। तर, प्रमुख सचेतक खाँणले सचिवालय नै हेर्ने गरी छाया सरकारले कामसमेत गर्न सक्ने सम्भावना रहेको उल्लेख गरे ।

     

    सरकारका पछिल्ला गतिविधिबारे प्रमुख प्रतिपक्षी कांग्रेसको भूमिका सन्तोषजनक हुन नसकेको भनी पार्टीभित्रैबाट प्रश्न उठ्न थालेपछि कांग्रेस जुर्मुराएको हो । सरकारको एकपछि अर्को गलत कदम सार्वजनिक भइरहेकाले अब कसरी अघि बढ्ने भन्नेमा बृहत् छलफल भइरहेको कांग्रेस सांसद थापाले बताए । कांग्रेस संसदीय दलको बैठकले बुधबार बस्ने सदन बैठकमा प्रधानमन्त्रीले कांग्रेस सांसदको प्रश्नको उत्तर दिनुपर्ने अडान दोहोर्‍याएका छन् । अन्नपुर्ण डटकममा समाचार छ ।

    प्रतिकृया दिनुहोस

    राप्ती नगरको चेपाङ बस्तीमा खाद्यान्न वितरण 

    तामसालिङ खबर  चितवन: पोखरामा कृयाशिल आमा समुह 'पौराखी ममी ग्रुप'को विशेष पहलमा चितवनको दुर्गम चेपाङ बस्ती साविक कोरक गाउँपालिका हाल राप्ती

    सञ्चारकर्मी ढकालको हत्या: सम्झाउन खोज्दा ज्यान गयो 

    तामसालिङ खबर   हेटौँडा । मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको हत्यामा संलग्न रहेको आरोपमा ४ जनालाई पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको छ ।

    हेटौडामा आङकाजीको गर्जन, कमल थापालाई जेल हाल्ने चेतावनी (भिडियो) 

    तामसालिङ खबर  हेटौडा: नेपाल आदिवासी जनजाती महासंघका पूर्व महासचिव आङकाजी शेर्पाले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई जेल हाल्ने चेतावनी दिएका

    बहुपहिचानको आधारमा नेवा: तामसालिङ प्रदेश हुने पर्ने भन्दै हेटौडामा दबाब सभा (फोटो फिचर सहित) 

    तामसालिङ खबर  हेटौडा: बहुपहिचानको आधारमा तिन नम्बर प्रदेशको नामकरण हुनु पर्ने भन्दै नेवाः ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौडामा नागरिक

    आज हेटौँडामा नेवा: ताम्सालिङको नागरिक दबाब सभा 

    तामसालिङ खबर   हेटौडा: नेवा-ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौँडामा नेवा-ताम्सालिङ प्रदेश नामाकरणका लागि 'नागरिक दबाब सभाको तयारी’ पुरा

    आज हेटौँडामा नेवा: ताम्सालिङको नागरिक दबाब सभा 

    तामसालिङ खबर   हेटौडा: नेवा-ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौँडामा नेवा-ताम्सालिङ प्रदेश नामाकरणका लागि 'नागरिक दबाब सभाको तयारी’ पुरा