• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:02:50

ताजा खबर

प्रमुख खबर

आदेश नआएको भन्दै तपस्वी बम्जनलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिएन

  • २०७५ पौष २४ मंगलबार १०:०२:५०    तामसालिङ खबर
  • तामसालिङ खबर  
    सिन्धुली
    : माथिबाट आदेश नआएको भन्दै तपस्वी बम्जनलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । बम्जनमाथि लागेका आरोपबारे प्रहरीले अनुसन्धान थालेको एक साता हुँन लाग्दा प्रहरीले उनलाई भने नियन्त्रणमा लिन सकेको छैन् । सिन्धुलीको कमलामाई नगरपालिका ८ स्थित पैरे आश्रममा बस्दै आएका बम्जनलाई प्रहरीले नियन्त्रणमा लिन नै इच्छा नदेखाएको पाइएको छ । 


    उनको आश्रममा पुगेका पाँच जना अनुयायीहरु बेपत्ता पारिएको लगायतका आरोप लागेका बम्जन सिन्धुली आश्रममा रहेको तथ्य खुलासा भए पनि सिन्धुली प्रहरीले उनलाई नियन्त्रणमा लिन नसकेको हो । प्रहरीले बम्जनको खोजी गर्दै उनको सिन्धुपाल्चोक बाँडेगाउँ स्थित आश्रममा सिलबन्दी गरेर अनुसन्धान थालेको छ ।

     

    तर, यस्ता आरोप लागेको बम्जनलाई नियन्त्रणमा लिन भने सिन्धुली प्रहरी र माथिल्लो निकायले पहल नगरेको भन्दै चौतर्फी आलोचना हुन थालेको हो । उता यस विषयमा सिन्धुलीका प्रहरी प्रमुख यसपी रामेश्वरप्रसाद यादवले भने माथिल्लो निकायबाट बम्जनलाई नियन्त्रणमा लिन आदेश नआएकाले नियन्त्रणमा लिन नसकिएको बताएका छन् ।

     

    मकवानपुर र सिन्धुपाल्चोक प्रहरीले गरेको सर्कुलेसन अनुसार सिन्धुली प्रहरीले पनि अनुसन्धान गरिरहेको र विशेष टोली आए अनुसन्धानमा थप सहयोग गर्ने यादवको भनाई छ । उनको सिन्धुली आश्रममा प्रहरीले छापामार्ने चर्चा चलेपनि हालैमात्र बम्जनको आश्रममा पुगेका सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले उनलाई नियन्त्रणमा लिन सरकारको माथिल्लो निकायबाट निर्देशन नआएकाले उनलाई विशेष निगरानीमा मात्र राखेको जनाए ।

     

    विभिन्न जिल्लाका आश्रममा रहँदा विवादित भएका बम्जन गत डेढवर्ष यता सिन्धुली आश्रममा बस्दै आएका छन् । उता बम्जनका विवादित विषयमा बोधिश्रवण धर्म संघका केन्द्रीय अध्यक्ष निलबहादुर थिङले बम्जनमाथि लागेको आरोप निराधार रहेको दावी गरे । 

    प्रतिकृया दिनुहोस

    राप्ती नगरको चेपाङ बस्तीमा खाद्यान्न वितरण 

    तामसालिङ खबर  चितवन: पोखरामा कृयाशिल आमा समुह 'पौराखी ममी ग्रुप'को विशेष पहलमा चितवनको दुर्गम चेपाङ बस्ती साविक कोरक गाउँपालिका हाल राप्ती

    सञ्चारकर्मी ढकालको हत्या: सम्झाउन खोज्दा ज्यान गयो 

    तामसालिङ खबर   हेटौँडा । मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको हत्यामा संलग्न रहेको आरोपमा ४ जनालाई पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको छ ।

    हेटौडामा आङकाजीको गर्जन, कमल थापालाई जेल हाल्ने चेतावनी (भिडियो) 

    तामसालिङ खबर  हेटौडा: नेपाल आदिवासी जनजाती महासंघका पूर्व महासचिव आङकाजी शेर्पाले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई जेल हाल्ने चेतावनी दिएका

    बहुपहिचानको आधारमा नेवा: तामसालिङ प्रदेश हुने पर्ने भन्दै हेटौडामा दबाब सभा (फोटो फिचर सहित) 

    तामसालिङ खबर  हेटौडा: बहुपहिचानको आधारमा तिन नम्बर प्रदेशको नामकरण हुनु पर्ने भन्दै नेवाः ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौडामा नागरिक

    आज हेटौँडामा नेवा: ताम्सालिङको नागरिक दबाब सभा 

    तामसालिङ खबर   हेटौडा: नेवा-ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौँडामा नेवा-ताम्सालिङ प्रदेश नामाकरणका लागि 'नागरिक दबाब सभाको तयारी’ पुरा

    आज हेटौँडामा नेवा: ताम्सालिङको नागरिक दबाब सभा 

    तामसालिङ खबर   हेटौडा: नेवा-ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौँडामा नेवा-ताम्सालिङ प्रदेश नामाकरणका लागि 'नागरिक दबाब सभाको तयारी’ पुरा