• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:38:34

ताजा खबर

साङ्ग्युर

मकवानपुरगढीमा ‘स्वस्ती शान्ति महायज्ञ पुजाको तयारी पुरा 

  • २०७५ पौष २४ मंगलबार १०:३८:३४    तामसालिङ खबर
  • तामसालिङ खबर 
    हेटौडा
    : मकवानपुरको मकवानपुरगढी गाउँपालिका २ बरभञ्ज्याङमा ‘स्वस्ती शान्ति महायज्ञ पुजा तथा (छेवाङ) दिर्घायु अभिषेक कार्यक्रमको तयारी पुरा भएको छ । बरभञ्ज्याङमा रहेको टासी देछेन छ्योईलिङ गुम्बाको प्राङ्गणमा यही पुस २५ गते बुधबार देखि २७ गतेसम्म कार्यक्रम गर्ने तयारी गरिएको मुल समारोह समिति संयोजक तथा नेपाल तामाङ घेदुङका संघिय सचिव पाल्साङ बज्र लामा तामाङले जानकारी दिनु भयो।

     

    हेटौँडामा सोमबार न्युज क्लबमा भएको पत्रकार सम्मेलनमा बोल्दै स्वस्ती शान्ति महायज्ञको तयारी पुरा भएको छ भने शान्ति र पर्यटन प्रर्बद्धनको लागि कार्यक्रमको आयोजना गरिएको संयोजक लामाले भने । त्रिदिवसीय कार्यक्रम सफल बनाउनका लागि पाल्साङ बज्र लामा तामाङको संयोजकत्वमा १ सय २५ सदस्यीय मुल समारोह समिति समेत गठन गरिएको छ । समितिको उपसंयोजकमा इन्द्रबहादुर गोले तामाङ, सचिवमा प्रितमराम रुम्बा र सदस्यहरुमा मोहनराज स्याङ्तान, राजवीर मोक्तान, बलबहादुर थिङ, धनबहादुर थिङ र शुकराज घिसिङ चयन भएका छन् ।

     

    त्यस्तै आर्थिक संयोजक सानुकान्छा थिङ, प्रचारप्रसार विभाग संयोजक राज स्याङ्तान, पुजा विभाग संयोजक पृथ्वी दोङ, अतिथि सत्कार विभाग संयोजक चतुरमान घलान, स्वयमसेवक संयोजक प्रेम भोम्जन, व्यवस्थापन समिति संयोजक कुमार गोले र खाद्य तथा चियापान व्यवस्थापन संयोजक बुद्धिमाया थिङ चयन भएका छन् ।

     

    प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले उद्घाटन गर्ने कार्यक्रममा धर्मगुरु क्याब्जे डुपबोन लामा श्येराव तेन्दर रिम्पोछेबाट छेवाङ (दिर्घायु अभिषेक) समेत हुने बताइएको छ । पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष लिलाकुमार घलान, तामाङ पत्रकार संघ मकवानपुर अध्यक्ष चन्द्र घलान, मुल समारोह सचिव प्रितम रुम्बा, आर्थिक विभाग प्रमुख सानोकान्छा थिङ, पूजा व्यवस्थापन संयोजक पृथ्वी लामा, डोदोन छाईलिङ गुम्बाका कार्यकारी सचिव होईसेल दोर्जे लामा, चतुरमान घलान लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम प्रचारप्रसार संयोजक राज स्याङ्तानको अध्यक्षतामा भएको हो । 

     

    कार्यक्रमको पहिलो दिन पुस २५ गते प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँबाट उद्घाटन हुने, दोस्रो दिन २६ गते प्रदेश न ३ को उपसभामुख राधिका तामाङको उपस्थिति रहने छ भने २७ गतेको अन्तिममा मकवानपुर गढी गाउपालिकाको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन हुने बताइएको छ ।

     

    कार्यक्रममा धर्मगुरु क्याब्जे डुपबोन लामा श्येराव तेन्दर रिम्पोछेबाट छेवाङ (दिर्घायु अभिषेक) समेत हुने बताइएको छ । प्रत्येक दिन धर्म गुरुहरुको मुखारबिन्दबाट बौद्ध धर्म सम्बधि प्रवचन हुने छ ।  

    प्रतिकृया दिनुहोस

    हेटौँडामा गोले तामाङ वंशज उत्थान समाजले सोनाम ल्होछार मनाउने

    तामसालिङ खबर  हेटौडा: तामाङ् समुदायको सास्कृतिक पर्ब २८५५ फाग ल्हो (बदेल बर्ग) सोनाम ल्होछारको अबसरमा गोले तामाङ वंशज उत्थान समाज मकवानपुरले बिबिध

    ठूलोथलीमा ल्होछारको बृहत सास्कृतिक कार्यक्रम हुने

    तामसालिङ खबर  हेटौडा:  मकवानपुरको हेटौँडा १३ पदमपोखरी ठूलोथलीमा ल्होछारका अवसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको महान

    चौथो सस्करणको मिस तामाङ पोखराको तयारी तिव्र, माघ १२ गते ग्राण्ड फिनाले हुने

    तामसालिङ खबर  पोखरा: चौथो सस्करणमा चलिरहेको मिस तामाङ पोखरा २०१९ को तयारी तिव्र पारिएको छ । बैदाम तामाङ समाज पोखराको आयोजनामा भैरहेको मिस तामाङ

    हेटौडामा प्रथम सोनाम ल्होछार महोत्सब हुने

    तामसालिङ खबर  हेटौडा: तामाङ समुदायको महान सास्कृतिक पर्ब २८५५ फाग ल्हो (बदेल बर्ग) सोनाम ल्होछारको अबसरमा प्रथम ल्होछार महोत्सब हुने भएको छ । बिगतको

    ल्होछारको अवसरमा बहराइनमा सास्कृतिक कार्यक्रमको तिब्र तयारी 

    तामसालिङ खबर   बहराइन । तामाङ समुदायको २८५५ फाग-ल्हो सोनाम ल्होछारको अवसरमा बहराइनमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ सेवा समाज

    कबि थेबाको 'अखण्ड आलाप' लाई गणेश लक्ष्मीदेबी पन्त पुरस्कार  

    तामसालिङ खबर  हेटौडा: साहित्य संगम चितवनले 'गणेश तथा (हस्तकुमारी) लक्ष्मी देबी पन्त पुरस्कार-२०७५' बाट कबि मोक्तान थेबालाई प्रदान गर्ने निर्णय